काठमाडौं- केहि बालबालिका आवश्यकता भन्दा धेरै तौल हुन्छ भने केहिको आवश्यक भन्दा कम तौल हुने गर्दछ । यि दुवै अवस्था स्वास्थ्य समस्या हुन् । कम तौल भएका कुपोषित बालबालिकाको तौल बढ़ाउन अभिभाबकहरुले यस्तो कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
बालबालिकालाई एकै पटक धेरै खुवाउने भन्दा पनि थोरै तर पटक पटक गरेर खुवाउनुपर्छ ।
पानी नमिसाएको भैसिको दुध र दहि नियमित खुवाउनुपर्छ ।
उच्च क्यालोरी भएको खानेकुरा अण्डाको भित्रि भाग, मासु, आलु, ड्राई फुट्स, नट्स, एभोकाडा लगायत अन्य खाद्यपदार्थ खुवाउनुपर्छ ।
सब्जि अण्डा मासुमा चिज मिसाएर खुवाउनुपर्छ ।
एक पटक थाइरोइड र हेमोग्लोबिनको मात्रा परिक्षण गराउनुपर्छ ।
जुकाको औषधि ६ महिनाको अन्तरालमा खुवाउनुपर्छ ।
ठोस खाने बालबालिकालाई घ्यु र बटर सबैजस्तो खानेकुरामा मिसाएर खुवाउनुपर्छ । घ्यु र बटर रोटि, टोष्ट, भात, जाउली, लिटोमा घ्यु र बटर मिसाएर खुवाउन सकिन्छ ।
तौल बढ्नको लागी पर्याप्त निन्द्रा र फिजिकल एक्टिभिटि दिनमा १ घण्टा गराउनुपर्छ ।
पानी खाना सँगै नखाई दुई पटक खाना खाने समयको बिचमा खुवाउनुपर्छ ।
सुक्ष्म पोषण तत्वका लागी बालभिटा दैनिक तथा वा डाक्टरको सल्लाहमा जिंक सहितको मल्टि भिटामिन सुप खुवाउनुपर्छ ।
डाक्टरको सल्लाहमा दिइने प्रोटिन सप्लिमेन्ट पाउडरले पनि तौल बढाउन मद्धत पुर्याउँछ ।