काठमाडौं- आमाले सुत्केरीबाट उठ्न, बच्चाको राम्रो हेरचार गर्न र बच्चाको राम्रो ख्याल गर्नका लागि खानपानमा विशेष ख्याल राख्नु पर्ने हुन्छ । उनीहरूलाई प्रोटिन तथा चिल्लो पदार्थयुक्त खानाका साथै प्रशस्त सागसब्जी र फलफूलको आवश्यकता पर्छ ।
उनीहरूलाई सफा पानी, दूध, ज्वानोको झोल, सुप र जुसजस्ता तरल पदार्थ पनि प्रशस्त चाहिन्छ । यी विभिन्न आहारले सुत्केरी आमाको शरीर तन्दरुष्ट राख्नका लागि सहयोग गर्छ ।
अतिरिक्त प्रोटिनका लागि सिमी, बीउ हुने फल, अन्डा, दूध, दही, चीज, माछामासु आदि खानुपर्छ ।
केही मान्छेहरू सुत्केरीले खास-खास प्रकारका खानाहरू खानु नहुने र वच्चाले पहिलो दुध खानु हुँदैन भन्छन् तर उनीहरूले सन्तुलित खाना पाएनन् भने उनीहरू कुपोषण, रक्तअल्पता र अन्य रोगका हुन्छन् ।
कुनैकुनै बेला स्तनपान गराउने आमालाई विशेष भोजन दिइन्छ । खास पोषणयुक्त छ भने यस चलनलाई राम्रो मान्नुपर्छ । असल आहारले सुत्केरी भएपछिको शरीरलाई चाँडै तङ्गग्राउँछ ।