काठमाडौं- प्राय सबै व्यक्ति चाहान छन् बिहान अलिबेर सम्म सुत्न, अझ कतिले भन्ने गरेको पाईन्छ कि बिहान जति हुदै गयो निन्द्रा अझन मिठो हुदे जान्छ भनेर तर त्यहि मिठो निन्द्राले ज्यानै समेत लिन सक्छ बेलैमा होस गर्नुहोस् ।
सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ । यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ ।
यस्ता छन् धेरै सुत्नुका केहि असरहरुः
१. मस्तिष्कलाई बुढो बनाउँछः
अत्यधिक सुत्दा तपाईंको मस्तिष्कलाई शक्ति प्रभावित हुनसक्ट किनभने यो मस्तिष्कको उमेरको हिसाबले तीब्र रुपमा बुढो बनाउने गर्दछ ।
२. डिप्रेशन हुनुः
धेरै बेरसम्म सुत्दा दिमागमा डोपामाइन र सेरोटोनिनको स्तर कम हुन्छ । यसले तपाईंको मूडलाई परिवर्तन गरिरहन्छ र दिनदिनै तपाईं रिसाहा हुनुहुनेछ ।
३. मुटुरोगः
तपाईं जति ढिलासम्म सुत्नुहुन्छ त्यसको सिधा असर मुटुमा पर्ने गर्दछ । यसले मुटुरोग हुने खतरा अत्यधिक हुन्छ ।
४. ढाड दुख्नेः
जब हामी अबेरसम्म सुत्छौं तब हाम्रो ढाड दुख्ने गर्दछ किनभने धेरै बेरसम्म सुत्दा हाम्रो पिठ्युँ जकडिएको हुन्छ जसका कारण पीडा हुन्छ । धेरै बेरसम्म सुत्दा शरिरमा रक्तसंचार सही तरिकाले हुन पाउँदैन त्यसकारण चाँडोभन्दा चाँडो बेड छोड्नु नै उचित हुन्छ ।
५.स्मरण शक्ति कम हुनुः
धेरैबेरसम्म सुत्दा यसको गहिरो असर हाम्रो दिमागमा पर्ने गर्दछ । यसले हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ ।
६. मधुमेहको खतराः
अत्यधिक निन्द्राले शरिरमा सुगरको स्तरलाई बढाउने काम गर्दछ । त्यसकारण अत्यधिक निन्द्राले तपाईंलाई टाइप टु मधुमेहको खतरा बढाउँछ ।
७. कब्जियतको समस्याः
जो मानिस धेरैबेरसम्म सुत्छ उनीहरुलाई कब्जियतको समस्या हुन्छ । पेट ठिक राख्नका लागि आफ्नो शरिरलाई चलाइराख्नुपर्छ ।
८. अकाल मृत्युः
धेरै बेरसम्म सुत्दा तपाईंको अकाल मृत्यु पनि हुनसक्छ । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । कम सुत्ने मानिसहरुभन्दा धेरै सुत्ने मानिसहरुको चाँडै मृत्यु हुन्छ । ८ घण्टाको निन्द्रा हरेक मानिसका लागि पर्याप्त छ ।
९. टाउको दुखाईः
धेरै बेरसम्म सुत्दा उपहारमा तपाईंले टाउको दुखाई पाउनुहुनेछ । यो दिमागमा न्यूरोट्रान्समिटरमा उतारचढावको कारण हुनसक्छ जसमा निन्द्राको क्रममा सिरोटोनिन बढाउन सक्छ र यसले टाउको दुख्ने समस्या निम्त्याउँछ ।
१०. मोटोपना बढ्नेछः
मोटोपना र धेरै समयसम्म सुत्नुका बिच सम्बन्ध छ । यदि तपाईं लामो समयसम्म सुत्नुहुन्छ भने तपाईंको शरिर रेस्ट मोडमा हुन्छ । कम शारिरिक गतिविधीको अर्थ तपाईंको शरिरको क्यालोरी कम बर्न हुनु जसले तौल बढाउने कार्य गर्दछ । एक अध्ययनका अनुसार धेरैबेरसम्म सुत्ने मानिसहरु मनोवैज्ञानिक रोगी र उच्च बडी मास इन्डेक्सले ग्रस्त हुन्छन् ।