काठमाडौं- मुख सम्वन्धी रोगहरुको रोकथाम गर्न सकिने भएता पनि विश्वभरिका धेरै मानिसहरु यस रोगवाट प्रभावित भएका छन् । मुख स्वास्थ्यलाई विश्व स्वास्थ्य संगठनले मुख एवं अनुहारको दुखाई, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिजा सम्वन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुख सम्वन्धी रोगहरुबाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको छ । मुख स्वस्थ राख्नका लागि के गर्नुपर्छ ? मुख स्वास्थ्यले पार्ने प्रभाव र मुख स्वास्थ्य समस्याबाट बच्न के गर्ने भन्ने बारे दन्तरोग विशेषज्ञ तथा ओम समाज डेन्टलका सञ्चालक डाक्टर सुवास घिमिरेसँग महिला स्वास्थ्यकर्मी समृद्धा केसीले गरेको कुराकानीको केहि अंशः
साामान्य भाषामा मुख स्वास्थ्य भन्नाले के बुझिन्छ ?
मानिसको मुख सम्पूर्ण स्वास्थ्यको मूल ढोका हो । मुख भन्ने बित्तिकै प्रमुख द्धारका रुपमा लिइन्छ । मुख स्वास्थ्य भनेकै सम्पूर्ण शरीरको हेरचाह गर्ने हो वा मुख स्वास्थ्यले मुख्य गेटको रुपमा काम गरिरहेको हुन्छ ।
मुख स्वास्थ्य नै अस्वस्थ हुँदा मुटु रोग, पेट सम्बन्धि विभिन्न किसीमका रोग, मिर्गौलामा समस्या, गर्भवती महिला छन् भने बच्चा कमजोर भएर जन्मने, हाडजोर्नीको समस्या, उच्च रक्तचाप, मधुमेह र फोक्सोसम्बन्धी रोगहरु मुख स्वाथ्यलाई हेरचाह गर्न सकिएन भने लाग्छ ।
त्यस्तै जन्मेको बच्चाको तौल कम हुने देखि लिएर सम्पूर्ण शरीरको अनुगमन गर्ने काम गर्छ । त्यसकारण मुख स्वास्थ्यले दाँतको मात्र नभएर सम्पूर्ण स्वास्थ्यसँग सम्बन्धित रहेर ख्याल गर्ने नै मुख स्वास्थ्य हो ।
दाँत राम्रो सँग सफा नगर्दा के कस्ता समस्याहरु आउँन सक्छन् ?
राम्रो सँग ब्रस गरिएन वा दाँत स्वास्थयको हेरचाह गर्न सकिएन भने दाँत कमजोर हुने, गिजामा समस्या आउन सक्छ । यी समस्याहरु बढ्दै जादाँ दाँत हल्लिने, दाँत सड्ने, झर्ने, टुटो हुने , दुख्ने, सुनिन्ने विभिन्न प्रकारका घाउँहरुको विकास हुने हुन सक्छ । त्यस्तै यी समस्याहरु बढ्दै गएपछि दाँतहरु एकैनास नहुने र टोक्दा जोइन्टहरुमा पनि समस्याहरु आउँने हुन्छन्। यी समस्याहरुले साना देखि लिएर ठुला समस्याहरु निम्त्याउँने गर्छ ।
दाँतकै विषयमा कुरा गर्दा राम्रोसँग सफा नगर्दा संक्रमण हुने र रगतको माध्यम हँदै मुटु, टाउको हुदै शरीरका विभिन्न भागहरुमा ब्याक्टेरियाहरु जाने हुन्छन् । जसले गर्दा हार्टअट्याक हुने, टाउको दुख्ने, जोड्नीहरु दुख्ने वा ठुला ब्याक्टेरियाहरु रगतमा फैलिदा विभिन्न किसीमका समस्याहरु फैलाउदै जाने हुन्छ । समयमै मुखमा भएका समस्याहरुको परिक्षण नगराउँदा शरीरिक रोगले गाज्दै लैजाने गर्छ ।
मुख स्वास्थ्यमा हामीले कुन कुन अंगहरु समावेश गर्न सक्छौं ?
मुखमा आठवटा विद्याहरु रहेका हुन्छन् । मुख भन्नाले दात, जिब्रो, ओठको भित्रि भाग, गालाको भाग, तालुको भाग, पछाडिपट्टि झुन्डिएको नरममासुको भागलाई मुखको भाग भनेर बुझिन्छ । मुखले अनुहारलाई पनि जोड्ने गर्दछ । त्यसकारण यी सबै भागहरु मुख स्वास्थ्यमा पर्दछन् ।
मुख स्वास्थ्यमा समस्या आउँदा के-कस्ता लक्षणहरु देखिन्छन् ?
