काठमाडौं- महिनावारी अनियमित हुनु अहिले एक आम समस्या भइसकेको छ । यो एक प्राकृतिक र स्वाभाविक प्रक्रिया हो । यो पूर्व किशोरावस्था वा किशोरावस्थादेखि शुरु हुन्छ । अर्थात् ८ वर्षदेखि १३ वा १४ वर्षको उमेरमा मासिक स्राव शुरु हुन्छ । कतिलाई २८ दिनको अवधिमा हुन्छ भने कतिलाई ३२ दिन । यस अवधिभित्र नियमित रुपमा मासिक स्राव हुनुलाई सामान्य मानिन्छ ।
तर, कतिपयलाई लामो समय सम्म पनि महिनावारी नहँुने समस्या भएको हुन्छ । धेरैले भनेको पनि सुनिन्छ कि कति उपचार गरिसके औषधि खादा सम्म ठिक हुनछ फेरि अनियमित हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउँनका लागि तल केही योग आसन उल्लेख गरिएको छ ।
उष्ट्रासन
अनियमित मासिक स्राव र त्यसबेला हुने पीडा कम गर्न यो निकै उपयोगी आसन हो । साथसाथै तौल नियन्त्रणका लागि पनि यो आसन गर्न सकिन्छ । यसका लागि खुट्टा र घुँडाको बीच दुई फुटको दूरी बनाएर बस्नुपर्छ ।
हातलाई कम्मरमा राख्नुपर्छ । अब कम्मरलाई शरीरको पछाडि झुकाउनुपर्छ र फेरि हातले खुट्टाको औंला समात्ने । यस स्थितिमा विस्तारै विस्तारै सास लिनुपर्छ । केही क्षण रोकिने र फेरि सामान्य अवस्थामा आउने ।
अधोमुख शवासन
अधोमुख शवासन अनियमित मासिक स्राव र त्यसबेला हुने दुखाइ कम गर्न सहयोगी हुन्छ । यो योग गर्नका लागि जमीनमा सीधा उभिने । फेरि खुट्टाको औंला र हातको पन्जा जमीनमा टेक्ने । कम्मरलाई माथि उठाएर धनुष आकारमा बस्ने ।
यस क्रममा विस्तारै विस्तारै सास लिने । ध्यान राख्नुपर्ने कुरा के भने टाउको हल्का जमीनतर्फ झुकेको र पीठ एक लाइनमा हुनुपर्छ । केही समयपछि सामान्य अवस्थामा आउनुपर्छ ।
धनुरासन
यो आसन गर्नका लागि पेटको बलले बस्ने र घुँडालाई मोडेर हातको पन्जाले समात्ने । जति सकिन्छ खुट्टालाई आफ्नो टाउकोभन्दा माथि उठाउने प्रयास गर्नुपर्छ ।
यस स्थितिमा केही समय रहने र सामान्य हुने । यो आसनले मासिक धर्म चक्रलाई मात्र सही गर्दैन, मासिक स्रावको बेला हुने दुखाइ र अन्य समस्याबाट पनि छुटकारा दिन्छ ।
मलासन पोजिशन
अनियमित मासिक स्राव ठीक गर्नका लागि मलासन गर्न सकिन्छ । यसले मोटोपन नियन्त्रणमा पनि सहयोग गर्छ । यसका लागि खुट्टाको बीच डेढ फिट खाली राखेर बस्ने ।
अब हातलाई नमस्कारको मुद्रामा बनाएर खुट्टाको बीचमा राख्ने । यस प्रक्रियालाई कम्तीमा १५ देखि २० पटक दोहोर्याउने । याद राख्नुपर्ने कुरा, खाना खानासाथ यो आसन गर्नुहुँदैन ।
मत्स्यासन
मत्स्यासनले हर्मोन्स सन्तुलित राख्छ, जसले अनियमित मासिक स्रावको समस्या हुन दिंदैन । यसका लागि बसेर बिस्तारै बिस्तारै झुक्दै कम्मरको बलमा सुत्नुपर्छ ।
फेरि देब्रे खुट्टालाई दायाँ हात र दायाँ खुट्टालाई बायाँ हातले पक्रने र नुहेर जमीनमा टेकाउने । यसबेला घुँडाले भने जमीनमा छोएको हुनुहुँदैन । अब सास लिंदै हातको मद्दतले टाउको पछाडि गर्दनलाई छुन खोज्ने । विस्तारै सास लिने र छाड्ने । केही समयपछि सामान्य स्थितिमा आउने ।
कसरी योगले अनियमित महिनावारीलाईनियमित गराउँछ ?
अनियमित मासिक स्राव एवं अत्यधिक रक्तस्राव ठीक गर्नका लागि योग एकदमै प्रभावकारी हुन्छ । योग एक यस्तो सर्वोत्तम औषधि हो, जो अनियमित मासिक धर्म ठीक गर्न सहयोगी हुन्छ । साथसाथै तपाईंलाई स्वस्थ, तन्दुरुस्त राख्न पनि सहयोग गर्छ ।
यसले मेटाबोलिज्मलाई सही राख्छ, जसले मासिक धर्म चक्रमा कुनै गडबडी हुन दिंदैन ।
यसले प्रजनन अंगलाई उत्तेजित गर्छ, जसले त्यसको कार्यप्रणाली राम्रो हुन्छ ।
योगले तनाव कम गर्छ र मस्तिष्क अनि शरीरलाई पूर्णतस् आराम दिन्छ ।
हर्मोनलाई सन्तुलित राख्न सहयोग गर्छ । एजेन्सिको सहयोगमा