प्राचिन समय जतिबेला डाक्टर थिएनन, अस्पताल हुने कुरै भएन । त्यो समयको कुरा हो झाँक्री चलन मानौ त्यति बेला झाँक्री त्यो बेलाको एउटा ब्यबस्था को अँग नै हो । सँस्कारका कतिपय पूजाहरु झाँक्रीले नै गर्ने गर्दथे । रोग का उपचार पनि पनि झाँक्रीले नै गर्दथे । अरु त के कुरा चोर समाउने काम सम्म झाँक्रीले नै गर्दथे ।
रोग लाग्नु का कारण देवी देउता, सिमे भुमे रिसाउनु । उनिहरुको बासस्थान वरपर फोहरमैला दिशा,पिसाब गरिदिनु हो भन्ने मान्यता थियो त्यतिबेला पनि । त्यसकारणले जानि नजानि त्यतिबेला पनि मान्छे बिमारी फोहरकै कारण हुन्छ भन्ने थियो । त्यसकारण पानीको धारा, कुबा, खोला बरपर देबीदेउता को थान छ भन्दथे र दिशा पिसाब गर्दैनथे । किन कि उनिहरुले पानीको धारा, कुबा, खोलावरपर पर दिशापिसाब गरेको केहि समय पछि बिमारीहुने गर्दथिए । उनिहरुलाई लाग्दथ्यो देबताको थान वरिपरि फोहर गरेको ले देवतारिसाएर बिमारी गराए ।
झाँक्रीले देवता सँग कुरा गर्न सक्छन भुत,बर्तमान र भबिस्य सबै जान्दछन भन्दथे । उनिहरुले बिमारी परे पछि झाँक्री बिधि बाट उपचार गर्दथे । उनिहरुले झारफुक गरे पछि मान्छे मा एककिसम को मैले रोग को उपचार गरे भन्ने आत्मबिश्बास को बिकास हुन्थ्यो र रोग प्रतिरोधात्मक शक्तिको बिकास भै रोग सन्चो हुन्थ्यो । सँयोग र आत्मबिश्बास ले बाँचेका थिए, साँच्चै भन्ने हो भने त्यो जमनाको मान्छे । बिस्तारै यहि झाँक्रीहरुले नै जडीबुटी, स्थानिय झारपातलाई नै औषधीको रुपमा प्रयोग गर्न थाले पछि गएर यो पेशा कै रुपमा स्थापित भयो । बैद्यको नामले औषधी बनाउने र रोग को उपचार गर्ने आयुर्बेदिक औषधालयहरु समेत बने ।
मानसिक रोगहरुको कुरा गर्ने हो भने, कुनैपनि कडा खालको मानसिक रोग लाग्दा सर्व प्रथम धामी झाक्रीलाई देखाउने र धामीको सल्लाह अनुसार विभिन्न उपचार विधि गर्ने चलन करिव करिव ९५ प्रतिशत परिवारमा छ होला । किन कि अस्पताल, क्लिनिकमा रोग जचाउन आउने शत प्रतिशतले नै धामी झाक्री लाई देखाएर, झारफूक गराउने र जन्तर लगाउने गरि सकेका हुन्छन । आजकल कतिपय धामीहरुले अव अस्पतालमा गएर उपचार गरे औषधीले काम गर्छ भन्ने समेत गरेका छन, जसलाई सकारात्मक परिवर्तन भन्नु पर्छ किनकि विरामीले आधुनिक चिकित्साको फाइदा लिन पाउछन ।
