काठमाडौं- आमाको दुध शिशुका लागी एकमात्र पहिलो र पुर्ण पोषिलो खाना हो । आमाले आफ्नो शिशुलाई पर्याप्त मात्रामा दुध चुसाएमा शिशुको पहिलो ५ देखि ६ महिनाको वृद्धि एवम विकास सन्तुलन रुपमा हुन्छ ।
स्तनपान शिशुका लागि मात्र नभई आमाका लागी पनि उत्तिकै लाभदायक छ । स्तनपानले शिशु र आमाबिच भावनात्मक सम्बन्ध बढाउँछ । आमाको शारीरिक बनावटलाई पहिलेकै अवस्थामा ल्याउनका लागि स्तनपानको महत्वपूर्ण भुमिका रहेको हुन्छ । पुर्ण रुपमा स्तनपान गराएमा ९८ प्रतिशत जन्मान्तरको समेत काम गर्छ ।
पुर्ण र लामो समयसम्म स्तनपान गराउँदा पछि हुन सक्ने मुटुरोग, मधुमेह, पाठेघर तथा स्तन क्यान्सर, मोटोपना जस्ता स्वास्थ्य समस्याको सम्भाबना कम गर्छ ।
स्तनपानले शिशुलाई पुर्याउने फाइदा:
रोग प्रतिरोधात्मक शक्ति प्रदान,
विभिन्न किसिमका संक्रमित रोगबाट जोगाउँछ मद्दत,
एलर्जी हुने सम्भाबना कम,
बाल्यवस्थामा हुने मोटोपनालाई कम गर्छ ।
स्तनपान गराउँदा आमासँगको सामिप्यले भावनात्मक एवम् मानसिक समबन्धको विकास ,
श्वास प्रश्वास सम्बन्धि एवम अचानक शिशुको मृत्यु हुने सम्भाबनालाई कम,