काठमाडौं- मानिसलाई स्वस्थ रहन स्वस्थ खानाका साथसाथै पर्याप्त निदाउनु पनि उतिकै जरुरी छ । तर, आजभोलिका प्राय मानिस ब्यस्तता कारण प्रयाप्त रुपमा निदाउन पाउँदैनन्। यसका कारण कयौ प्रकारका स्वास्थ्यसम्बन्धी समस्या सिर्जना हुन्छन् ।
यदि यो एउटा बानी मात्रै सुधार गर्ने हो भने पनि धेरै प्रकारका रोग नियन्त्रण गर्न सकिन्छ । अमेरिकाको नेशनल स्लीप फाउन्डेशनको अध्ययन अनुसार उमेरको हिसावबाट हामी सबैको निद्रासम्बन्धी आवश्यकता अलग अलग हुने गर्दछ ।
यदि यसलाई ध्यानमा राख्ने हो भने हामी स्वयमलाई सधैं स्वस्थ राख्ने सक्नेछौ । यसो गर्दा शरीरमा हर्मोन्सहरुको सन्तुलन कायम रहन्छ, जसका कारण उच्च रक्तचाप, हृदयरोग र मुधुमेहजस्ता रोगको खतराबाट बच्न सकिन्छ । यहाँ हामीले उमेरका आधारमा मानिस कति घण्टा निदाउनु जरुरी छ भन्ने अध्ययनको नतिजा प्रस्तुत गरेका छौँ ।
–० देखि ३ महिनाको शिशु–१४ देखि १७ घण्टा
–४ देखि ११ महिनाका शिशु–१२ देखि १५ घण्टा
–१ देखि २ वर्षका बच्चा–११ देखि १४ घण्टा
–३ देखि ५ वर्षका बच्चा–१० देखि १३ घण्टा
–६ देखि १३ वर्षका बच्चा–९ देखि ११ घण्टा
–१४ देखि १७ वर्षका बालबालिका–८ देखि १० घण्टा
–१८ देखि ६४ वर्षका मानिस–७ देखि ९ घण्टा
–६५ वर्षभन्दा माथिका व्यक्ति–७ देखि ८ घण्टा निदाउनु जरुरी छ। एजेन्सि