गर्भावस्थामा महिलालाई धेरै किसिमका समस्याहरू देखिन सक्छन् । त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ । यसबाट सम्भावित जटिलतालाई कमगरी गर्भ खेर जानबाट बचाउँन सकिन्छ । गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन् । सरसफाईको अभाव पनि गर्भावस्थाको समस्याको रूपमा देखा परेको छ । गर्भावस्थाको सुरुमा बान्ता हुनुलाई सामान्य समस्या भनिन्छ भने रक्तश्राव भएको अवस्थालाई जटिल समस्या पनि भनिन्छ । रक्तश्राब भएमा बच्चा बिग्रने सम्भावना ५० प्रतिशत हुन्छ । त्यस्तै गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, रक्तअल्पत्ता, जण्डिस जस्ता समस्या देखिने गर्दछन् ।
महिनावरीको चक्रक्रम रोकिनु, चक्कर लाग्नु, वान्ता हुनु, कहिलेकाही ज्वरो पनि आउन सक्छ । सुरुवाती दिनमा हर्मोनल परिवर्तनको कारण केहि शारीरिक समस्याहरु देखापर्छ
गर्भावस्थामा कुनैपनि भार उठाउन हुदैन, व्यायाम पनि त्यती गरौं जो चिकित्सकले भनेका छन् । ताजा र पौष्टिक भोजन सेवन गरौ बच्चालाई पूर्ण रुपमा पोषण मिलोस् । आफ्नो भोजनमा पत्तेदार सब्जी दुध र दुधजन्य पदार्थ सामेल गरौ । भिटामिन सि ले भरपुर पदार्थ खाने गर्नुहोस् । दिनमा कम्तीमा ६-७ गिलास पानी पिउनुहोस् ।
सबै गर्भवतीमा एकै किसिमको लक्षण नदेखिन सक्छ ।थकान लाग्ने चक्कर लाग्ने हुन्छ । धेरै पटक पिसाब लाग्न सक्छ ।झर्को लाग्न सक्छ ।
यस समयमा मदिरा ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा बस्नुहुन्न । आफ्नो मर्जी अनुसार कुनैपनि औषधी सेवन नगर्ने ।आफ्नो खानेकुरामा प्रोटिन क्याल्शियम कार्बोहाइडेट, ताजा फल आदि सामेल गर्नुहोस् । यतिबेला हल्का थकान लाग्नसक्छ त्यसैले पर्याप्त आराम लिनुहोस् ।
तेस्रो महिना यस अवधीसम्म आइपुग्दा तपाईको गर्भ निकै परिपक्क भइसकेको हुन्छ । विगतमा जस्तो समस्या वा खतरा हुदैन । भ्रुण तिब्र रुपले बिकास हुन थाल्छ । योनीश्राव बढ्न सक्छ । कब्जियत हुनसक्छ र तपाईको गर्भवती पेट देखिन थाल्छ ।
यस समयमा बच्चाको तौल बढेकाले कम्मरमा पीडा हुनसक्छ । त्यसैले गह्रौं बस्तु उठाउन हुन्न । फ्ल्याट जुत्ता लगाउनुपर्छ । आरमले बस्नुपर्छ । पर्याप्त मात्रामा क्याल्शियमको सेवन गर्ने, हल्का व्यायम गर्ने ।
चौथो महिनामा यतिबेला गर्भको बच्चा चल्न थालेको महसुष हुन्छ । गर्भाशय बढ्न थाल्छ । थकान लाग्न सक्छ कब्जियत हुनसक्छ । पेट फुल्ने समस्या पनि देखापर्छ । भोक लाग्छ । सफा योनीश्राव हुन्छ ।
यस समयमा छाला र मांसपेशी गर्भस्थ शिशुको समायोजित गर्नका लागि फैलन सुरु गर्छ । त्यसैले खुला एवं हल्का पहिरन लगाउने ।तरल पदार्थ पिउने, सब्जी र फलफूल सेवन गर्ने , यतिबेला डेढ देखि दुई किलोसम्म तौल बढ्न सक्छ चिन्ता नगरौ ।
पाँचौ महिनामा तपाईको गर्भमा तिब्र रुपमा शारीरिक परिवर्तन हुन्छ । बच्चा सक्रिय हुन थाल्छन् । बच्चाले खुट्टा चलाएको महसुष गर्न सकिन्छ । यतिबेला थकान लाग्ने पेट फुल्ने भोक लाग्ने, सास लिन गाह्रो हुने कम्मर दुख्ने समस्या हुनसक्छ ।
यस समयमा आरमदायक ढंगले बस्ने, सन्तुलित भोजन लिने , मुलायम पहिरन लगाउने, मनलाई प्रशन्न राख्ने । मनमा चिन्ता नलिने, कुनै भय नलिने, किनभने यसको नराम्रो असर गर्भको बच्चामा पर्न सक्छ, अचानक उठ्ने वा बस्ने नगरौ । भोग लाग्नु स्वभाविक हो तर जंक फूडको सेवनबाट बचौं ।
छैठौं महिनामा यतिबेला शरीरको तौल तिब्र रुपमा बढ्न थाल्छ । शरीरको तापमान बढ्न सक्छ । स्तनको आकार बढ्छ र निप्पलमा कालो घेरा लाग्न सुरु गर्छ । पेटमा हलुका पीडा हुन सक्छ ।
