लुपस बाथ एक प्रकारको अटोइम्युमन रोग अर्थात् शरीरको प्रतिरोधक क्षमतामा गडबडी हुने रोग हो। शरीरको रोग निरोधक शक्तिले शरीरलाई हानि गर्ने कीटाणु र खराब कोषलाई नष्ट गर्छन्। जब शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको स्वस्थ कोषलाई असर गर्न थाल्छ, त्यतिबेला लुपस हुन थाल्छ।
लुपस एउटा स्वतः प्रतिरक्षा (अटोइम्युन डिजिज) सम्बन्धी रोग हो । यसले शरीरको कोष, तन्तु, आदिलाई हानीनोक्सानी पुर्याउने काम गर्छ । यो नसर्ने रोग हो, तर क्यान्सर भने होइन । यो पुरुषमा भन्दा महिलामा बढी हुन्छ । प्रायःजसो महिनावारी शुरु हुने उमेर १४ वर्षदेखि महिनावारी सुक्ने ४४ वर्षसम्मका महिलामा हुन्छ । लुपस नेपालमा मात्रै नभई अमेरिकामा समेत १.५ मिलियनमा देखिएको छ । लुपस बाहिरबाट सर्ने रोग होइन । शरीरमा रोगसँग लड्ने क्षमता ((एन्टिबडिज) ले शरीरको प्रतिरक्षा गर्नु पर्नेमा उल्टै घातक बन्ने अवस्था लुपस रोग हो । किशोरीहरूमा महिनावारी सुरु हुने बेला यदि इन्सटरोजन हर्मोन बढी मात्रामा उत्पादन भए पनि लुपस हुनसक्छ । तर अझै यसको कुनै ठोस प्रमाण भने फेला परेको छैन । लुपस पुरुषको तुलनामा महिलामा ९ गुणा बढी हुन्छ । घरमा कसैलाई लुपस छ भने दिदीबहिनीमा ५ देखि १५ प्रतिशतले हुन सम्भावना हुन्छ ।
यो रोग युवा अवस्थामा तथा महिलामा सुरु भई लामो समयसम्म रहने दीर्घकालीन रोग हो। यो पुरुषको तुलनामा महिलालाई ९ प्रतिशत बढी हुन्छ। महिलाको शरीरमा हुने स्ट्रोजन हर्मोनको कारण महिलामा बढी लाग्ने गर्छ। यो रोग एसियामा प्रति १ लाखमा २५ जनामा देखिने गरेको छ।
लुपस विभिन्न प्रकारका छन्
1) स्यस्टेमेटिक लुपस
2) एरिओमाटिसस लुपस
3) कुटानियस लुपस
4) डिले लुपस
5) निओनेटल लुपस
यसका लक्षण
यो रोग लागेमा हातका जोर्नीै दुख्ने, छालामा पुतली आकारको दाग आउने, मुखमा घाउ आउने, चिलाउने, खटिरा आउने, घाममा बाहिर निस्कन गाह्रो हुने, केस झर्नेजस्ता लक्षण देखिन्छन्। शरीरको परिपक्व र आवश्यक कोष नष्ट भई रक्तकोषिकाको कमी हुने, मिर्गौलामा असर गर्ने, टाउको दुख्ने, धेरै सोचाइमा पर्ने, छारे रोग लाग्ने, कुनै कुराको निर्णय छिटो लिन नसक्ने, घरिघरि रिस उठ्ने, आँखा रातो तथा सुक्खा हुने, मुटु रोग लाग्ने, मुटुको बाहिरी भाग र फोक्सोमा पानी जम्ने, अल्छीपना हुने, तौल घट्नेजस्ता समस्या हुन्छन्।
लुपस लाग्ने कारण
1) धुलोधुँवा, एलर्जी, चिन्ता, किटनासक औषधिको सम्पर्क, विषादी, दुषित बातावरण तथा महिलामा हर्मोनको गडबडी । 2) पारिवारिक इतिहासले पनि लुपस हुनसक्छ ।एक अनुसन्धानले ५० प्रतिशत लुपस वंशानुगत कारण हुने जनाएको छ । 3) शरीरमा हर्मोन असमामान्य थपघटका कारण पनि लुपस हुनसक्छ । जस्तंै इसटोजेन हर्मोन कम बढी भएमा ।
4) चिकित्सकको एक अनुसन्धान रिर्पोटमा संक्रमण साइटोमेगालो भाइरस, इप्सटेइन र हेपाटाइटिस सीको कारणले पनि लुपस हुनसक्ने उल्लेख छ ।
5) लामो समयसम्म केही औषधि सेवन गर्दा पनि लुपस हुनसक्छ ।
6) खानामा आत्यधिक नुन, चिल्लो पदार्थको प्रयोगले पनि लुपस हुन सक्छ ।
7) मिर्गाैलामा नेफ्राइटिसको कारणले गर्दा मिर्गाैला विफल पनि हुन सक्छ ।
कसरी रोग पत्ता लगाउने
