काठमाडौं- हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा लिइन्छ । विश्व स्वास्थ्य संगठनले यस वर्ष ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने नारा राखेको छ।
विश्व स्वास्थ्य संस्थाको तथ्यांक हेर्ने हो भने, संसारभर ठूलो संख्यामा मानिसहरू भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्यांकले देखाएको छ ।
हरेक वर्ष हेपाटाइटिस ‘बी’ र ‘सी’ लागेर १३ लाख मानिसको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । एचआइभी एड्स, मलेरिया, क्षयरोग जस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको शिकार बनाउने घातक रोग हो ।
कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य योगदान गर्छ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुन्निनु हो । कलेजो क्यान्सरले मृत्यु हुने ३ मध्ये २ जनामा हेपाटाइटिस रोग हुने गर्दछ ।
हेपाटाइटिस मुख्यगरी ‘ए, बी, सी, डि र इ’ गरेर पाँच किसिमका हुने गर्दछन् ।
हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण के पनि रहेछ भने हेपाटाइटिस ‘बी’ र ‘सी’लाई मौन महामारी नै भनिँदो रहेछ । यसले मुख्यगरी बालबालिका र सीमान्तकृत समूहलाई नै बढी प्रभाव पारेको देखिन्छ ।
हेपाटाइटिस ‘बी’ लागेका ९० प्रतिशत र हेपाटाइटिस ‘सी’ भएका ८० प्रतिशत मानिसहरूलाई त आफूमा यो रोग लागेको थाहा नै हुने र अन्य व्यक्तिहरुलाई यो रोग सोरको पाइएको छ ।
हेपाटाइटिसका केहि लक्षण
ज्वरो आउनु
शरीर पहेलो हुनु
वाकवाकी, उल्टी हुनु
खान मन नलाग्नु
जीउ दुख्नु
अत्याधिक थकान महसुस हुनु
पिसाब पहेलो हुनु
पेट दुख्नु
शरीर चिलाउनु
पखाला लाग्नु वा कब्जियत हुनु
हेपाटाइटिस हुनुको कारण
रगतमा विलिरुविन बढेमा
दुषित पानी तथा खानेकुराको सेवन गर्नाले
सरसफाइमा ध्यान नदिनाले
पानी , विषाक्त सुईको प्रयोग, असुरक्षित शारिरिक सम्बन्ध लगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ ।
त्यसमध्य हेपाटाईटिस ए र ई पानी तथा दुषित खानेकुराका कारण सर्ने गर्छ ।
रोकथामका उपाय
कुनै पनि हेपाटाइटिस रोग रगत परिक्षणद्धारा पत्ता लाग्ने गर्छ । यदी तपाईलाई हेपाटाइटिस भएको छ भने त्यसको उपचार रोगमा निर्भर हुने गर्छ । तर कुनै पनि रोग भन्दा त्यसको रोकथाम गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।त्यसको लागि विभिन्न कुरामा ध्यान दिनु जरुरी छ ।
शरीरमा रोग लाग्न नदिने
दुषित पानी तथा खानेकुराको सेवन नगर्ने
खाना खानु अगाडी साबुन पानीले राम्ररी हात धुने
सफासुघर बस्ने
फलफुल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने
वर्षायाम पानीको सेवन गर्नु पूर्व त्यसलाई राम्ररी उबाल्ने वा उमालेको पानीको मात्र सेवन गर्ने,
पानी उमाल्न नसकेको खण्डमा पानीमा क्लोरिनको प्रयोग गर्ने
यदी ताई आमा बन्दै हुनुहुन्छ भने गर्भावस्थामै चिकित्सकसितको सल्लाह अनुसार हेपाटाइटिस विरुद्धको खोप लगाउने
आफ्नो बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउने