काठमाडौं- गर्भवस्था हरेक महिलाका लागि खास मानिन्छ । गर्भवति भएको थाहा पाउँन वित्तिकै प्रायः महिलाहरु स्वास्थ्य जाँच गराउँछन् तर कहिले काहि डाक्टरले ‘तपाईँको बच्चा ठाउँमा बसेको छैन भन्ने गर्छन् । बच्चा पाठेघरमा हुर्किन्छ तर, कहिलेकाहीँ बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । पाठेघर बाहेक भ्रुण अण्डकोष, ग्रिवा, पाठेघरबाहिर पेटमा, गर्भाशय र पाठेघर बिचको नलिमा पनि बस्ने गर्दछ ।
पाठेघर भन्दा बाहिर किन बस्छ गर्भ ?
सामान्यतया हरेक महिना डिम्बासयबाट डिम्ब निस्केर डिम्बवाहिनी नलीमा आउँछ। योनीमा बसेको शुक्रकिट पाठेघर हुँदै डिम्बनलीमा आँउछ तर कहिलेकाहि फर्टिलाइजेसन हुने क्रममा अवरोध सिर्जना भयो भने भ्रुण बाहिर बस्न सक्छ जसलाई एक्टोपिक गर्भावस्था भनिन्छ।
कारण
तल्लो पेटमा धेरै ईन्फेक्सन हुन्छ भने
पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएको छ भने
ट्युबको शल्यक्रिया गरिएको छ भने
बाँझोपनको उपचारबाट गर्भ रहेको छ भने
कपर- टीको प्रयोगले
पहिलो बच्चा अप्रेशन द्धारा निकालिएको छ भने
तर बच्चा के कारणले बाहिर बस्न सक्छ भन्ने सबै कारण भने पत्ता सकेको छैन् ।
कस्ता महिलाहरुमा यसको सम्भावना बढि मात्रामा हुन्छ ?
परिवार नियोजन साधनको प्रयोग गर्ने महिलाहरुमा भुरण पाठेघर बाहिर बस्ने सम्भावना अन्य महिलामा भन्दा धेरै हुन्छ । विषेश गरी कपर - टि राखेको महिलामा गर्भ बस्यो भने त्यो भु्ण बाहिर बस्ने सम्भावना धेरै हुन्छ । कपर–टीले पाठेघरमा गर्भ रहन मात्र रोक्छ, पाठेघर बाहेकका अन्य ठाउँमा गर्भ रहनबाट जोगाउन सक्दैन। त्यसै गरि टेस्टुब बेबि राख्ने प्रक्रियामा गर्भ बाहिर बस्ने सम्भावना हुन्छ ।
पहिलो बच्चा अप्रेशन गरेर जन्माएको महिलामा र गर्भपतन गर्ने महिलमा पनि यस्को सम्भावना हुन्छ । कुनै महिलामा भने जन्मजात नै पाठेघर र नलिको विकास नभएको अवस्थामा पनि बच्चा बाहिर बस्न सक्छ ।
पाठेघर भन्दा बाहिर भ्रुण बस्दा हुने जोखिम
आमा र बच्चा दुबै सकुसल र स्वस्थ्य हुनका लागि भ्रुण पाठेघरमै बस्नु पर्छ । तर कहिलेकाहि भ्रुण पाठेघर बाहिर बसिदिन्छ । जसकारण बच्चा त बाच्ने सम्भावना नै हुदैन तर आमालाई पनि उत्तिकै खतरा हुन्छ ।
पाठेघरको तन्किने क्षमता हुन्छ, यदि पाठेघरभन्दा अन्य ठाउँमा भ्रुण बसेको छ भने त्यो हुर्किंदै जाँदा उक्त ठाउँको तन्किने क्षमता कम भएर भ्रुण पेटमै फुटेर रगत जम्ने र बग्ने गर्छ । यदि समयमै पत्ता लागेन भने आमाको ज्यानै समेत जान सक्छ ।
बच्चा पाठेघर बाहिर बस्दा कस्ता लक्षण देखिन्छन् ?
महिनावारी रोकिने
पेट दुख्ने
योनीबाट रगत जाने
अन्तिम महिनावारीको ४ देखि ८ हप्ता सम्म यस्ता लक्षण देखिन्छन् ।
यसको उपचार प्रक्रिया भनेको महिनावरी रोकिने बित्तिकै अस्पताल गएर भिडियो एक्सरे गरेर एदि भु्रण पाठेघर बाहिर बसेको छ भने जतिसक्दो छिटो अप्रेशन गरेर भु्रणलाई निकाल्नु पर्छ । एदि पहिलो चरण मै भु्रण बाहिर बसेको थाहा पाउँन सकियो भने त्यसलाई औषधीको माध्यमबाट पनि निकालन सकिन्छ ।
यो समस्याबाट बच्नका लागि सर्वप्रथम त पाठेघरको ईन्फेक्सनबाट बच्नुपर्दछ र गर्भवति भएको थाहा पाउँने बित्तिकै अस्पताल जाँच गराउँन जानु पर्छ ।
( बिराट मेडिकल कलेजमा कार्यरत स्त्री रोग विषेशज्ञ डा.सविना पौडेल सँगको कुराकानीमा तयार परीएको )