पोर्नोग्राफीको लत अहिले युवा बर्गको लागि चिया - कफी को जस्तै भएको छ । पोर्नोग्राफी भन्नाले कुनैपनि विद्युतिय माध्यामबाट हेरिने अश्लिल फोटो, भिडियो आदि हुन । नग्न एवं यौन क्रियाका फोटो-भिडियोहरु यस अन्र्तगत पर्छन् । नेपालमा खुलमखुला यस्ता फोटो-भिडियो हेर्न काुननी रुपमा निषेध गरिएको छ । कतिपय पोर्न साइटहरु समेत बन्द गरेका छन् । तर यि साइट जतीनै बन्द भएपनी बिभिन्न माद्यमहरु बाट यस्को प्रयोगमा कमी भने आएको देखिदैन ।
हुन पनि आजको टेक्नलोजीको युगमा पोर्न साइटमाथि पूर्णत प्रतिबन्ध लगाउन कमै संभव होला । यौनजन्य सामाग्री वा जानकारीलाई निषेध गर्दैमा यौनकृत्य वा यौनकुष्ठा कम हुने तर्कमा धेरैले विश्वास गर्दैनन् । यौन मान्छेमा स्वभाविक चासो को बिषय भित्र पर्छ । मान्छे यौनको कुरामा उत्तिकै रुची राख्छन् । तर, यौनका विषयमा खुला छलफल गर्न भने सक्दैनन् । हाम्रो समाजको यौन लाई हेर्ने दृष्टिकोण कारण मान्छेले यौनप्रति कतिपय जिज्ञासा मनभित्रै दबाएर बस्ने गर्छन् ।
यौनलाई जति लुकायो, जति दबाइयो, जति रहस्यमयी बनायो, यसप्रतिको भोक कम हुँदैन बरु त्यसले यौनको भोक थप जगाउँछ। यस्को बारेमा थप कौतुहलता पैदा गर्छ ।
नेपालमा अझै पनि यौन शिक्षाको बिषयमा खुलेर कुरा गरेको पाइदैन । यौनका सम्बन्धमा समूचित जानकारी आदन–प्रदान गर्नु उपयोगी मात्र होइन, जरुरी पनि मानिन्छ । अहिलेको पुस्ताको लागि यौन शिक्षालाई अनिवार्य र अपरिहार्य मानिएको छ । विद्यालय तहमै यौन शिक्षाबारे पठनपाठन हुने गरेका भएपनी यस्कोबारेमा खुलेर कुरा गरेको अझै पाइदैन ।
त्यसो त यौन दाम्पत्य सुखको एउटा महतोपूर्ण कडी मानिन्छ, यौन जिबनको यही सत्यलाई आत्मसातगर्दै दम्पतीबीचका यौन जीवन कसरी आनन्ददायक बनाउने भनी खोज–अभ्यास हुने गरेका छन् ।
यौनकै सम्बन्धको बारेमा सदियौं अगाडि ग्रन्थ समेत उल्लेख गरिएको छ । वात्स्यायनले उहिले नै ‘कामसूत्र’ लेखे र यौनका आयमलाई फराकिलो ढंगले व्याख्या गरिदिए । यद्यपि, कामसूत्र यौनको ग्रन्थ मात्र थिएन, त्यसमा दाम्पत्य सुखका सूत्रहरु समेटिएका थिए ।
अहिले टेकनोलोजीको समयमा यौनका विषयमा मनमा उठ्ने उत्सुकता मेट्न कामसूत्र पल्टाइरहनुपर्दैन वा अन्य सामाग्री खोजिरहनु पर्दैन । इन्टरनेटमा जतिपनि सामाग्री पाइन्छ, जहाँ यौनका सम्बन्धमा विस्तृत जानकारी उपलब्ध छन् ।
यद्यपि अहिलेका पुस्ता इन्टरनेटमा यौनसम्बन्धि आवश्यक जानकारी मात्र लिएर चित्त बुझाउँदैनन् । यसमा उपलब्ध यौन सामाग्रीहरुबाट आनन्द लिने गर्छन् । सामान्य मनोरञ्जनका लागि पोर्न सामाग्री हेर्नु अन्यथा नभएपनि यसको लत लाग्नु भने घातक हुने मनोविदहरुले बताउँदै आएका छन् ।
सहजै उपलब्ध हुने पोर्न भिडियोहरु हेरेर त्यसैको अनुसरण गर्न खोज्दा अनेक दुर्घटना भएको पाइन्छ ।
पोर्नोग्राफीको लतले युवाहरुको निजी समय, सिर्जनशिल क्षमता मात्र बर्बाद गरिदिदैन, यौन–जीवनलाई असर पु¥याउँछ । पोर्नग्राफीका लतले सिर्जनशिल उमेरका युवाहरुलाई अँध्यारो र एकान्त कोठामा सीमित गरेको छ । उनीहरु हरबखत पोर्न भिडियो हेर्ने मौकाको खोजीमा बसिरहेका हुन्छन् ।
एकातिर पोर्नग्राफीका लतले पठन–पाठन गर्ने, नयाँ ज्ञान आर्जन गर्ने, काम–व्यवहार सिक्ने काममा बाधा पु¥याइहेको छ भने अर्को तिर पोर्नोग्राफीको लतले दम्पतीको यौन जीवन पनि खस्किँदै गएको पाइन्छ ।
अश्लिल भिडियो हेरेर सोही किसिमको अभ्यास गर्न खोज्ने वा अपेक्षा गर्ने मनोवृत्ति बढ्दो छ । जबकि पोर्न मुभीहरु व्यवस्थित र नियोजित ढंगले बनाइएका हुन्छन्, जहाँ देखाइए जस्तै अभ्यास वास्तविक जीवनमा संभव हुँदैन । नतिजा, उनीहरु असन्तुष्ट हुन्छन् । यसले उनीहरुको यौन-सुखमा तगारो लगाइदिएको छ ।