काठमाडौं - गर्भावस्था एक विशेष र जोखिमपूर्ण अवस्था हो। यो अवस्थामा गर्भवती महिला र भ्रुणमा विभिन्न किसीमका स्वास्थ्य समस्या र जटिलताहरु आउन सक्छन् । त्यसैले प्रत्येक महिलाले गर्भावस्थामा हुने परिवर्तन र जटिलताबारे जानकारी राख्दा स्वास्थ्य समस्या र जटिलता न्युनिकरण गर्न सहज हुन सक्छ । गर्भवती महिलाले नेपाल सरकारले तोक अनुसार समय समयमा परिक्षण गराउनुपर्छ । साथै भुण्रको स्वास्थ्यमा केहि समस्या विसंगति छ वा अन्य कुनै जटिल स्वास्थ्य समस्या पत्ता लगाउन फिटल स्क्रिनिङ पनि गर्न सकिन्छ । फिटल स्क्रिनिङ के हो ? गर्भवती महिलाले कहिले र किन यो परिक्षण गराउने ? भन्ने बिषयमा इशान बाल तथा महिला अस्पतालमा कार्यकारी निर्देशक प्रा डा आर पी चौधरीसँग गरीएको कुराकानीको केहि सम्पादित अंश
१. फिटल स्क्रिनिङ भन्नाले के बुझिन्छ ?
फिटल स्क्रिनिङ बुझ्नु अघि फिटस भनेको बुझ्न जरुरी हुन्छ । फिटस भन्नाले गर्भवती महिलाको पाठेघरमा हुर्किरहेको भुण्रलाई बुझिन्छ । सामान्यतय गर्भ रहेको १८ देखि २० हप्ता मा भुण्रमा कुनै स्वास्थ्य समस्या अर्थात विसंगति छ वा छैन पत्ता लगाउन सकिन्छ । भुण्रमा कुनै जेनेटिक डिर्सअर्डर, क्रोमोजोम डिसअर्डर (डाउन सिन्ड्रोम) लगायत अन्य स्वास्थ्य समस्या र जटिलताहरु पत्ता लगाउन फिटल स्क्रिनिङ गर्नुपर्ने हुन्छ ।
२. गर्भावस्थामा भुण्रमा कुनै स्वास्थ्य समस्या छ वा छैन पत्ता लगाउनका लागी के कस्ता परिक्षणहरु गर्नुपर्ने हुन्छ ?
भ्रुणमा बिकृती वा बनावटि गडबडि छ भने भिडियो एक्सरे (अल्ट्रासाउन्ड) बाट पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउन्ड गर्भ रहेको १८ देखि २० हप्तामा गर्नुपर्ने हुन्छ । गर्भवती महिलामा गर्भ तुहिने समस्या भए पहिला नै पत्ता लगाउन सकिन्छ । त्यस्तै, डाउन सिन्ड्रोम भएमा पनि पहिला नै पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउन्ड गर्नु अघि कोरोनिक भिल्लस स्याम्पलिङ गरेर यस्ता समस्या अल्ट्रासाउन्ड गर्नु अघि पत्ता लगाउन सकिन्छ । विभिन्न तरिकाले भ्रुणबाट सानो मासुको टुक्रा वा पानी झिकेर गर्भ रहेको १८ हप्ता पहिला नै परिक्षण गर्न सकिन्छ ।
३. भुण्रबाट सानो मासुको टुक्रा वा पानी झिकेर गरिने परिक्षणहरु कसरी गरिन्छ ?
