काठमाडौं- केहि समययता विश्वभरलाई कोभिड-१९ भाइरसले आंक्रान्त पारेको छ । नेपालमा पनि यस भाइरसले संक्रमित बनाउँने र ज्यान जानेक्रममा केहि कमी आएता पनि ढुक्क भइहाल्ने समय भने छैन । कोरोना भाइरसले सबै उमेरका मानिसहरुलाई संक्रमित बनाइसकेको छ । त्यसैगरि के गर्भवती र स्तनपान गराई रहेकि महिलाहरमा यसको असर बारे केहि प्रश्न उत्तरहरु तल प्रस्तुत गरिएको छ ।
१. के गर्भवती महिला कोभिड–१९ को उच्च जोखिमा पर्दछन् ?
गर्भवती महिलामा कोभिड—१९ बाट हुने प्रभावबारे अहिले अध्ययन भैरहेको छ । अरु सामान्य मानिस भन्दा गर्भवतीहरु कोभिड–१९ को उच्च जोखिम हुन्छ भन्ने तथ्य अहिले सम्म प्रमाणित भैसकेको छैन ।
गर्भवती अवस्थामा महिलाको शारिरीक र प्रतिरक्षा प्रणालीमा परिर्वतन आउने भएकोले श्वासप्रश्वास प्रणालीमा नराम्ररी असर पर्न सक्दछ । कोभिड–१९ को सामान्य लक्षणहरु जस्तै ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिनुपर्दछ ।
२. म गर्भवती छु । कसरी म कोभिड—१९ बाट सुरक्षित रहन सक्छु ?
अरु सामान्य मानिसले लिने सावधानीका उपायहरु जस्तै गर्भवती महिलाले पनि कोभिड—१९ बाट बच्ने उपाय अपनाउनु पर्दछ । ती उपायहरु यस प्रकार छन्:
सफा साबुन पानीले बेलाबेलामा हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
- आफु र अरु व्यक्तिबीच ३ फिट टाढाको दुरी कायम गर्ने ।
- मुख, नाक र आँखा अनावश्यक रुपमा हातले नछुने ।
- खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखलाई कुहिनाले छोप्ने वा नरम टिस्यु पेपर प्रयोग गरि बिर्को भएको फोहोर फ्याँक्ने भाँडोमा
फाल्ने ।
यदि तपाईलाई ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस् । गर्भवति तथा सुत्केरी महिला कोभिड—१९ बाट प्रभावित भएता पनि नियमित स्वास्थ्य जाँच गराउनुपर्दछ ।
३. के गर्भवति महिलाले कोभिड—१९ को जाँच गराउनुपर्दछ ?
विश्व स्वास्थ्य संगठनले गर्भवती महिलाको कोभिड—१९ को परिक्षण गर्न सिफारीस गरेको छ । कोभिड—१९ बाट संक्रमित गर्भवति महिलालाई विशेष प्रकारको स्वास्थ्य हेरचाहको आवश्यक पर्दछ ।
४. के कोभिड—१९ गर्भवती महिलाबाट गर्भको बच्चालाई वा नवजात शिशुलाई सर्दछ ?
अहिलेसम्म कोभिड—१९ गर्भको भ्रुणमा र सुत्केरी हँुदा नवजात शिशु सरेको कुरा पुष्टि भएको छैन । आजको मितिसम्म परिक्षणगरेको गर्भको भ्रुणका तरल पदार्थ र आमाको दुधको नमूनामा कोभिड—१९ सरेको फेला परेको छैन ।
५. के कोभिड—१९ बाट संक्रमित आमाले आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन् ?
आमाले चाहेमा आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन । तर निम्न सुरक्षाका उपायहरु अपनाउनु पर्दछ:
-स्तनपान गराउने बेलामा नाक, मुख राम्ररी छोप्न माक्स लगाउनु पर्दछ ।
- बच्चालाई छुनु अघि र छोए पछि साबुन पानीले हात धुने ।
- आफु बसेको ठाँउ र त्यसको वरिपरिका साथै प्रयोग गरेको सरसामानहरुको सरसफाई गरि निसंक्रमण गर्नुहोस् ।
६. के कोभिड—१९ बाट संक्रामित आमाले आनो नवजात शिशुलाई छुन, बोक्न मिल्छ ?
कोभिड—१९ बाट संक्रमित आमाले पनि बच्चालाई जन्मिने बित्तिकै स्तनपान गराउनु र नजिक राख्न मिल्छ । यसलेबच्चालाई स्वस्थ राख्न सहयोग गर्छ । तर आमाले यी कुराहरुलाई ध्यान दिनुपर्दछ:
- नाक, मुखमा राम्ररी माक्स लगाई स्तनपान गराउने
- नवजात शिशुलाई आफ्नो छातीमा टाँसेर राख्ने
- नवजात शिशुलाई आफुसंगै राख्ने
७. कोभिड–१९ बाट संक्रमित बिरामी महिलाले आनोे शिशुलाई प्रत्यक्ष स्तनपान गर्न के के गर्नुपर्छ ?
- यदि तपाई कोभिड १९ बाट संक्रमित भई बिरामी हुनुहुन्छ र अरु जटिलताले स्तनपान गराउन नसक्ने अवस्था भएमा तलका उपायहरु अपनाएर स्तनपान गराउन सक्नुहुन्छ ः
- आफ्नो दूध निचोरेर बच्चालाई खुवाउने
- बिरामी निको भएपछि स्तनपान गराउन
कोभिड–१९ सम्बन्धी थप जिज्ञासा वा परामर्श चाहिएमा पैसा नलाग्ने कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गर्नुहोस् ।