काठमाडौं- विश्वभर फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो हुन सकेन फलस्वरुप पहिलो केश २०७६ माघ ९ देखियो । पहिलो लहरले नेपालमा त्यति प्रभाव नपारेता पनि ७७ चैत्रको पहिलो हप्ता देखि बिस्तारै संक्रमण बढ्न शुरु गरी ७८ साल बैशाखको अन्तिम सातामा आएर दोस्रो लहर उच्च बिन्दुमा बैशाख २७ गते ५१.८ प्रतिशतमा कोरोना पुष्टि भयो जो हालसम्मकै धेरै संक्रमित थपिएको दिन रह्यो ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्य दिशामा उल्लेख गरिएको मध्ये उपचार व्यवस्थापन यस प्रकार छ ।
वीर अस्पतालाई कोभिड-१९ केन्द्रिय अस्पतालको रूपमा सञ्चालन भईरहेको,
देशभरी सरकारी तथा निजी अस्पतालहरूमा कोभिड-१९ उपचारका लागि १५७ अस्पतालहरू सूचीकृत गरी सञ्चालनमा ल्याइएको,
जसमध्ये ४५ निजि अस्पतालहरूसँग सम्झौता गरी परिचालन गरिएको।यी अस्पतालहरूमा उपचार र शोधभर्ना दिने व्यवस्था मिलाईएको,
आइ.सी.यु. बेड संख्या २६०० रहेकोमा ४०० थप गरी ३००० पुर्याइएको र ६३० थप गर्ने प्रक्रियामा,
भेन्टिलेटरको संख्या ९०० पुर्याइएको छ भने १८० थप गर्ने प्रक्रियामा,
सरकारी अस्पतालहरूमा हाइ डिपेन्डेन्सी युनिट बेड संख्या २०७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याइएको छ, १४०० थप्ने क्रममा,
बच्चाहरूको लागि १८० भेन्टिलेटर सहितको २७५ आई.सी.यु. बेड थप्ने कार्य अगाडी बढेको
अक्सिजन आपुर्ति व्यवस्था
५००० अक्सिजन सिलिण्डर थप भएको,
५५०० अक्सिजन कन्सट्रेटरको व्यवस्था भइसकेको र थप ३५०० आउने क्रममा रहेको,
२७ वटा लिक्विड अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत २ वटाको कार्य सम्पन्न भइसकेको, ४ वटाको प्रकृया सुरू भएको र १० वटाको सूचना प्रकाशित गरिएको अवस्था छ,
७७ वटै जिल्ला र १९ वटा ठुला अस्पतालहरूमा अक्सिजन प्लाण्ट थप गर्नका लागि स्रोत सुनिश्चितता गरिएको। भाद्र महिना भित्र सम्पन्न गर्ने योजना रहेको छ,
प्रयोगशाला परीक्षण
देशभरका ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट कोभिड-१९ को पीसीआर परीक्षण हुदै आएको,
समुदायमा गरिने सर्भिलेन्सका लागि एन्टिजेनमा आधारित परीक्षण,
कोभिड-१९ का भेरियन्टहरूको अनुगमन गर्नका लागि नियमितरूपमा जिन स्विकेन्सिङ भइरहेको र जसको प्रमाणिकरण विदेशस्थित प्रयोगशालाहरूसँग सहकार्य गरिएको छ,
१४ वटा मुख्य स्थलमार्गका प्रवेश बिन्दुहरूमा स्क्रीनिङ, एन्टीजेन टेस्ट सहितको हेल्थ डेस्क स्थापना गरी तथा सञ्चालन भएको,