काठमाडौं- बच्चा जन्मिसकेपछि पनि आमा तथा शिशुलाई त्यतिकै ख्याल गर्नु पर्छ । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौती दूध बच्चाको लागि अमृत समान हुन्छ जसले बच्चालाई धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।स्तनपान गराउदा शिशु स्वस्थ हुने एउटा पाटो त छदै छ । स्तनपानले गर्दा आमा र शिशु बिच भावनात्मक हिसाबले उतिकै घनिष्टता हुने गर्छ ।
२५ वर्षिया सरीता शाही जो आज भन्दा ५ बर्ष अगाडी आमा बनिसक्नु भएको थियो उहाँ आफ्नो पहिलो सन्तानलाई स्तनपान गराउदाको अनुभब यसरी हामीलाई सुनाउनु हुन्छ ।'हरेक महिलाका लागि आमा बन्नु संसारको त्यो खुसि हो जुन खुसिलाई कहिल्य व्यक्त गर्न सकिदै भने स्तनपान गराउनु पनि त्यतिकै सुखदय पलनै मानिने रैछ।,'मैले आफ्नो बच्चालाई पहिलो पटक स्तनपान गराउदा ती लाजहरु सबै बिर्सिए जुन स्तनलाई हामीले पहिले लुकाएर राखिन्थ्यो तर जब आफु आमा बनिन्छ तब सबै लाजहरु हराउदो रैछ।,'स्तनपान गराउदै गर्दा आफ्नो बच्चा सँग अनगिन्ती सपनाहरु बुनिरहेको हुन्थ्ये।,'म एउटा गहिरो प्रेममा विलिप्त भएको अनुभव गथ्ये । त्यसैले हरेक आमाहरुले यो महसुस गर्नका लागि सकेम्म शिशुलाई स्तनपान गराउँनु होस् ।’
बाल रोग विशेषज्ञ डा.आर.पी चौधरीका अनुसार स्तनपान गराउनुका फाइदाः
आमाको दूध पोषणको लागि मात्र नभएर जीवनको धारा नै हो । यसले आमा र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । नवजात शिशुको मुख्य आहार आमाको दुध हो । शिशु जन्मेको ६ महिनासम्म पुर्ण स्तनपान गराउनुपर्छ ।
स्तनपान गराउँनुका आफ्नै बिशेषता छन् । पुर्ण रुपमा स्तनपान गरेको शिशुको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ । साथै किटाणु वा जिवाणुसँग लड्ने क्षमता बढि हुन्छ ।
बिशेष अवस्था जस्तै आमाको दुध नै आएन भने अर्को बिकल्प खाज्नुपर्ने हुन्छ । तर शिशुको लागी आमाको दुध नै सबैभन्दा राम्रो आहार हो ।
शिशु ६ महिना भएपछि आमाको दुधले मात्र पुग्दैन । शिशुको बृद्धि भइरहेको हुनाले ६ महिनापछि शिशुलाई आमाको दुधका साथै अन्य खानेकुरा खुवाउनुपर्ने हुन्छ ।
शिशुको लागी छुट्टै खानेकुराको आवश्यकता पर्दैन । उनिहरुलाई घरमा अन्य सदस्यका लागी तयार पारिएको खानेकुरालाई नरम बनाएर खुवाउँदा हुन्छ । यो उनिहरुको लागी सबैभन्दा राम्रो खानेकुरा हो ।
त्यसका साथै शिशुलाई घरको अन्य सदस्यहरु खाना खाने समयमा नै खाना खुवाउनुपर्छ । जसका कारण शिशुले पनि खाना खान सिक्छ ।
शिशुलाई प्रोटिनयुक्त खानेकुरा खुवाउनुपर्ने हुन्छ । शिशुको शरिरलाई आवश्यक पर्ने प्रोटिन, क्यालोरी र भिटामिन परिपुर्ति गर्न उसिनेको अण्डा खुवाउन सकिन्छ । त्यसका साथै दालको रस गेडागुडिको रस,साग र तरकारीलाई नरम बनाएर खुवाउन सकिन्छ ।
पछिल्लो समय धेरैजसो बालबालिकामा असन्तुलित आहारका कारण कब्जियतको समस्या देखिने गरेको छ । बालबालिकालाई खाना खुवाउँदा फाइबर, कार्बोहाइडेट, प्रोटिनयुक्त खानेकुराहरुको छनोट गर्नुपर्छ ।
बालबालिकालाई बजारको खानेकुरा खाने बानि लाग्न दिनुहुदैँन । उनिहरुलाई घरको खानेकुरा नै खाने बानि लगाउनुपर्छ । घरको खानेकुरामा शिशुलाई आवश्यक फाइबर, कार्बोहाइडेट, प्रोटिन पाइन्छ । साथै घरको खानेकुरा सन्तुलित हुन्छ ।