काठमाडौं- वात्सल्यले ४० वर्ष माथिका महिलाहरुका लागि निः शुल्क टिभिएस जाँच र विशेषज्ञ परामर्श दिने भएको छ ।
लामो समय देखि सन्तान नभएका दाम्पितहरुले उचित निदान र उपचार गर्दा सन्तान प्राप्त गर्न सक्ने भएकाले आधुनिक उपचारको सम्भावना पहिल्याउन मद्दत गर्न वात्सल्यले उनिहरुका लागी साउन महिनाभर निःशुल्क टिभिएस जाँच तथा चिकित्सक परामर्श सेवा दिने भएको छ ।
निःशुल्क टिभिएस जाँच तथा चिकित्सक परामर्श मार्फत ४० वर्ष माथिका महिलाले आइयुआई र आइभिएफका साथै अन्य उपचार विधिबारे थप जानकारी समेत दिइरहेको वात्सल्यले जनाएको छ ।
वात्सल्य प्रशासनका अनुसार, ४० वर्ष माथिका महिलाले धेरै कोसिस गर्दा पनि सन्तान प्राप्त गर्न सकिरहेका हुदैन्न जसले गर्दा उनिहरु निराश भइसक्नुका साथै आर्थिकरुपमा पनि उत्तिकै खर्च गरिसकेका हुन्छन् यी नै कुराहरुलाइृ मधयनजर गर्दै हामीले निशुल्क टिभिएस जाँच र बिशेषज्ञ परामर्श दिइरहेका छौं ।
सो सेन्टरले आईभिएफ सफलता दर अझ उच्च बनाउन स्पर्म डीएनए फ्राग्मेन्टेसन र हाइकोसी जस्ता नयाँ प्रविधि भित्राएको छ। आईभिएफ सफलताका लागि प्रविधिसँगै उपचारमा संलग्न विशेषज्ञ, दम्पतिको उच्च मनोबल, सकारात्मक सोच र विशेषज्ञको विशेष निगरानी जस्ता मनोवैज्ञानिक कारणले पनि प्रभावित वात्सल्यको दाबि छ ।
निसन्तान विशेषज्ञको मिजासिलो व्यवहार, उचित परामर्श, आवश्यक चेक जाँचका लागि उपलब्धता आदिले पनि सफलतामा निकै ठूलो भूमिका खेल्ने देखिएको वात्सल्य प्रसाशनले जनाएको छ । त्यसैले सेवाग्राहीलाई निजीकृत सेवा प्रदान गर्न वात्सलले आफ्नो निसन्तान विशेषज्ञको संख्या वृद्धि गरेको छ ।
वात्सल्यमा कार्यरत दुई नयाँ विशेषज्ञमध्ये डा सुमी मुनाकर्मी विगत ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत छिन् । त्यस्तै, डा निजा राजभण्डारीले विगत ३ वर्षको सेवामा आफ्नो कार्य दक्षताका कारण “सर्वोत्कृष्ट कर्मचारी” उपाधि पनि प्राप्त गरेकी छिन् । आइभिएफ उपचारमा उनीहरुको संलग्नताले सफलता दरमा थप टेवा पुग्ने वात्सल्यले जनाएको छ ।
निसन्तान दम्पतिका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउन शुरुवात गरेका केहि स्वास्थ्य संस्थाहरु मध्येको एक वात्सल्य आईभिएफ सेन्टर पनि हो ।