चाहे गाँउ घरमा होस या शहरमा धामी झाक्रीलाई, देखाउने, ज्योतिषलाई देखाउने, पूजा आजा गरेर ग्रह शान्ती गर्ने, घाँटीमा या हातमा जन्तर वाध्ने चलन छ। यस्तो विश्वास र चलन सदियौ देखि चल्दै आएकोले, यसको आफ्नै खालको महत्व पनि छ। कतिपय मानसिक स्वास्थ्य समस्याहरु विभिन्न पारिवारिक र सामाजिक समस्याहरुवाट उत्पन्न भएका हुन्छन । त्यस्तै आफु भित्रैवाट उत्पन्न हुने शंखा, डर, नकारात्मक सोचाईवाट पनि केहि मानसिक रोगहरु देखिन सक्छन। आफुभित्र देखिएका इच्छाहरु, अकांक्षाहरु र जान अनजानमा भएका गल्तीहरुले दिने मानसिक तनावका कारण पनि केहि मानसिक स्वास्थ्य समस्याहरु देखिन सक्छन । पश्चिमी देशहरुमा यस्ता स्वास्थ्य समस्याहरुलाई साइकोथेरापी (Psychotherapy) को विधिवाट उपचार गरिन्छ । क्लिनिकल साइकोलोजीस्टहरुले विरामीसंग कुरा गरि रोग उत्पन्न गराउने कारण वा मानसिक तनाव पत्ता लगाई, त्यसलाई व्यवस्थापन गर्ने तरिकाहरु सिकाउछन, शरीर र मनलाई रिल्याक्स गर्ने तरिकाहरु सिकाउछन र रोगको उपचार गर्छन ।
नेपालमा स्वास्थ्य सेवाको पहुँच राम्रो छैन, त्यसमा पनि मानसिक स्वास्थ्यको कुरा गर्दा, यो त धेरै पछाडी छ। मानसिक स्वास्थ, मानसिक अस्पताल र मानसिक रोग भन्ने वित्तिकै प्राय मानिसहरु डराउछन र मेरो दिमाग के भएको छ र भन्ने गर्छन । तर उनीहरु धामी झाक्रीलाई देखाउन पर्यो , वा झारफूक गर्नु पर्यो भने खुशी साथ जान्छन र सर सल्लाह मान्छन । कतिपय यस्ता रोगहरु छन जुन विश्वास कै भरमा पनि निको हुन सक्छन, खास गरेर मानसिक तनावका कारण वा नराम्रो रोग छ कि भनेर कल्पना गरेर चिन्तै चिन्ताले निकालेका रोगहरु धामी झाक्रीले सजिलै निको पार्दछन । धामी झाक्रीले रोगको कारण वताइदिन्छन र त्यो कारणलाई हटाउने व्यवस्था पनि गरिदिन्छन, विरामीले ति काल्पनिक कारणको विश्वास गर्छन, रोग हराउछ । अर्थात नेपालमा धामी झाक्रीले गर्ने कामलाई एक प्रकारको साइकोथेरापी मान्न सकिन्छ जसले विरामीको मन शान्त गर्छ, चित्त बुझाई दिन्छ र ठिक हुन्छ भन्ने ग्यारेन्टी समेत दिएको हुन्छ । हुन पनि कति मानसिक स्वास्थ्य समस्याहरु परिवारमा हुने गरेका पक्षपात, दवाव, कामको वोझ, श्रीमान/श्रीमती विचको अनमेल, यौन सम्वन्धी समस्याहरु, छोराछोरी नहुनु या छोराछोरीले दिने समस्याहरु, पठन पाठनमा समस्या र स्कुलमा हुने विभिन्न समस्याहरुले विभिन्न मानसिक स्वास्थ्य समस्याहरु दिइराखेका हुन्छन । यी विभिन्न समस्याहरु केहि समयका लागी भएपनि कम भए भने रोगका लक्षणहरु पनि कम हुन्छन ।
हामी आध्यात्मिकताका कुरा गर्दै थियौ । आफ्नो आस्था, धर्म र विश्वासको आधारमा करिव करिव सवैले ईश्वरमा विश्वास गर्छन वा धर्म स्थापना गर्ने गुरुलाई ईश्वरको रुपमा पुजा गर्छन । त्यस्तै धेरैले पृथ्वी, स्वर्ग, नर्क र मृत्यु पछि भोग्नु पर्ने कुरामा विश्वास गर्छन । मन्दिर, गुम्वा मस्जिद तथा चर्चमा गएर प्रार्थना, पूजा गर्ने वत्ति वाल्ने चलन पनि आफ्नो आस्था र विश्वास कै कारण हो ।
