काठमाडौं- थाइरोइड ग्रन्थि भनेको सबैको घाटिमा हुने एक प्रकारको ग्रन्थि हो । यो ग्रन्थिले थाइरोइड हर्मोन टि ३ र टि ४ उत्पादन गर्छ जस्ले शरिरको सबै अङ्गमा गएर तागत दिने काम गर्छ ।
त्यही उत्पादित हर्मोनले नै हाम्रो शरीरका अंगको क्रियाकलापलाई नियन्त्रण गर्ने गर्छ । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । यो समस्या तुलनात्मक रूपमा पुरुषमा भन्दा महिलामा बढी देखिन्छ ।
थाइरोइड ग्रन्थिमा देखिने दुइटा मुख्य समस्या छ हर्मोन कमिको समस्या र हर्मोन बडिको समस्या । हर्मोन कमिको समस्यालाई हाइपो थाइराइडिज्म भनिन्छ। हर्मोन बडिको समस्यालाई हाइपर थाइराइडिज्म भनिन्छ ।
हाइपो थाइराइडिज्मको लक्षणहरु
तौल बढ्ने,
सुनिने, फुलिने,
अल्छि लाग्ने,
कपाल झर्ने,
अनुहार फुस्रो हुने,
बडि चिसो लाग्ने,
कब्जियत हुने,
हर्मोन कमि हुदा यसको कारण खोजेर त्यहि अनुसार उपचार गरिन्छ। यसको उपचार एकदमै सरल छ जुन हर्मोन कम छ त्यहि हर्मोन बाहिर बाट दिन मिल्छ ।हाइपो थाइराइडिज्म हुदाँ जटिलता लिएर आउने, आयु घटाउने हुदैन ।
अर्को समस्या हाइपर थाइराइडिज्म भनिन्छ । यसमा हर्मोन बडि मात्रामा थाइरोइड ग्रन्थिले बनाउछ , हर्मोन बडिको समस्यामा थाइरोइड ग्रन्थिले जति काम गर्नुपर्ने त्यति गर्दैन र रगतमा हर्मोनको कमि हुन्छ ।
हाइपर थाइराइडिज्मको लक्षणहरु
तौल घट्दै जाने,
पसिना आउने,
शरिर तातिने,
दिशा बडि मात्रामा लाग्ने,
निन्द्रा नलाग्ने,
मुटुको धड्कन बड्ने,
हात खुट्टा काम्ने,
हर्मोन बडिको समस्या देखियो भने कारण खोजेर कारण अनुसार उपचार गरिन्छ। संक्रमणहरुले गर्दा थाइरोइडाइटिस भएको छ भने निको हुन्छ उपचार खासै चाहिदैन तर ग्रन्थि भित्र बाट नै समस्या भएको छ र हर्मोन बडि उत्पादन भएको छ भने उपचार गर्नुपर्छ।
उपचार
खाने चक्की , हर्मोन घटाउने औषधि
झोल आयोडीन (यो आयोडीनले भित्रबाट ग्रन्थिलाई सुकाइदिन्छ हर्मोन बडिको समस्यालाई हर्मोन कमिमा लगि दिन्छ , रोगलाई सजिलो बनाइदिन्छ ।
थाइरोइडको समस्या धेरै जसो महिलामा देख्छौँ त्यो दिखिने एउटा कारण छ । थाइरोइड हुने प्रमुख कारण स्वतस् प्रतिरक्षा हो । स्वतस् प्रतिरक्षा रोग भनेको भित्र बाट हुने एक प्रकारको समस्या हो जुन समस्यामा रोग प्रतिरक्षा प्रणाली मा गडबडी आउँछ जस्को कारण रोग प्रतिरक्षा प्रणालीले शरीरको कुनै अंग लाई नचिनेर भित्रबाट भत्काइ दिन्छ ।
स्वतस् प्रतिरक्षा समस्या महिलामा बडि देख्ने भएको हुनाले थाइरोइडको समस्या पनि महिलामा बडि देखिन्छ ।
थाइरोइड र खानपानको कुनै सम्बन्धी हुदैन, खानेकुरा बार्नु पर्दैन । धेरै मात्रमा देखिने थाइरोइडको समस्या स्वतस् प्रतिरक्षा समस्या ले गर्दा हो र स्वतस् प्रतिरक्षा समस्या र खानपानको कुनै सम्बन्ध हुदैन।
पहिला पहिला आयोडिनको कमिले गर्दा थाइरोइडको समस्या देखिन्थ्यो , यस्तो अवस्थामा चाहिँ धेरै बन्दा,काउली खानु हुदैन तर सामान्यतया अहिले जुन थाइरोइडको समस्या देखिन्छ त्यो समस्यामा खानपानको कुनै निषेध छैन ।
हर्मोन कमिको लागि उपचार लिनु भएको छ भने औषधि सँग केहि खानेकुराको अंतर राख्नु पर्छ । जस्तै दुध,कफि खानुहुन्छ भने कम्तिमा २र४ घण्टाको अंतर राखेर औषधि खानुपर्छ । आइरन चक्की, क्यालसियम चक्की खानु हुन्छ भने पनि ४ घण्टाको अंतर राख्नु पर्छ ।
थाइरोइड रोगको उपचार हुन्छ र राम्ररी उपचार गरेमा रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । थाइरोइडको समस्या छ वा छैन रगत जाँचबाट थाहा हुन्छ । यस्को लागि thyroid function test अथवा TFT भनेर साधारण एउटा रगत जाचँ गरेर हेछौँ । यदि रगत जाचँमा गडबडी भयो भने नजिकैको थाइरोइड विशेषज्ञकोमा गएर सल्लाह लिनु पर्ने हुन्छ ।