यस समयमा आरम गर्नु निकै महत्वपूर्ण हुन्छ । सहि मुद्रामा आरम गर्ने । खुट्टा सुन्निने संभावना भएको धेरै समय खुट्टा झुन्ड्याएर नबस्ने, सुतेको बेला खुट्टामा सिरानी राख्ने , गहिरो सास लिने र छाड्ने अभ्यास गर्ने । पौष्टिक आहारा लिने ,अधिक मात्रामा पेय पदार्थ लिने ।
सातौ महिनामा भ्रुणको विकास सँगै तपाईको शरीरमा रगतको आवश्यक्ता पर्न थाल्छ । त्यसैले रगत बनाउने खाद्य पदार्थ सेवन गर्नुपर्छ । स्तन कोलेस्ट्रम नामक एक सफा तरल पदार्थ चुहिन सक्छ । कम्मर दुख्ने र सास बढ्ने समस्या देखापर्छ ।
यस समयमाआफ्नो अन्तिम तेस्रो महिना चिकित्सकको सम्पर्कमा रहने , मनमा भय र चिन्ता नलिने , खानपान र जीवनशैलीमा सन्तुलन ल्याउने र आरम गर्ने ।
गर्भावस्थाको आठौं महिना आफ्नो स्वास्थ्यप्रति एकदमै सर्तक हुनुपर्छ । गर्भ र आफ्नो शारीरिक संरचनामा धेरै परिवर्तन हुन सक्छ । यतिबेला गर्भको बच्चा पनि उर्जावान भइसकेका हुन्छन् ।
यस समयमा पानी फल र रसको सेवन गर्ने , मसलेदार वा एसिडयुक्त भोजन सेवन नगरौ , नकारात्मक बिचार त्याग्नुपर्छ । नकारात्मक स्थानमा बस्नु हुदैन र जति सकिन्छ शान्त भएर बस्ने
नवौं महिनामा गर्भावस्थाको यो महिना पूर्ण अवधी मानिन्छ । कुनैपनि समयमा तपाईमा प्रसव पीडा हुन सक्छ । शारीरिक एवं मानसिक रुपले आफुलाई तयार राख्नुपर्छ ।
प्रसवको समयमा लगाउनका लागि आरमदायक पहिरन तयार गर्ने , नवजात शिशुको लागि आवश्यक सामग्री खरिद गर्ने , प्रसुती गृह एवं अस्पतालको पायक पर्ने स्थानमा बस्ने । यातयातको व्यवस्था गर्ने । नियमित रुपमा स्वास्थ्य जाच गराउनुपर्छ । सास लिन गाह्रो भएको वा अन्य कुनै अवरोध छ भने चिकित्सकको निगरानीमा बस्नैपर्छ , चुरोट मदिरा आदिको सेवन नगरौं, जसले गर्भको बच्चालाई सोझो असर पर्छ । मदिराले बच्चाको शरीर एवं मस्तिष्क कमजोर हुन्छ ।
गर्भधारणपछिको पहिलो वा छ सप्ताहको समय बच्चाको शारीरिक रचनाका लागि एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले यसबेला त्यस्ता खानेकुरा सेवन नगरौ जसले गर्भको बच्चामा नराम्रो असर गर्छ । गर्भधारण गर्नअघि नै महिलाले सन्तुलित भोजन गर्नुपर्छ । खानामा अधिक मात्रामा
हरियो सब्जी सलाद दाल दुध पनिर फल लाभदायक हुन्छ । आफ्नो शरीरलाई स्वस्थ्य बनाइराख्न बिहान हल्का व्यायाम गर्नुपर्छ । केहि समय टहल्नु पर्छ । बिहान टहल्नाले दिनभर थकान अनुभव हुदैन । गर्भधारणपछि मानसिक शान्तिका लागि मनोरञ्जन ध्यान धार्मिक कार्यक्रममा सहभागी हुनु राम्रो हो । गर्भधारणका लागि २१ बर्ष उमेर पुगेको राम्रो हो भने ३५ बर्षभन्दा कम उमेरको हुनुपर्छ ।
गर्भावस्थामा रगत बगिरहेको छ भने त्यसलाई जटिल अवस्थाको रूपमा लिइन्छ । यदि जुम्ल्याहा बच्चा छ भने पनि जटिल अवस्था सृजना हुनसक्छ । गर्भवती महिलामा प्रेसर, सुगर र जण्डिस देखिएमा जटिलता निम्तिन सक्छ । त्यसैले गर्भवतीको स्वास्थ्यमा धेरै ख्याल राख्नुपर्छ । गर्भावस्थाको अर्को जटिलता भनेको गर्भमा बच्चा उल्टो बस्ने, बच्चाले दिशा खाने, घाँटिमा साल बेरिनेलगायतका हुन् । यस्ता समस्याको पहिचानका लागि भिडियो एक्सरे गर्नुपर्छ । कहिलेकाँही गर्भ पाठेघरमा नबसी ट्युब वा अण्डाशयमा पनि बस्न सक्छ । यसलाई एक्टोपिक प्रेग्नेन्सि भनिन्छ । सामान्य अवस्थाको गर्भमा पाठेघरको मुख गर्भावस्थाभर बन्द रहन्छ । तर गर्भावस्थाको तेस्रो महिनापछि पाठेघरको मुख खुली गर्भपतन हुनसक्छ । यसबाट पनि सचेत रहनुपर्छ । गर्भावस्थामा डिप्रेसनको समस्या पनि देखिने हुनाले यसप्रति परिवारका सदस्यहरु सजग रहनुपर्छ ।