विरामी तथा विरामीको परिवारमा आध्यात्मीक विश्वास कस्तो छ, परमात्मा प्रतिको सोचाई के छ, रिति रिवाज के छ आदि हरेक कुराको ध्यान उपचार गर्ने चिकित्सक तथा साइकोथेरापी काउन्सेलीङ गर्ने साइकोलोजिस्टले ध्यान राख्नु पर्ने हुन्छ । आध्यात्मिकता, धर्म, आस्था, विश्वाश, ईश्वर, परमात्मा भुत प्रेत, लागो आदि सवै व्यर्थका कुरा हुन भनेर कुनै चिकित्सक वा साइकोलोजिस्टले भन्छ भने उ उपचार गर्न सफल हुदैन। आफ्नो आस्था र विश्वास आफ्नै ठाउँमा छदै छ, विरामीको तथा उनका परिवारको आस्था र विश्वासलाई कुनै नकारात्मक प्रभाव नपर्ने गरी उपचार गर्नु उपयुक्त हुनेछ ।
यस्तै गरेर आजकल विभिन्न सन्तहरुले अनेक किसिमका रोगहरु, ध्यान विधिहरु, पुजा/अर्चना गर्ने तरिकाहरु, टेलिभिजनको माध्यमवाट र विभिन्न सिविरहरु आयोजना गरेर सिकाउने गर्नुहुन्छ । योग र ध्यानमा तालीम प्राप्त शिक्षकहरु द्वारा प्रत्येक सहरमा इच्छुक व्यक्तिहरुलाई ध्यान गर्ने तरिका सिकाउने समेत गर्नुहुन्छ । धेरै मानसिक स्वास्थ्य समस्याहरु यी ध्यान विधिवाट निको हुन्छन भन्ने प्रचार प्रसार पनि निकै छ । मानसिक स्वास्थ्य समस्या लिएर उपचार गराउन आउने विरामीले कुनै ध्यान विधि गरि रहेको पनि हुन सक्छ त्यसप्रति पनि उपचार गर्ने चिकित्सकले विचार गर्नु पर्छ।
केहि कडा खालका मानसिक स्वास्थ्य समस्याहरु जस्तै मानसिक असन्तुलन, कडा खालको डिप्रेसन, मदिरापानको लत आदिमा औषधी उपचार नै गर्नुपर्छ, यस्ता विरामीले ध्यान गर्न पनि सक्दैनन र उपचार गरेर रोग नियन्त्रणमा आएपछि मात्र यस्ता योग वा ध्यान गर्ने तर्फ सोचाई राख्न सकिन्छ ।
योग, ध्यान, पूजा/अर्चना, प्रार्थना आदि उपचारको साथ साथै जान सक्ने तरिकाहरु हुन। तालिम प्राप्त शिक्षकद्वारा सिकाइएको ध्यान विधि गर्ने र औषधी पनि साथ साथै सेवन गर्न पनि कतिपए मानसिक रोगहरुमा सकिन्छ । कडा खालको मानसिक रोगमा ध्यान गर्दा केही विरामीहरुले डर लागेको र मन आत्तिएको अनुभव सुनाउने गर्नु भएको छ, यदि आफुलाई असजिलो हुन्छ भने त्यस्तो ध्यान नगर्दा हुन्छ । किन त्यस्तो हुन्छ भन्ने वारे आफुलाई सिकाउने शिक्षकले भन्न सक्नु हुनेछ । ध्यान गर्ने तरिका नमिले पनि त्यस्तो हुन सक्छ ।
