डा. शिलु श्रेष्ठ
काठमाडौं- ह्यान्ड सर्जरी भन्नाले हात देखि माथिल्लो सिमामा कुनै पनि समस्या हुँदा त्यसलाई उपचार गर्ने प्रक्रिया हो । ह्यान्ड सर्जरीमा हाडजोर्नी तथा प्लास्टिक सर्जरी दुबैको प्रिन्सीपल लाग्ने गर्दछ । ह्यान्ड सर्जनका लागि हाडजोर्नी तथा प्लास्टिक सर्जरीमा विशेषज्ञता हासिल गरेका तालिम प्राप्त व्यक्ति चाहिन्छ ।
शरिरीको अन्य भाग भन्दा हातको संरचना अलि फरक हुने भएका कारण हातकै मात्र छुट्टै विषय हुन पुगेको हो । हातको संरचना हड्डि, लिगामेंट, टेंडन र मुख्य रक्त संचालन हुने नसा मिलेर बनेको हुन्छ ।
हातमा एकदमै धेरै नसाहरु हुन्छन् । हात भनेको सबै भन्दा संवेदनशील अंग हो यदि हामीलाई चिसो तातो केहि थाहा पाउनु पर्यो भने हातले छाम्ने गर्दछौं । त्यस कारण हातमा चेटपटक लाग्यो भने धेरै दुख्ने गर्दछ ।
बिकसित मुलुकहरुमा हरेक काम मेसिनबाट गर्नु पर्ने हुन्छ भने नेपालमा प्रायः हरेक काम हातले नै गर्नु पर्ने हुन्छ । त्यसकारण हातमा धेरै चोटपटक लाग्ने अथवा हातमा समस्याहरु निम्तिन्छन् ।
हातमा असामान्य रुपमा दुखाइ हुनु , हातमा बांगोपना आउँनु , औलाहरु नचल्नु र हातका नसाहरुमा कुनै पनि समस्या हुने जस्ता लक्षण देखिदा हातमा समस्या छ भनेर अनुमान लगाउनु पर्छ ।
त्यसैगरि हातमा कुनै पनि चोटपटक लाग्यो , भाचियो वा जन्मजात देखि नै हातमा समस्या छ र हातको नसाहरुमा कुनै किसिमको समस्या आयो भने ह्यान्ड सर्जनको मा जान आवश्यक छ ।
हातमा कुनैपनि समस्या देखिदा समयमै उपचार गरिएन भने क्रोनिक पेन , बांगोपना र दैनिक काम गर्न नसक्ने अवस्था पनि आउँन सक्छ । त्यसकारण यस्ता समस्या आए भने समयमै ह्यान्ड सर्जनलाई लाई देखाउनु पर्ने हुन्छ । हातमा समस्या आउँनुको कारणहरु संसारभर हेर्ने हो भने पहिलो कारण चोटपटक नै हो ।
हातमा यस्ता किसिमका समस्याहरु आउन नदिनका लागि चोटपटक लाग्नु बाट बच्नु नै मुख्य सर्तकता अपनाउनु हो । चोटपटक लाग्नुको मुख्यकारण अहिले सवारी दुर्घटना हो त्यो बाट बच्नु पर्यो त्यसै गरि छुरी चलाउदा राम्रो सँग चलाउनु पर्यो ।
सवारी दुर्घटनामा लागेको चोटपटक, औलाहरु छुटेर वा चुडिएर ल्याएको अवस्थामा शल्यक्रिया ह्यान्ड सर्जनले नै गर्नु पर्ने हुन्छ ।
छिनीएको औलाहरु जोड्न धेरै समय र त्यतिकै संवेदनशील पनि मानिन्छ त्यसमापनि बुढिऔला जोड्न सबैभन्दा बढि जोखिमपूर्ण हुन्छ । केहि समय पहिले एक जना ईन्जीनियरको बुढिऔला पुरै नै चुडिएर ल्याइएको थियो उँहाको औंला जोडन त्यतिकै गाह्रो थियो त्यसलाई जोड्न ४ देखि ५ घण्टा लागेको थियो ।
केहिकाम गर्दा औला काटिएर चुडिएको छ वा दुर्घटना परेर हात नै अलग अलग भएको छ भने २४ घण्टा भित्र चुडिएरको भागलाई सुरक्षितका साथ ल्यायो भने त्यो जोड्न सकिन्छ । तर अलग भएको भागमा कुनैपनि खालको इन्फेक्सन वा फोहोर भइसकेको छ भने त्यसलाई जोड्न गाह्रो हुन्छ । त्यसरी जोडिएको हातको भाग पहिलाको जस्तै नदेखिएता पनि चुडिएको औलाले पहिलेको जस्तै काम गर्न सक्छ ।
पहिले पहिले सबै खाले बिरामीलाई एकजना चिकित्सले मात्र जाँच गर्ने गर्दथे तर अहिले विस्तारै यो प्रचलनमा परिर्वतन आइरहेको छ । रोग अनुसारको विशेषज्ञ चिकित्सक कँहा जाने गरिएको पाइन्छ । जस्तै हडिड् मा समस्या आयो भने वा हडिड् मै पनि धेरै विभाजनहरु छन् स्पाइनल , जोर्नी सम्बन्धी छुट्टै विशेषज्ञहरु छन् त्यस्तै मध्ये ह्यान्ड सर्जरी पनि एउटा भाग हो ।
ह्यान्ड सर्जरी पनि छुट्टै विषय वा उपचार हो भनेर नेपालमा कतिपयलाई थाहा छैन र हातमा कुनैपनि समस्या आउँदा ह्यान्ड सर्जनलाई नै देखाउनु पर्छ भन्ने जनमानसमा चेतनाको विकास भइसकेको छैन । त्यसकारण मानिस अस्पताल आउँदा शुरुको अवस्थामा नआएर दोस्रो चरण वा कुनै चिकित्सकिले ह्यान्ड सर्जनलाई नै देखाउनु पर्छ भनेर पठाएपछि मात्र बिरामी अस्पताल आउने गरेका छन् जसको कारण उनिहरुको उपचार सतप्रतिशत प्रभावकारी नहुन पनि सक्छ । तर सकेसम्म बिरामीको उपचार पहिलो पटक आफैले गर्न पाए भने राम्रो हुन्थ्यो ।
हाम्रो उद्देश्य भनेको बिरामीको क्वालेटि अफ लाइफ राम्रो बनाउने र जुन काम पहिले गरिरहनु भएको थियो त्यो काम गर्न सक्ने अवस्थामा ल्याउनु ह्यान्ड सर्जनको दायित्व हो ।
(हाडजोर्नी विशेषज्ञ तथा ह्यान्ड सर्जन डा. श्रेष्ठ ब्लु क्रस अस्पतालमा कार्यरत छिन् )