यो परिक्षण बिशेषज्ञहरुले मात्र गर्ने गर्छन् । सबै अस्पतालमा यो सुुविधा नहुन पनि सक्छ । जसका कारण भुण्र खेर जाने जोखिम पनि हुन्छ । गर्भवती महिलाको नराम्रो रोग वा समस्याको हिस्टि छ जस्तै पटक पटक गर्भ खेर गइरहेको छ भने मात्र यो परिक्षण गरिन्छ । गर्भवतीको बिशेष अवस्थामा मात्र यो परिक्षण गर्नुपर्ने हुन्छ । अन्यथा गर्भ रहेका १८ देखि २० हप्तामा अल्ट्रासाउन्ड गर्दा हुन्छ ।
अल्ट्रासाउन्ड गर्दा कुनै साइड इफेक्ट हुदैँन । पछिल्लो समयमा जिल्ला जिल्लामा अल्ट्रासाउन्ड सेवा पुगेको छ । अल्ट्रासाउन्ड मार्फत भ्रुणमा भएको यस्ता समस्याहरु पत्ता लगाउन सकिन्छ ।
भ्रुणको किड्नी सुन्निएको
भ्रुणको किड्नीमा पानी जमेको
ट्युमर पलाएको
मुटुमा केहि समस्या
हर्निया
नाइटोमा कुनै बिकृती
ग्यास्ट्रोसिसिस (आन्द्रा पेटमा नभई बाहिर टासिएको)
क्लेफ्ट लिप (ओठ काटिएको)
शररिको बाहिरी भागमा कुनै डल्ला डल्लि पलाएको
पटउन सिन्ड्रोम (जीन र क्रोमोजोमसँग सम्बन्धित समस्या)
४. गर्भावस्थामा भ्रुणमा नै स्वास्थ्य समस्या भए कसरी उपचार गरिन्छ ?
विकसित मुलुकमा भ्रुणको नै शल्यक्रिया गरी उपचार गरिन्छ । हाल नेपालमा भने फिटल सर्जरीको सुरुवात भएको छैन । भ्रुणमा यस्ता किसिमका स्वास्थ्य समस्या लिएर अभिभाबकहरु परामर्श लिन आउँछन् । उनिहरु यस्तो भ्रुणलाई जन्माउने वा फाल्ने के गर्दा उपयुक्त हुन्छ भन्ने जिज्ञासा राख्छन् । भ्रुणको अवस्था जटिल छैन सामान्य जिवन यापन गर्न सक्ने अवस्था भए जन्माउन सल्लाह दिइन्छ । जन्मेर पनि अपांग भएर जिवन कटाउनुपर्ने जटिल अवस्थाका भ्रुणलाई फाल्न पाउने अधिकार नेपालको कानुनले समेत सुनिश्चित गरेको छ ।
भ्रुणको स्वास्थ्य अवस्थाको बुझ्नुका साथै कहाँ प्रसुती गराउने भन्ने बुझ्न पनि जरुरी हन्छ । प्रसुती गराउँदा आमा र बच्चा दुवैको उपचार गर्न सक्ने स्वास्थ्य संस्थामा प्रसुती गराउनु उपयुक्त हुन्छ । यस्ता अस्पताल नेपालमा कम मात्रामा छन् । जसका कारण आमा र बच्चामा कुनै सवास्थ्य समस्या आए सहज रुपमा उपचार गर्न सकिन्छ । कुनै अवस्थामा बच्चाको शल्यक्रिया समेत गर्नुपर्ने हुन्छ । तर कतिपय रोगहरु शल्यक्रिया गरेर पनि राम्रो हुदैँन । बच्चा अपांग हुने अवस्था छ भने त्यस्तो अवस्थामा समयमा (२० हप्ता भित्र) अस्पताल आइपुगेको छ भने गर्भ फाल्न भनिन्छ । भ्रुणमा मेनिंगोमाइलोसेले (ढाडमा डल्लो) भएमा खुट्टा नचल्ने, हिड्न नसक्ने, दिशा पिसाब रोक्न सक्ने क्षमता कम हुने, न सक्ने अवस्था छ भने भ्रुण नराख्न सल्लाह दिइन्छ । राम्रो हुने बच्चालाई जन्माउन भनिन्छ । त्यस्ता बच्चालाई जन्मने बित्तिकै परिक्षण गरिन्छ । स्वास्थ्य अवस्था जटिल भए उपचार पक्रृया अगाडि बढाइन्छ ।
भ्रुणमा ग्यास्ट्रोसिसिस (आन्द्रा पेटमा नभई बाहिर टासिएको) भएको छ भने । जन्मने बित्तिकै सक्दो छिटो आन्द्रालाई बच्चाको पेटमा राखिदिनुपर्छ । भ्रुणमा नै समस्या पत्ता लागेको छ भने शल्यक्रिया पछि रिजल्ट राम्रो हुन्छ ।
५. गर्भावस्थामा फिटल स्क्रिनिङ किन जरुरी हुन्छ ?
