काठमाडौं - कोभिड—१९ को संक्रमण बढेसँगै काठमाडौं उपत्यका लगायतका अति प्रभाबित १४ जिल्लाहरु सुचिकृत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ बुँदे अपिल जारी गरेको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भिडभाड नगर्नेदेखि हरेक अस्पताललाई फिभर क्लिनिक सञ्चालन गर्न भनेको छ ।
त्यस्तै, केनद्रले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लालाई कोभिड—१९ संक्रमणको दोस्रो लहरको अति प्रभावित जिल्ला घोषणा गरेको छ । साथै ती जिल्लाहरुमा भिडभाड हुने काम नगर्न भनेको छ ।
अति प्रभावित जिल्लाहरुमा बढी भिडभाड हुने क्षेत्र बन्द गर्नुपर्ने अवस्था रहेको भन्दैं उक्त क्षेत्रमा सहभागी नहुन भनेको छ । साथै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु प्रभावकारी रुपमा पालना गर्न पनि आग्रह गरेको छ ।