काठमाडौं - धेरै जसो मानिसमा केही न कुराको एडिक्सन (लत) हुन सक्छ । खानेकुरा देखी, व्यवहारको लत लाग्न सक्छ । सबै लत नराम्रो अर्थात हानिकारक हुदैनन् । तर केहि लतहरुले मानिसलार्ई समस्या पुर्याइरहेको हुन्छन् । त्यस्ता लतहरुलाई सुधार्न जरुरी हुन्छ ।
लत एउटा त्यस्तो अवस्था हो जसमा कुनै व्यक्तिले विभिन्न पदार्थहरु जस्तै मद्यपान, सुर्तिजन्य पदार्थ, गाजा, डग्सको प्रयोग गर्छन । त्यस्तै जुवा तासमा पनि सकृय पनि हुन सक्छन् । यस्ता लत हानिकारक हुन्छन् । यस्ता पदार्थको प्रयोगले व्यक्तिलाई बारम्बार प्रयोग गर्न प्रोत्साहन दिने गर्दछ । त्यसैले उनिहरु यस्ता व्यवहार दोर्याइरहने गर्दछन । परीणाम स्वरूप लत लाग्न सक्छ ।
वैज्ञानिक अनुसन्धानका अनुसार लत बस्नुको पछाडि मस्तिष्क सम्बन्धी विशेषता हुने गर्दछ। त्यस्ता पदार्थ र व्यवहारले दिमागको पुरस्कारको मार्गलाई अत्यन्त सकृय गर्दछ । धेरैमा डोपामाइन नामक न्युरोट्रान्समिटरको भूमिका हुने पाइएको छ । जसका कारण व्यक्तीले त्यही व्यवहार दोहोर्याउने, त्यही पदार्थको सेवन गर्ने गर्दछन । अन्त्यमा लतको रुपमा बिकास हुन जान्छ।
लक्षणहरू
लतजन्य कार्य तथा पदार्थको प्रयोगको मात्रा वृद्धि हुनु
यस्ता पदार्थ सेवन गर्ने अत्याधिक इच्छा हुनु र त्यसैको बारे सोचेर धेरै समय खर्चिनु
त्यस्ता पदार्थको प्रयोग र कार्यले अरु क्षेत्र जस्तै काम, बिद्यालय र घरको काममा अवरोध ल्याउनु
सामाजिक भेला, कार्यालयको भेला, मनोरञ्जनात्मक कार्यक्रमहरुमा कम सामेल हुनु या हुँदै नहुनु
आफ्नो लतको बारेमा खुलेर कुरा नगर्नु या त्यस्ता कुरालाई गुप्त राख्नु
हुलिया र हाउभाउमा ठुलो परिवर्तन आउनु
लतले गर्दा परिवार तथा साथीभाइसँगको सम्बन्धमा समस्या आउनु
आफ्नो लतको र त्यसले निम्त्याउन सक्ने शारीरिक, मानसिक तथा सामाजिक समस्याबारे जानकार हुनु र त्यसलाई छुटाउने प्रयास गर्नु
त्यस्ता पदार्थको प्रयोग तथा कार्यको लागि जस्तोसुकै जोखिम पनि उठाउनु
कारणहरु
लत लाग्नुको पछाडि बिशेष कारण हुदैँन, यसमा विभिन्न कारणहरुले भूमिका खेल्ने गर्दछन। अनुसन्धानहरुको अनुसार, जैविक कारक जस्तै जिन र लिङ्गको डोपामाइन न्यूरोट्रान्समिटरको दिमागमा रिसेप्टरको सख्या जिनले निर्धारण गर्ने गर्दछ । शरीरप्रतिको हर्मोनल जवाफ कस्तो छ । यसमा योगदान पुर्याउने गर्दछ। साथै पुरुष लतमा फस्ने सम्भावना बढी देखिने गरेको छ ।
मनोवैज्ञानिक कारक जस्तै व्यक्तित्व र मानसिक आघातको अनुभवले पनि यसमा योगदान पुर्याउने देखिएको छ। र वातावरणीय कारक जस्तै पारिवारिक सम्बन्ध, साथीसंगत तथा लतजन्य पदार्थको पहुँचको पनि यसमा ठुलो भूमिका हुने गरेको पाईन्छ।
यो कसरी पत्ता लगाउने
लत भएको अवस्थामा व्यक्तिको हाउभाउ, बानी व्यवहार आदी हेरेर पनि निदान गर्न सकिन्छ । प्रायजसो चिकित्सकले बिरामीसँग त्यस्ता पदार्थको प्रयोग तथा व्यवहार सम्बन्धी प्रश्न गरेर निर्णय लिने गर्दछन। मुख्यतय यस अन्तर्गत प्रयोगको आवृति, त्यसले जीवनमा ल्याएको हानी, प्रयोगको मात्रामा घट्बढ के कस्तो छ, लतले पेसागत, सामाजिक तथा व्यक्तिगत जीवनमा ल्याएको समस्याहरु आदी कुराहरुको अध्ययन गरिने गर्दछ । यस बाहेक कुनै अवस्थामा स्वास्थ्य ईतिहास र शारीरिकको अध्ययनबाट पनि यसको निदान गर्न सकिन्छ ।
यसका लागि के गर्नुपर्ला
लतको उपचार सम्भव छ । तर यसको प्रकृया लामो हुने गर्दछ। यसको निवारन भिन्न भिन्न भागमा हुने गर्दछ जस्तै कुनै पदार्थको प्रयोगमा डिटॉक्सिफिकेशन अनिवार्य हुने गर्दछ । त्यसपछी उपचारलाई सहज बनाउन औषधिको प्रयोगका साथै विरामीको मनोबल बढाउन परामर्श पनि दिइन्छ । त्यस्तै मनोचिकित्सा, परिवार उपचार, समूह थेरापी आदिको पनि प्रयोग गर्न सकिन्छ ।