मानवीय चेतनामा उल्लेखनीय वृद्धि भए तापनि आम मानिसको सोचमा कुनै परिवर्तन आएको छैन । सरकारी अस्पतालमा जाच गर्ने चिकित्सक र निजी क्लिनीकमा जाच गर्ने चिकित्सक एकै व्यक्ति हुदा पनि आममानिस निजी क्लिनीकलाई बढी प्राथमिकता दिने गर्छन् । आम मानिसको धारणामा निजी क्लिनीकमा जाच गराउदा रोग निको हुने र सरकारी अस्पतालमा जाच गराउदा रोग सन्चो नहुने । रोग पत्ता लगाउन धेरै समय लगाउने चाडो सन्चो नहुने जस्ता भ्रामक वुझाइले गर्दा मानिसहरु प्राइभेट क्लिनीक र अस्पताल तर्फ जाने गरेमको पनि पाइन्छ । आफ्नो प्रतिष्ठाको लागी भनेर सरकारी अस्पतालमा नगएर कतिपय विमरामहिरु क्लिनीकहरुमा जाने गरेका पनि देखिएको छ । कतिपय कुरामा अस्पताललाई मात्र दोष दिने तर आफ्नो सोचलाई परिवर्तन नगर्ने प्रचलन हाम्रो छ ।
कुनैपनि रोगको उपचार भनेकै रोग लाग्नु भन्दा पहिले सजगता अपनाउनु नै ठूलो उपचार हो । हामीले स्वास्थ्य रहनकोलागी खानपिन आहारा र ब्यवहारमा परिवतएन ल्याउन जरुरी छ । जीवनलाई सुखद र स्वास्थ्यपूर्ण बनाउन सबैभन्दा पहिला आफ्नो सोचमा परिवर्तन ल्याउनु जरुरी छ । यदि तपाईंको दिनचर्या यान्त्रिक प्रकृतिको छ भने तपाईंमा अनेकौं समस्या देखिन सक्छन । दिनभर कामको थकान, अव्यवस्थित खानपिनले असर गरिरहेको हुनसक्छ । तपाईंकालागि शारीरीक अभ्यासको समय पनि नहुन सक्छ । मानसिक पीडा र डिप्रेसनले छोप्यो भने त झन तपाईंलाई ठूलो समस्या पर्दछ । काम, सम्बन्ध, पैसा, सिर्जना, अध्यात्म र खुसीजस्ता विषयबीच तालमेल छैन भने तपाईंको अस्तित्व पनि सन्तुलनमा हुँदैन । रोग लाग्ने खतराबाट मुक्त हुनकालागि सबैभन्दा अचूक मन्त्र हो व्यायाम । यसकालागि शारीरिक अभ्यासका विभिन्न तरिका अपनाउन सकिन्छ । स्वस्थ हुन आफ्नो क्यालोरी खर्च गर्न विभिन्न खेल पनि खेल्न सकिन्छ ।
खानामा ध्यान दिँदा मात्र पनि तपाईंको स्वास्थ्य गतिलो हुनसक्छ । एउटै खानामा सम्पूर्ण पौष्टिकता पाईँदैन । कसैलाई प्रोटिन मन पर्छ, कसैको शरीरले मासु पचाउँदैन । व्यक्ति पिच्छे शरीरको प्रकृती पनि फरक हुन्छ । केही खाँदा शरीरले प्रतिक्रिया कस्तो दिन्छ, त्यसलाई बुझेर खाना खानु पर्दछ । अर्को कुरा, दिनको तीनपटक हरियो सागपात र फलफूल खानुहोस । यसले शरीरको प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । त्यतिमात्र होइन गेडागुडी, फाइबर र मासुमा पनि ध्यान दिन सकियो भने स्वास्थ्य रहन सकिन्छ । स्वस्थ जीवन कायम गर्न निरन्तर लागि पर्नुपर्छ ।
सफल उपचारको लागी विरामी र विरामीका परिवारको विश्वास आवश्यक पर्छ र त्यसका लागी विरामी र उनको परिवारको आस्था र विश्वास प्रति ध्यान दिनु महत्वपूर्ण हुन्छ । आजकल तनाव घटाउने र विभिन्न रोगहरु वाट वच्ने उदेश्यले योग र ध्यान गर्ने चलन निकै प्रचलित छ र यो क्रम वढदै पनि छ । मानसिक समस्याहरु घटाउन र उपचारमा सहयोगीको रुपमा पनि विभिन्न ध्यान गर्ने तरिकाहरु प्रचार प्रसारमा छन । उपचारको क्रममा यी कुराहरुलाई महत्व दिनु उपयुक्त हुने छ ।