काठमाडौं- नेपाल क्यान्सर सरभाईबरस सोसाइटीको चौथो साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
३० साउनमा प्रमिता खनालको अध्यक्षतामा नेपाल क्यान्सर सरभाईबरस सोसाइटीको चौथो साधारण सभा सम्पन्न भएको हो । नेपालमै पहिलो पटक क्यान्सर विजयीहरुद्धारा क्यान्सर विजयीहरुको मनोबल उच्च बनाउँनका लागि र क्यान्सर रोगबारे जनचेतना फैलाउने उदेश्यका साथ बिगत केहि वर्ष देखि यो संस्था संन्चालनमा ल्याइएको हो ।
६८ जना भन्दा बढि क्यान्सर विजयीहरु आबद्ध रहेको यस संस्थामा महिलाहरुको सहभागिता बढि रहेको छ ।
कार्यक्रममा बोल्दै सरभाईबरस सोसाइटीको अध्यक्ष प्रमिता खनाल भन्छिन् 'क्यान्सर रोगको उपचार गराइ रहेका हरुको लागि मनोबल उच्च बनाउँने उदेश्यका साथ यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।' कोभिड-१९ ले गर्दा क्यान्सर बिजयीहरु फलोअपका लागि अस्पताल जना सकिरहेको अवस्था छैन यस्तो समयमा उनिको मनोबल उच्च बनाउनुका साथै केहि स्वास्थ्य समस्या छन् कि भनेर आज यस कार्यक्रममा मेडिकल अंक़ोलोजिस्ट डाक्टर अरुण शाही र मनोसामाजिक सल्लाहकार कपिल शर्मालाई प्रमुख अतिथिका रुपमा बोलाइएको उनले बताइन ।
विभिन्न किसिमको क्यान्सर रोग सम्बन्धि काम गरिरहेका विशेषज्ञहरुलाई उपस्थित बनाइ एक दुई महिनाको फरकमा यसरी नै क्यान्सर सरभाईबरस मिट गर्दै आइरहेको अध्यक्ष खनालले बताइन तर अहिले कोभिडले गर्दा भर्चुअलरुपमै कार्यक्रम गर्दै आइरहको उनको भनाई छ । यसरी सरभाईबरस मिट गर्दा धेरै नै प्रभावकारी हुने उनको दाबी छ ।
अध्यक्ष खनाल भन्छिन 'यसरी मिट गर्दा एक जना सरभाईबरले अर्को सरभाईबरसँग आफ्नो मनको कुरा खोल्न पाउँछन् । सबैका फरक फरक समस्याहरु हुन्छन् जुन समस्याहरु हामीहरु मिलेर समाधान पनि गर्ने गछौं ।' आफ्नो परिवार र चिकित्सक सँग पनि खोल्न नसकेका कुराहरु एकआपसमा साटासाट गर्दा क्यान्सर विजयीहरुमा थप उर्जा प्रदान हुँने उनले बताइन ।
कार्यक्रममा बोल्दै मेडिकल अंक़ोलोजिस्ट डाक्टर अरुण शाहीले नेपालमा पुरुषको तुलनामा महिलाहरुमा क्यान्सर रोग ढिलो पत्ता लाग्ने गरेको बताए। उनले भने 'महिलाहरुलाई कुनै पनि रोग लाग्यो भने ढिलो अस्पताल आउँने गर्छन ।' उनिहरुमा घरपरिवार छोरोछोरी सबैको जिम्मेवारी बहन गर्नु पर्ने हुनाले आफ्नो स्वास्थ्यको त्यति ख्याल नराख्ने र रोग लागेको थाहा पाउँदा पाउँदै पनि भोलि अस्पताल जान्छु भनेर घरमै बस्ने गर्नाले महिलाहरुमा क्यान्सर रोगमात्र नभएर अन्य रोगपनि ढिलो पत्ता लागि रहेको डा.शाहिको भनाइ छ ।
त्यस्तै डा.शाहिले क्यान्सर सरभाईबरहरुको मनोबल उच्च बनाउँदै शरीरमा कुनै पनि परिवर्तन आउँना साथ अस्पताल जान वा आफुलाई खबर गर्न बताए। उनले भने 'क्यान्सर रोग पनि अन्य रोग जस्तै समयमै थाहा पाउँन सके निको हुने रोग हो। शरीरमा असामान्यरुपमा कुनै पनि परिवर्तन आउँछ भने तत्कालै जाँच गर्नु पर्छ। क्यान्सर रोग कतिबेला कसलाई लाग्छ थाहा नै हुँदैन त्यसकारण सकिन्छ भने हरेक व्यक्तिले ६/६ महिनाको फरकमा स्किनिङ गर्नु पर्ने कुरामा डा.शाहिले जोड दिए ।
डा.शाहि यो माहामारीको समयमा क्यान्सरका बिरामी र विजयीहरुले अन्य समयमा भन्दा बढि ध्यान पुर्याउनु आवश्यक रहको जानकारी दिए ।
क्यान्सर सरभाईबरहरुलाई लक्षित गर्दै मनोसामाजिक सल्लाहकार कपिल शर्मा भन्छन् 'कुनै पनि रोगका जित्नका लागि सबै भन्दा पहिला मनोबल उच्च राख्नु नै हो । म यो रोगलाई जित्छु भनेर अठोट राख्नु नै हो रोगलाई जित्नु हो उनले भने ।' कुनै पनि व्यक्ति शरीरिकरुपमा जति स्वस्थ हुन आवश्यक छ त्यति नै मानसिकरुपमा स्वस्थ हुन पनि त्यतिकै जरुरी रहेको शर्माले बताए ।
सल्लाहकार शर्मा भन्छन् 'एदि कुनै पनि स्वस्थ्य व्यक्तिले मलाई कुनै रोग लागेको छ कि, ला म मर्छु कि, भनेर दिनरात सोच्छ भने पक्कै पनि त्यस्तो व्यक्तिलाई आधा रोग त लागि सकेको हुन्छ। त्यसकारण जहिले पनि हामीले स्वस्थ सोच राख्नु पर्ने हुन्छ ।'