काठमाडौँ । संसारमा महिलाका लागि आमा बन्दाको आनन्द सबै भन्दा असीम खुसीको लक्षण हो ।
गर्भावस्थामा ढाड दुख्नु , वाकवाकी लाग्नु , वान्ता हुनु, स्तन भारी हुनु गर्भावस्थाका प्रारम्भिक लक्षण हुन् । महिनावारी रोकिनु पनि गर्भावस्थाको एउटा प्रारम्भिक लक्षण हो । तर महिनावारी रोकिएको कति दिनसम्म पनि महिलालाई आफु गर्भवती भएको थाहा नपाउन सक्छन् ।
जबकी प्रत्येक महिलाहरुको लागि आमा बन्नु एउटा सुखद अनुभुति हो । त्यसैले, आफु आमा बन्न लागेको कुरा थाहा पाउन महिलाहरु सधै उत्सुक रहने । कतिपय महिला आफू आमा बन्न लागेको कुरा थाहा पाउन घरैमा पिसाबको परीक्षण गर्छन् । कतिपय मेडिकलमा गएर जाँच गर्छन् ।
जब एक महिला गर्भवती हुन्छन्, तब उस्ले सन्तुलित आहार पालना गर्नुपर्छ, तपाईंले खानु भएको खानालाई ध्यानमा राख्नु पर्छ ताकि तपाईंसँग कुनै पौष्टिक पोषणको अभाव नहोस्।
गर्भावस्थामा शिशुको विकास वा स्वास्थ राम्रो भएको वा नभएको गर्भमा रहेको शिशुको वजनबाट पत्ता लगाउन सकिन्छ। गर्भमा रहेको भ्रुणको वजन कम छ भने यसले भ्रुणसहित गर्भावस्थामा समेत समस्या निम्त्याउन सक्छ। त्यस्तै, गर्भावस्थामा हरेक महिलाले आफ्नो जीवनशैलीमा केहि सकारात्मक परिवर्तनहरू ल्याउनुपर्ने हुन्छ। जसले गर्दा भ्रुणको स्वास्थ विकासमा मद्दत गर्दछ। चिकित्सकको परामर्श अनुसारको आहार, हल्का व्यायाम गर्दा आमा तथा बच्चाको स्वास्थ हुनेगर्दछ। भ्रुणको विकास बुझ्न प्रायस् महिलाहरुले आफ्नो पहिलो भिडियो एक्सरे गर्भावस्थाको पहिलो तीन महिनामा गर्छन्। जसमा रेडियोलोजिस्टहरूले भ्रणको विभिन्न प्रकारको चेक जाँच गर्ने गर्छन् अनि त्यसैको आधारमा भ्रुणको तौल र गर्भको महिना निर्धारित गरिन्छ।
कुन हप्तामा भ्रणको वजन कति हुनु पर्ने ?
आठौँ हप्तामा १ ग्राम, नौं हप्तामा २ ग्राम, दशौँ हप्तामा ४ ग्राम, एघारौँ हप्तामा ४ ग्राम, बाह्रौं हप्तामा १४ ग्राम, तेह्रौं हप्तामा २३ ग्राम, चौधौँ हप्तामा ४३ ग्राम, पन्ध्रौँ हप्तामा ७० ग्राम, सोह्रौं हप्तामा १०० ग्राम, सत्रौं हप्तामा १४० ग्राम, अठारौँ हप्तामा १९० ग्राम, उन्नाइसौं हप्तामा २४० ग्राम, बीसौं हप्तामा ३०० ग्राम, एक्काइसौँ हप्तामा ३६० ग्राम, बाइसौं हप्तामा ४३० ग्राम, तेइसौं हप्तामा ५०१ ग्राम, चौबिसौं हप्तामा ६०० ग्राम, पच्चिसौं हप्तामा ६६० ग्राम, सत्ताइसौं हप्तामा ८७५ ग्राम, अठाइसौ हप्तामा १००५ ग्राम, उन्नतिसौं हप्तामा ११५३ ग्राम, तीसौं हप्तामा १३१९ ग्राम, एकतीसौं हप्तामा १५०२ ग्राम, बत्तीसौं हप्तामा १७०२ ग्राम, तेत्तिसौं हप्तामा १९१८ ग्राम, चौतिसौं हप्तामा २१४६ ग्राम पैतिसौं हप्तामा २३८३ ग्राम, छतिसौं हप्तामा २६२२ ग्राम, सैतिसौं हप्तामा २८५९ ग्राम, अट्तीसौं हप्तामा ३०८३ ग्राम, उनान्चालीसौं हप्तामा ३२८८ र चालीसौं हप्तामा ३४६२ ग्राम भ्रुणको वजन हुनुपर्ने हुन्छ।
गर्भावस्थामा भ्रुण वजन बढाउने केहि उपाय :
यदि बच्चाको वजन सामान्य तौल भन्दा कम छ भने यस्ता खानेकुरा आफ्नो भोजनमा समावेश गरे आमा तथा भ्रुणकोे विकास हुन मद्दत गर्दछ। खानामा सख्खरखण्ड, सबै प्रकारका दालको रस, सिमी, सुन्तलाको रस, दहि, हरियो साग सब्जी, अण्डा, दुध, कुखुराको मासु र सोयाबिन सामेल गर्दा आमा र बच्चा दुवैलाई लाभ हुनेगर्दछ।
गर्भवती महिला र शिशुको लागि अत्यन्त खतरा हुने निम्न क्रियाकलाप गर्नु हुँदैन:
- लागुपदार्थ, रक्सी, चुरोट आदि सेवन ।
- जथाभावी औषधि सेवन ।
- झैझगडा, तनाव, रिस, आवेग, डर, चिन्ता ।
- रेडियो विकिरण (एक्स रे) ।
- विषादि प्रयोग गर्ने काम ।