काठमाडौं- ज्योति विकास बैंक लिमिटेड स्मार्ट लगानीकर्ताहरुका लागि ज्योति विकास बैंकको “ज्योति स्मार्ट सेभिङ्ग्स” हितग्राही खाता र मेरो सेयर (डिम्याट खाता) लगायतको ३ वटै सुविधा भएको बचत योजना सार्वजनिक गरेको छ।
बचत खाता ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो। यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निम्न सुविधाहरु रहेका छन् ।
निःशुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क,
निःशुल्क मेरोसेयर रजिस्ट्रेशन शुल्क,
निःशुल्क सि-आस्वा,
निःशुल्क मोबाईल बैंकिंग सेवा,
निःशुल्क इन्टरनेट बैंकिंग सेवा,
निःशुल्क डेबिट कार्ड,
यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५० प्रतिशत छुट र धितो रकममा ३० प्रतिशत छुटको सुविधाहरु पनि रहेको सूचना अधिकारी रामहरि आचार्यले बताए ।
सूचना अधिकारी आचार्यका अनुसार ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने छ। ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको उनले बताए ।