काठमाडौं- निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.धनगढीले यहि साउन २४ गतेदेखि ३० गतेसम्म मृगौला तथा मुत्ररोग सम्बन्धी निः शुल्क चेकजाच गरिरहेको छ
हस्पिटलले साउन १ गतेदेखि मृगौला तथा मुत्ररोग सम्बन्धी फुलटाईम सेवा डा. प्रज्ञान ख्वाउजुद्वारा सुरु गरेको थियो । मृगौला तथा मुत्ररोग सम्बन्धि दैनिक चेकजाँचका क्रममा मृगौला,मुत्रनली,मुत्रथैलीको पत्थरी तथा संक्रमण भएका र प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामिहरुको संख्या धेरै रहेको डा. प्रज्ञान ख्वाउजुले बताए ।
यस क्षेत्रमा पिउनका लागी प्रयोग हुने पानीको खराबीका कारण मृगौला तथा मुत्ररोग सम्बन्धि बिरामिहरुको संख्या बढी भएको हुनसक्ने डा. प्रज्ञानले बताए ।
२४ साउन देखि ३० गतेसम्म संचालन हँुने शिविरमा मृगौला तथा मुत्ररोग शल्य चिकित्सक डा. प्रज्ञान ख्वाउँजूद्धारा चेकजाँच गरिने हस्पिटलले जनाएको छ ।
हस्पिटलका अनुसार शिविरमा मृगौलाको संक्रमण र पत्थरी, पिसाबनलिको संक्रमण र पत्थरी, पिसाबथैलिको संक्रमण र पत्थरी , र प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामिहरुलाई सम्पुर्ण उपचार तथा शल्यक्रिया सेवा दिईने छ ।
चेकजाँच शिविरमा शल्यक्रिया तथा प्रयोगशाला परीक्षण गर्नु परेमा शल्यक्रिया शुल्कमा ३०प्रतिशत छुट र प्रयोगशाला परीक्षणमा २५ प्रतिशत छुट दिने हस्पिटलले जनाएको छ ।
शिविरमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म चेकजाँच गरीने छ । मृगौला तथा मुत्ररोग सम्बन्धि चेकजाँच र अप्रेसन अलि खर्चिलो हुने भएकाले आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले विशेष छुट सहितको निस्शुल्क चेकजाँच शिविर आयोजना गरिएको हस्पिटलले जनाएको छ ।
हस्पिटलले समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै शिविर तथा छुट योजना गरिरहेको हुन्छ । हाल हस्पिटलमा फुलटाईम विशेषज्ञ सेवा अन्तर्गत जनरल मेडिसिन (पेट, मुटु, छाती) फिजिसियन सेवा, नवजात शिशु तथा बालरोग सेवा, स्त्री तथा प्रसुती सेवा, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा, मानसिक तथा नसारोग सेवा, हाडजोर्नी तथा नसारोग सेवा, एनेस्थेसिया तथा क्रीटिकल सेवा, मुख अनुहार तथा बङ्गारा सम्बन्धि सेवा, न्युरो ट्रमा मस्तिष्क नसा तथा मेरुदण्ड सम्बन्धि सेवा, छाला सौर्न्दर्य तथा यौनरोग सेवा, नाक कान तथा घाँटी रोग सेवा, मृगौला तथा मुत्ररोग सेवा, रेडियोलोजी ९भिडियो एक्स(रे, सिटि स्क्यान० सेवा लगायत आईसियु, एनआईसियु, भेन्टिलेटर सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।