कैलाली– कर्णाली नदीमा डुंगा डुब्दा तीन जना बेपत्ता भएका छन् ।
कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत बिजौरा आउने क्रममा डुंगा पल्टिएर दुर्घटना हुँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मोहन्याल गाउँपालिकाकी २० वर्षीया उर्मिला सलामी मगर, उहाँको १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् प्रहरीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका–३ बाट बच्चालाई खोप लगाउन सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्य चौकी जाँदै गरेका थिए
प्रहरीले बेपत्ताको खोजी तीब्र बनाएको छ । डुंगामा सवार १० जनामध्ये ७ जनाको उद्दार भएको प्रहरीको भनाइ छ ।