काठमाडौं- सुरक्षित मातृत्व भन्नाले महिलाहरुले गर्भवती हुने वा नहुने भन्ने कुरा छान्न पाउने अधिकार , यदि गर्भावस्थाका कारणले देखिने जटिलताहरुको रोकथाम र उपचारका लागि सेवा पाउने अधिकार , गर्भ , प्रसव र सुत्केरी अवस्थामा उचित स्याहार पाउने अधिकार तथा सुरक्षित रुपमा प्रसूति हुने , स्वास्थ्य शिशु जन्माउने र सुत्केरी अवस्थामा उत्पन्न हुने जटिलताबाट बचाउने सुत्केरी गराउने दक्ष प्रसुतिकर्मीको सेवा उपलब्ध हुने अधिकार सुनिश्चित हुने वातावरणको सृजना हुनलाई बुझाउँदछ । नेपालमा सुरक्षित मातृत्व कार्यक्रमको शुरुवात सन् १९९७ बाट भएको हो ।
गर्भावस्थाका खतराका लक्षणहरुः
योनीबाट थोरैमात्रामा पनि रगत बगेमा
हात वा अनुहार सुन्निएमा
कडासँग तल्लो पेट दुखेमा
आँखा तिरमिराएर धमिलो देख्ने भएमा
हात गोडा अररो भई काम छुटेमा वा मुर्छा परेमा
गर्भवति महिलाको टाउको धेरै दुखेमा
प्रसवको समयमा देखा पर्ने खतराका लक्षणहरु :
आठ घण्टाभन्दा लामो सुत्केरी व्यथा लागेमा
पहिला हात, गोडा वा सालनाल निस्केमा
हात गोडा अररो भई काम छुटे वा मुर्छा परेमा
बच्चा जन्माउनु अघि वा बच्चा जन्मिसकेपछि पनि धेरै रगत बगेमा
सुत्केरी अवस्थामा देखा पर्न सकने खतराका लक्षणहरुः
ज्वरो आएमा
योनीबाट गन्हाउने पानी बागेमा वा तल्लो पेट दुखेमा
धेरै रगत बगेमा वा चोक्टा चोक्टा रगत बगेमा
टाउको दुखेमा
सुत्केरी जाचँ
पहिलो पटक शिशु जन्मेको २४ घण्टा भित्र , दोस्रो पटक ३ तिन दिनमा र तेस्रो वा अन्तिम पटक शिशु जन्मेको ७ दिनभित्रमा सुत्केरी जाचँ गराइसक्नु पर्छ ।