काठमाडौं- विश्वभर कोरोना संक्रमण पुनः तिव्रगतिमा फैलिरहेको छ । नेपालमा पनि पछिल्ला केहि दिनयता संक्रमण फैलिरहेको जनाइएको छ । संक्रमणबाट बच्नका लागि हामीले स्वास्थ्यका मापदण्ड पालना गर्नुका साथै कोरोना बिरुद्धको खोप अनिवार्यरुपमा लगाउँन अवश्यक रहेको छ ।
संक्रमणबाट जोगिने एक प्रमुख उपाय भनेको दुरीकायम गर्ने र मास्कको अनिर्वाय प्रयोग गर्नु हो । हामीले बजारमा धेरै किसिमका मास्कहरु पाउँन सक्छौं त्यस मधये पनि कपडाको मास्क कसरी लगाउँने भनेन्ने तरीका तल प्रस्तुत गरिएकोः
कपडाको मास्क लगाउने तरिकाः
मिचिमिचि कम्तिमा २० सेकेण्ड साबुन-पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्न
मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने
नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने
सकभर मास्कलाई हातले नछुने
डोरी मात्र समाई मास्क फुकाल्ने
कपडाको मास्कलाई फेरी प्रयोग गर्न मिल्छ । फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने
मास्क फुकालेपछि साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने
प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन पानीले धुने र घाममा सुकाउने
एक अर्काबाट कम्तिमा २ मिटर टाढा बसौं । बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धोऔं । घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाऔं ।