काठमाडौं- कुनै- कुनै शिशुहरु समय नपुगि जन्मिएका हुन्छन् । समय नपुगि जन्मेका शिशुको सम्पर्कमा जादाँ स्यानिटाइजर लगाउने वा साबुन पानिले राम्ररी हात धुने गर्नुपर्छ ।
ख्याल गर्नु पर्ने अन्य कुराहरु:
नियमित खोपहरु लगाउने,
शिशुलाई न्यानो पारी राख्नुपर्छ,
उतानो पारेर सिरानी नराखि सुताउनुपर्छ,
सुरुवाती महिनामा शिशुलाई सार्वजानिक स्थलमा लैजानुहुदैन,
भिटामिन डि सहितको मल्टि भिटामिन, आइरन, क्याल्सियम शिशुको वृद्धि विकासको लागी अपरिहार्य छ । साथै अन्य पोषक तत्व चिकित्सकको सल्लाहमा दिनुपर्छ,
घरमा आमासँग स्किन टु सिकन कन्ट्याकमा राख्ने अभ्यास गर्नुपर्छ,
समस्या परेको समय बाहेक अन्य समयमा पनि सम्बन्धित बाल रोग बिशेषज्ञकोमा नियमित फलोअप, चेकअपमा जानुपर्छ,
समय नपुगि जन्मेका शिशुको हेरचाहमा अझ धेरै सावधानी अपनाउनुपर्ने भएकाले अभिभाबक पनि स्वस्थ्य र चुस्त दुरुस्त हुन जरुरी छ,