काठमाडौं । श्रीमान र श्रीमति भनेका एक रथका दुई पाग्रां हुन तर सम्बन्ध सधै एकै नास हुदै हिड्दै जादा कतिपय ठाँउमा लडिन्छ पनि तर यसको मतलब यो हैन कि दाम्पती जीवनलाई बिचमै छोडर सम्बन्धलाई फेरि एक मैका दिएर सुमधुर बनाउन श्रीमान श्रीमतीबीच अण्डरस्ट्याण्डिंग हुन अति जरुरी छ । सम्बन्धमा हरेक जोडिले बु्झनै पर्ने कुरा एकले अर्काको सम्मान गर्नु अति आवश्यक हुन्छ ।
यस्तै केहि बुँदाहरु तल उल्लेख गरिएको छ जुन श्रीमतीले बिशेष ख्याल गर्नुपर्ने हुन्छ ।
१. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।
२. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।
३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।
४. अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।
५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।
६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।
७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्याल गर्नु नभन्नु ।
८. श्रीमानको पसिना ख्याल गर्नु ।
९. कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।
१०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार हुनु । किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।
११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।
१२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।
१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।
१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।
१५. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु
१६. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।
१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।
१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।
१९. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।
२०. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।