काठमाडौं- गर्भावस्था हरेक महिलाका लागि एक विषेश अवस्था भनिन्छ । गर्भावस्थामा महिलालाई , श्रीमान र घर परिवारले अरु समयको भन्दा विशेष ख्याल राख्नु पर्छ ।
धेरैको जिज्ञासा हुन्छ कि गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन ? गर्भावस्थ शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ताले यौन सम्पर्क नराख्ने गरेको पाईन्छ ।
यौन सम्बन्ध राख्ने कि नराख्ने यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा झट्ट कसैसँग सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग यस विषयमा जानकारी पनि दिँदैनन् ।
धेरै व्यक्तिलाई डाक्टरहरु सँग पनि यो प्रश्न सोध्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त मात्रामा चर्चा नगरिएको स्थिति छ, अर्थात् उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै बस्नुपर्ने बाध्यता रहेको हुन्छ आज यिनै चिन्तालाई मेटाउनको लागि हामीले केशव आयुर्वेदका डाक्टर रामदेव यादव सँग केहि कुरा गरेका छौं ।
डाक्टरसका अनुसार गर्भावस्थामा यौनसम्पर्क राख्न मिल्छ तर धेरै सावधानिका साथ यौनसम्पर्क राख्नु पर्छ । गर्भवति भएको ३ महिना हरेक महिलाका लागि धेरै खतरनाक मानिन्छ यो समयमा यौनसम्बन्ध राखेमा बच्चा खस्न सक्ने धेरै सम्भावना हुन्छ ।
गर्भवस्थालाई ३ चरणमा विभाजन गरिएको हुन्छ ।
१.पहिलो चरण : गर्भवति भएको महिना देखि ३ महिना सम्म मानिन्छ । गर्भवति महिलाका लागि पहिलो चरण खतराको चरण भन्ने गरिन्छ यो समयमा यौन सम्पर्क राख्नु हुदैन् । बच्चा खस्ने सम्भावना धेरै भएका कारणले यो ३ महिना सम्म यौनसम्पर्क राख्न उचित मानिदैन् ।
२.दोस्रो चरण : यस चरणलाई ३ देखि ६ महिना सम्मको चरण मानिन्छ । यो चरणमा यौन सम्पर्क राख्न मिल्छ तर गर्भवति हुनुपर्व जसरी धेरै यौन सम्पर्क राख्नु भने ह्ुदैन् ।
३.तेस्रो चरण : ६ देखि ९ महिना सम्म वा बच्चा नजन्मिदा सम्म यौन सम्पर्क नगर्दा नै राम्रो मानिन्छ । सम्पर्क राख्दा असहज हुने भएका ले यौन सम्बन्ध नराख्दा राम्रो हुन्छ , तर यौन सम्पर्क राख्दा भने बच्चालाई कुनै पनि किसिमको असर पर्दैन् ।