गर्भावस्थामा फिटल स्क्रिनिङ एकदमै जरुरी हुन्छ । कुनै महिलाको गर्भ रहने केहि समयमा खेर गइहाल्ने समस्या र पहिलो बच्चामा कुनै बिकृती भएमा अर्को बच्चामा दोहिरिने सम्भाबना धेरै हुन्छ त्यसका लागी गर्भावस्थामा फिटल स्क्रिनिङ जरुरी हुन्छ । त्यस्तै मेनिंगोमाइलोसेले भएमा पत्ता लगाउन यो परिक्षण गर्नु जरुरी हुन्छ ।
गर्भावस्था भन्दा पहिला फोलिक एसिड चक्कि खाएमा यस्ता मेनिंगोमाइलोसेलेबाट बच्न सकिन्छ । भ्रुणमा भएका केहि बिकृतीको समाधान र स्वस्थ्य शिशु जन्माउनका लागी गर्भावस्थामा फिटल स्क्रिनिङ गराउनुपर्छ ।
६. भुण्रमा के कस्ता समस्याहरु देखिएमा त्यसलाई नराख्न भनिन्छ ?
भ्रुणमा जटिल किसीमको मुटुको समस्या छ जुन शिशु जन्मिसकेपछि सर्जरी गरेर पनि निको हुने सम्भाबना छैन । त्यस्तै, भ्रुणको टाउको नै बनेको छैन, मुटुसँगै ढाडमा समस्या छ, टाउकोमा एकदमै पानी जमेको जस्ता समस्या भएमा फाल्न सल्लाह दिइन्छ । कुनै पनि भ्रुण सिन्डोमिक (भ्रुण तिन वा तिन भन्दा बढि जटिल किसिमका समस्याहरु देखिएको अवस्था) भए, त्यस्ता भ्रुण जन्मिसकेपछि अन्य समस्या पनि थपिन सक्छ । भविष्यमा पटक पटक शल्यक्रिया गर्दा पनि स्वस्थ्य हुन सक्दैन भने फाल्नु नै उपयुक्त हुन्छ । यस्ता समस्या भएका शिशुहरु बाच्न मुश्किल हुने बाचे पनि सुस्त मनस्थिती र अपांग हुने भएमा अभिभाबकहरुलाई के गर्नुहुन्छ भनेर विकल्प दिइन्छ । अभिभाबकले यो बच्चा नै अन्तिम बच्चा हो त्यसपछि बच्चा नै हुदैन भनेमा जन्माउन भनिन्छ । अन्यथा मेडिकल टर्मिनेसन अफ प्रेगनेन्सि अन्तर्गत फाल्न सल्लाह दिइन्छ ।
७. गर्भधारण गर्न चाहने र गर्भवती महिलाले के के कुरामा ध्यान दिनुपर्छ ?
गर्भधारण गर्न चाहने र गर्भवती महिलाले पहिलो सन्तान जन्माउन लागेको हो वा पहिलो स्वस्थ्य सन्तान जन्माइसकेको भए पनि नजिकको स्वास्थ्य सस्थाको स्त्री रोग बिशेषज्ञ सँग भेटेर अल्ट्रासाउड गरेर देखाउनुपर्छ । अल्ट्रासाउड सामान्य परिक्षण हो । यसको परिक्षणबाट भ्रुणमा समस्या भए नभएको थाहा पाउन सकिन्छ । यदि भ्रुणमा केहि समस्या भए गर्भवती र गर्भवतीको परिवार सचेत हुन्छन् । थप बशेष परिक्षण बिषेश अवस्थामा मात्र गर्ने हो । त्यस्तै आमा र बच्चाको उपचार गर्न सक्ने अस्पतालमा प्रसुती हुनु उपयुक्त हुन्छ ।
त्यस्तै नेपाल सरकारले तोकेको समयमा परिक्षण गराउन स्वास्थ्य संस्था जानुपर्छ ।