काठमाडौं- डेंगु एक प्रकारको वा भाइरल ज्वरो हो जुन एडिस इजिपटि जातको पोथी लामखुट्टेको माध्यमबाट सर्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ।
यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ ।
लक्षण
रगतको मात्रामा कमी आउँन,
उच्च मात्रामा ज्वरो आउँने,
जोर्नी तथा शरीर दुख्ने,
टाउको, आँखाको नानी तथा गेडी धेरै दुख्ने,
स्वास फेर्न अप्ठ्यारो हुने,
मुटुको धड्कन कम हँुदै जाने,
बान्ता र रिङ्गटा लाग्ने,
अनावश्यक शरीरका अंगहरुबाट रक्तश्राव हुने,
रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगमा रक्तसंचार सुचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्दछन्।
एक व्यक्तिलाई जिवनकालमा चार पटक सम्म डेंगु हुन सक्छ । डेंगु सार्ने एडिज लामखुट्टे सफा र शुद्ध पानीमा बस्न मनपराउने हुनाले घरको सरसफाई र पानी जम्ने ठाँउलाई निसक्रिय गराउनु पर्छ ।
बच्ने उपाय
घरमा बस्दा वा बाहिर जादा डेंगु हुने सिजनमा लामबाउले लुगा लगाउने ।
घरपरिपरि सफापानी जम्ने ठाँउलाई निसक्रिय गराउने ।
गमलाहरुमा लामो समय सम्म पानी जम्न नदिने ।
लामखुट्टेको लार्भा खाने माछाको पालन गर्ने ।
लामखुट्टेको टोकाईबाट बच्नका लागि क्रिमको प्रयोग गर्ने ।
सुत्दा झुलको प्रयोग गर्ने ।
डेंगुले बिरामीको शरीरमा हुने प्लेटलेट्सको मात्रा घटाइदिन्छ। जब प्लेटलेट्स काउन्ट १० हजारबाट कम हुँदै जान्छ तब शरीरका विभिन्न भागमा रक्तश्राव हुन सुरु हुन्छ।
यस्तो अवस्थामा रगत दिनुपर्ने पनि हुनसक्छ। यसको साथै रक्तचाप (ब्लड प्रेसर) कम हुने तथा फोक्सोमा पानी जम्ने जस्ता खतरा पनि हुनसक्छ त्यसकारणले डेंगुको लक्षण देखा पर्ने बितिकै नआति नजिकैको स्वास्थ्य संस्था वा अस्पताल जानु पर्ने हुन्छ ।
(डा अनुप.बास्तोलासँगको कुराकानीमा आधारित)