काठमाडौं- शिशुलाई जन्मदिनु एक जटिल प्रकृया हो । कुनै पनि महिलाले शिशुलाई कसरी जन्म दिने भन्ने कुराको निर्धारण गर्न महिलाई गाह्रो हुन्छ किन भने कुनै पनि स्वस्थय महिलाले म नर्मल डेलिभरी गर्छू भनेर पनि हँदैन किन भने बच्चालाई जन्म दिने समयमा धेरै किसिमका समस्याहरु आउँन सक्छन् ।
। जसले गर्दा नर्मल डेलिभरी नभएरु अन्य माध्यमबाट पनि बच्चा जन्मिन सक्छ । डेलिभरी धेरै किसिमका हुन्छन् । प्राकितिक रुपमा वा कुनै बाहृय सहयोग बिना हुने डेलिभरीलाई सामान्य वा‘नर्मल डेलिभरी’ भनिन्छ । धेरै अवस्थामा नर्मल डेलिभरी नै हुने गर्छन ।
प्रसूति गराउन गरिने शल्यक्रियालाई सिजेरियन अर्थात् सी–सेक्सन भनिन्छ । प्राकृतिक रूपमा बच्चा जन्माउन नसक्ने अवस्थामा मात्र सिजेरियन डेलिभरी गर्नुपर्ने हो ।
कुल गर्भवतीमध्ये १५ प्रतिशतमा मात्र सी–सेक्सन गर्नुपर्ने अवस्था आउन सक्छ । जसमध्ये पाँच प्रतिशत महिलामा मात्र शल्यक्रिया अनिवार्य हुन्छ । तर, पछिल्लो समयमा शल्यक्रियाबाट बच्चा जन्माउनेको संख्या सिदनप्रति दिन बढ्दै गइरहेको छ ।
त्यस्तै प्रसव सहन नसकेर पनि गर्भवति महिला स्वमले पनि सिजरियन गर्न आग्रह गरेको विज्ञहरु बताउँछन् । तर अन्य कस्तो अवस्थामा सिजरियन गर्नु पर्छ त ?
यस्तो अवस्थामा जरुरी हुन्छ सिजेरियन ?
–बच्चाको धड्कन कम हुँदा वा गलामा गर्भनाल लपेटिएको अवस्थामा, बच्चा उल्टो बसेको अवस्थामा सर्जरीको विकल्प अपनाउनुपर्छ ।
–गर्भवती महिलामा उच्च रक्तचाप भएमा । किनभने यस्तो अवस्थामा मस्तिष्को नसा फुट्न सकने वा मिर्गौला र कलेजो खराब हुनसक्ने जोखिम हुन्छ ।
–कहिले काहीँ छोटो कद भएका महिलामा पनि सिजेरियन डेलिभरी गर्नुपर्ने आवश्यक्ता हुन्छ ।
–कहिले काहीँ औषधिले पाठेघरको मुख खुल्न पाउँदैन, यस्तो अवस्थामा सर्जरी गर्नुपर्छ । धेरै रक्तश्राव हुँदा पनि सर्जरी गर्नुपर्छ ।
–बच्चाले जब पेटमा फोहोर पानी अर्थात मल मूत्र गर्छ त्यसलाई मिकोनियम भनिन्छ । यस्तो स्थितीमा तुरुन्त अपरशेन गर्नुपर्छ ।
बढ्दो आधुनिकता, अस्वस्थ जीवनशैली र यौन जीवन बिग्रने डरका कारण महिला आफैँ सिजेरियन प्रक्रिया अपनाउँछन् । यो सरकारी अस्पतालमा भन्दा निजीमा बढी हुने गर्छ ।
सिजेरियन गरिसकेपछि यस्ता सावधानी अपनाउने
– चिरफार गर्नुपर्ने भएकाले घाउ पाक्ने, दुख्ने तथा अन्य संक्रमण हुने सम्भावना उत्तिकै रहन्छ विशेष सावधानी अपनाउने ।
– एकचपटक सी–सेक्सन गरेका महिलामा अर्कोपटक बच्चा जन्माउँदा समेत शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
– पटक–पटक शल्यक्रिया गर्दा महिलाको स्वास्थ्यमा असर पर्नुका साथै उनीहरू शारीरिक रूपमा पनि कमजोर हुने गर्छन् । त्यस्तै, अर्कोपटक गर्भवती हुँदा पहिले काटेको ठाँउको छाला फाट्ने, तन्किने र संक्रमण हुने सम्भावना बढेर जान्छ ।
– आमाको पाठेघरबाट बाहिर निस्किन शिशुले बल गर्दा उसको शारीरिक तथा मानसिक अवस्था बलियो हुन्छ । शल्यक्रिया गर्दा हुँदैन ।