-समृद्धा के.सी
काठमाडौं । स्वास्थ्यले स्वस्थ जीवनको माग गर्दछ । स्वास्थ्य मानव जीवनको अत्यन्तै महत्वपुर्ण कुरा हो जसलाई (Health is Wealth ) पनि भनिन्छ । स्वास्थ्य मानिसको धन हो तर पनि प्रायले स्वास्थ्यलाई राम्रो सँग ध्यान दिइरहेका हुँदैनन् । विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप र बिलासिता जिवन शैलि तर्फ उन्मूख भएर स्वास्थ्यलाई पछाडि पारिरहेका हुन्छन् । स्वास्थ्यलाई लापरबाहि गर्नु भनेको जीवनको दुरी घटाउनु हो ।
मानिसले स्वास्थ्यलाई विषेश ख्याल नराख्दा आज विश्वमा अत्यन्तै डर लाग्दा विभिन्न किसिमका रोगले दिन प्रतिदिन ज्यान जानेको संख्यामा बृद्धि भईरहेको छ । जब हामी स्वस्थ रहन सक्दैनौं तब जीवनमा केहि पनि गर्न सक्दैनौं । जीवन सहि तरिकाले संन्चालन गर्नको लागि स्वास्थ्य सम्बन्धि बिभिन्न जानकारीका साथै क्रियाकलापहरु गरि यसप्रकारले स्वास्थ्य सम्बन्धि मागलाई परिपूर्ति गर्न सकिन्छ । मानिस जन्मजात नै स्वास्थ्य सम्बन्धि जानकारी लिएर आएको हुदैन् तर समय परिस्थिति अनुसार उक्त्त बच्चाले आमा बाबु, परिवार, साथिभाई, स्कुल तथा समाजबाट स्वास्थ्य सम्बन्धि जानकारी लिई जीवनलाई स्वस्थकर बनाउन प्रयत्न गर्दछ । प्राप्त ज्ञान र जानकारीलाई व्यवहारमा उतारि स्वास्थ्य सम्बन्धि क्रियाकलापमा सरिक हुने गर्दछ ।
स्वास्थ्य जीवनको अपरिहार्य तत्व हो र स्वस्थ जीवन पाउनु एउटा नागरिकको नैसर्गिक अधिकार हो । साथै जीवनलाई स्वस्थ बनाउनु सबै मानिसको कर्तव्य पनि हो । मानिसको जीवनको अन्तिम सत्य भनेको आफनो अस्तित्व हो । अस्तित्व जोगाई राख्नका लागि सर्वप्रथम व्यक्ति स्वस्थ्य रहन अत्यन्तै जरुरी छ । हामी अस्वस्थ भयौँ भने हाम्रो सोचबिचार विवेक पनि अस्वस्थ हुन्छ । स्वास्थ्य नै सम्पति हो भन्ने बुझौ । सफल जीवन जिउनको लागि स्वस्थ्य रहन एकदमै आवश्यक पर्दछ । जस्तै एउटा साइकलको चक्काले मात्रै साइकल गुड्न असमभव हुन्छ, त्यस्तै सफल जीवनको लागि स्वास्थ्यको महत्वपूर्ण भूमिका रहन्छ ।
रोगलागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो हुन्छ । यदि अकस्मात कसैलाई रोग लागिहाल्यो भने सो व्यक्तिले चाहेका सम्पूर्ण ईच्छा चाहानाहरु बिस्तारै कमजोर हुदै जान्छन् मष्तिकले काम गर्न छोड्छ । शरीरमा भएको जोशजागर हराउदै जान्छ र पुर्णरुपमा अशक्त बन्छ । त्यस्तो व्यक्ति दुखित जिन्दगी बिताउन बाध्य हुन्छ । यो संसार नै एउटा निश्चित नियममा चलेको छ । नियम बाहिर गएपछि प्राकृतिक असन्तुलन हुन्छ र संसार नासिन्छ । रात पछि दिन हुनु , घामलाग्नु अस्ताउनु , ऋतृ फेरिनु, बर्षा हुनु प्रकुतिक नियम हुनु् ।
यस्ता प्रकृया रोकिएमा जिवन जगत कै अस्तित्व संकटमा आउन सक्छ । यस्तै प्रकारले हामीले पनि आफनो स्वास्थ्यको लागि निश्चित नियमहरु बनाएर पालना गर्न जरुरी छ । जीवन सुखीमयी बनाउन र सफता हासिल गर्नका लागि स्वास्थ्यलाई पहिलो प्रथामिकता दिन जरुरी छ । जब हाम्रो स्वास्थ्य ठिक रहन्छ जे पनि गर्ने जोशजागर, हिम्मतले भरिएको हुन्छ । हामीले स्वास्थ्यलाई ठिक मार्गदर्शन दिन सकियो भने जे पनि गर्न सकिन्छ ।
यदि तपाई सँग प्रशस्त पैसा छ , तर स्वास्थ्यले साथ दिईरहेको छैन भने त्यो पैसाले स्वास्थ्य किन सकिदैन त्यसैले पहिलो स्थान स्वास्थ्यलाई दिनुपर्दछ । स्वस्थ जिवनशैलि एउटा समाज र सिङ्गो देशको विकाशका लागि आधार हुनसक्छ । त्यसैले स्वास्थ्यलाई कहिल्यै पनि पछाडि नराखनु होस् यो तपाईको सफल जीवन बनाउनको लागि पहिलो खुड्किलो हो । जसलाई नटेकि माथि जाने प्रयास कहिल्यै नर्गनुहोस् । स्वास्थ्य नै अपरिहार्य सम्पति हो यो कुरा कहिल्यै नभुलौँ ।