यो रोग उपचारको लागि वाथरोगमा दक्षता हासिल गरेका वाथ रोग विषेयज्ञद्धारा लक्षणको आधारमा निम्न परिक्षणको मदतले रोगको अवस्था पहिचान गर्न सकिन्छ ।
१. रगत जाँच
२. पिशाबको जाँच
३. छातिको एक्सरे
४. मुटुकोे इको
५. मृर्गौला जाँच
उपचार पद्धति
यो रोगको उपचार व्यक्तिअनुसार फरक फरक हुन सक्छ । यो रोगले कुन कुन अंगलाई असर गर्छ भन्ने थाहा हुँदैन र जुन अंगलाई असर गर्छ त्यही अनुसार रोगको उपचार गरिन्छ । यो रोग धेरै जसो बिरामीलाई हाइड्रोअक्सिक्लोक्विन वा क्लोरोक्विन नामक औषधि प्रयोग गर्ने गरिन्छ । लुपसका बिरामी जसको मुटु , कलेजो, मिर्गौला र नशाहरूमा असर गरिएको अवस्थामा ग्लुकोकोर्टिक्सोइड्स र अन्य इम्युन सप्ररेसिभ औषधि एजाथियोप्रिन, माइसोफोनोलेट मोफेटिल, साइक्लोफोस्फेमिड, रिटुमिक्मेड, आदि औषधिद्वारा उपचार गरिन्छ ।
लुपसबाट बच्ने उपयोगी आहार
खान हुने खानेकुरा
- कुखुराको छाला निकालेको मासु, माछा, टुना, सालमोन माछा, सामुन्द्रिक माछा ।
- क्याल्सियमयुक्त खानेकुरा ।
- चिज, तोफु, गेडागुडी, सोयाबिन, पालुङ्गो, कर्कलो, फर्सीको मुन्टा, ब्रोकाउली, गाढा रङको तरकारी, साग आदि । *)भिटामिन डी तथा क्याल्सियमयुक्त भोजन ।
- तौल सन्तुलन राख्ने, लसुनको प्रयोग नगर्ने, लसुनमा हुने एलिसिन, एजोइन, तथा थिओसुफिनेटस एमिनो एसिडले इम्युन सिस्टमलाई बढी मात्रामा उत्पादन गर्छ र लुपसमा हानी पुर्याउँछ । सेतो आलु, भन्टा, मरिच, ठीक मात्रामा खाने, नुन कम गर्ने, धुम्रपान, मधपान नगर्ने ।
- खानेकुरा पकाइसकेपछि मात्रै नूनको प्रयोग गर्ने । कम पोटासियम भएको तरकारी, फलफूल खाने ।
- क्याल्सियम तथा भिटामिन डीयुक्त खानेकुरा खाने ।
- दुध, मोही, दही, सोयाबिन, तोफु, सोयामिल्क, विभिन्न प्रकारका अन्न, अण्डा आदिको सेवन चाहिने मात्रामा गर्ने । *)फलफूलमा भिटामिन सीयूक्त सुन्तला, मौसम, सुन्तलाको जुस, भुईकटहर, आदि खाने ।
- तरकारी तथा सागपातमा पालुङ्गो, ओखरा, तरुल सेतो सिमी, माछा, टूना, च्याउँ, आदिको सेवन गर्ने ।
खान नहुने खानेकुरा
- रातो मासु, खसी, राङाको, मासु, मैदाबाट बनेका खानेकुरा, चाउचाउ, मम, पिज्जा, पाकेटको खानेकुरा, आइस्क्रिम, धेरै पटक प्रयोग गरेकोे तेलको आदि ।
- धेरै समयसम्म फ्रिजमा राखेको खाने कुरा ।
- विषादी प्रयोग गरेकोे खानेकुरा, बासी खाना आदिको प्रयोग ।
- शारीरिक क्रियाकलाप कम गर्ने, इनेर्जी लिने तर बर्न नगर्ने आदिको कमी ।
ध्यान दिनु पर्ने कुरा
-यो रोग लागेमा विरामीहरूले घाममा जानु हुँदैन । जानै परेमा सन्सक्रिमको प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउनु पर्दछ ।
-सक्रिय जीवनका लागि नियमित व्यायाम गर्न जरुरी छ ।
-यो रोग लागेका विरामीलाई निमोनिया तथा फ्लू विरुद्धको खोप लगाउनु पर्दछ ।
-चिकित्सकको सल्लाह अनुसार समय समयमा जाँच गराउनु पर्दछ ।
-यो रोग लागेका महिलाहरूमा गर्भपतन हुने सम्भावना अधिक हुने भएकाले गर्भवती महिलाहरूलाई लुपस रोग नियन्त्रणमा आएको छ महिनापछि मात्र गर्भवती हुन सल्लाह दिइन्छ । साथै, एक पटक गर्भवती भइसकेपछि नियमित चेकजाँच गराउनुका साथै समय समयमा औषधीकेा सेवन गर्नुपर्ने हुन्छ ।