मुख स्वास्थ्य भन्ने बित्तिकै माथि उल्लेख गरेका भागहरु पर्ने गर्दछन् त्यसकारण ती सबै भागहरुमा देखिने समस्याहरुलाई हामीले उल्लेख गर्नु पर्ने हुन्छ ।
दाँतमा देखिने समस्या र लक्षणहरु
दाँतमा किरा लाग्नु,
खादा गाह्रो हुने,
चिसो तातो खादा दुख्ने वा समस्या देखिने,
गीजाबाट रगत आउँने,
मुख गन्हाउने,
विस्तारै दाँतमा समस्या बढ्दै जादा दुख्ने सम्म पनि हुन सक्छ ।
दाँग हल्लेको अनुभव हुने,
राती मुख चलाउने (दाँत किट्ने)
त्यस्तै मुख भित्र स–साना घाउँहरु आउँने हुन्छन् यी घाउँहरु १२-१३ दिनमा आफै ठिक भएन भने चिकित्सकलाई देखाउँनु पर्ने हुन्छ । एका तिरको दाँतको भागले मात्र टोक्न सक्ने भएमा बिस्तारै टाउको दुख्ने समस्याहरु निम्त्याउँन सक्छ ।
गिजाबाट रगत आउँने,
हाम्रो शरीरमा लाग्ने लगभग ९० प्रतिशत रोगहरु मुख स्वास्थ्य राख्दा लाग्दैन । मुख स्वस्थ्य राख्दा शरीर नै स्वस्थ्य हुने हुन्छ ।
मुख स्वस्थ्य राख्नका लागि हामीले कस्तो आनीबानी अपनाउँनु पर्ने हुन्छ ?
मुख स्वस्थ राख्नका लागि हामीले ४ वटा विधि अपनाउनु पर्ने हुन्छ ।
१.नियमित व्यायम गर्ने
नियमित रुपमा एक्र्ससाइज गर्नाले मुख स्वास्थ्य गर्नुका साथै शरीरको स्वच्छतलाई पनि मद्धत गर्छ । बदलिदो जीवनशैलीसँगै मानिसहरुले अहिले विलासी जीवन विताइरहेका छन् । जसले गर्दा शरीरिक समस्याहरु उत्पन्न गराई रहेका छन् । कुनैपनि व्यक्तिले मुख देखि लिएर शारीरिक रुपमा नै स्वथ्य बन्नका लागि नियमित रुपमा व्यायम गर्नु पर्ने हुन्छ ।
२. खानपिनमा ध्यान दिनु पर्ने हुन्छ
मुख मानव शरीरभित्र रोगहरु जाने प्रमुख बाटो हो । यसबाटो हँुदै राम्रो नराम्रो दुबै कुराहरु जाने गर्छ । त्यसकारण यसलाई सफा राख्न दिनको २ पटक ब्रस गर्नुपर्ने हुन्छ ।
बजारमा प्याकिङ गरेका सजिलैसँग बजारमा पाइने जङ्कफुडहरुले हाम्रो मुख लगायत शरीरलाई अवस्थ्कर बनाइरहको छ । त्यस्तै गुलियो खाने कुरा, सूर्तिजन्य पर्दाथहरुले पनि अवस्थकर बनाउँछ ।
यी खानारुलाई आजै त्यागेर प्रकृतिक खानेकुराहरु खानु पर्छ । पानी प्रशस्त मात्रामा खाने त्यस्तै स्याउ खानाले दाँत, मुख लगायत शरीरलाई सफा गर्ने गर्दछ । जसले गर्दा हामीलाई स्वस्थ्य हुनमा मद्धत पुर्याउँछ ।
३. मुखमा मिठास (बोल्ने कुरा)
कुनैपनि व्यक्तिको व्यक्तिव झल्काउने भनेकै उसको मिठो बोली हो । साइकोलोजी तरीकाले पनि मिठो र नरम बोल्ने मानिस स्वस्थ्य हुन्छन् भनेर व्व्याख्या गरिएको छ । धेरै कुराहरुलाई बोलिले नै प्रभाब पार्ने गरेको छ । अरुबाट स्याबासि पाउँने, खुसि भएर बस्ने सबै बोलिले नै निर्धारण गर्ने कुरा हो । साइकोलोजि जस्ता समस्यालाई बोलिले धेरै कम गर्ने गर्छ ।
४.दिनको २ पटक ब्रस गर्ने
मुख भनेको हाम्रो शरीर भित्र रोगहरु जाने प्रमुख बाटो हो । यसबाटो हँदै राम्रो नराम्रो दुबै कुराहरु जाने गरेको पाइन्छ । त्यसकारण यसलाई सफा राख्दै दिनको २ पटक ब्रस गर्नु पर्ने हुन्छ । तर कुनै पनि व्यक्तिलाई केहि रोग छ भने प्रत्येक पटक खाना खाइसकेपछि ब्रस गर्नु पर्ने हुन्छ ।
सकेसम्म हामीले चिनीजन्य खानेकुराहरु खानु हँदै र मुख स्वस्थ्य राख्नका लागि हामीले नियमित कम्तिमा सामान्यतया ३ देखि ६ महिनामा भित्रमा डेन्टल सर्जन अथवा डेन्टल चिकित्सक कहाँ गएर जाचँ गर्नु पर्ने हुन्छ । कुनै व्यक्ति स्वमंले हरेक दिन औंलाले गिजाहरु मसाज गर्नु पर्ने हुन्छ । नरम ब्रसको प्रयोग गर्नु पर्ने हुन्छ भने दाँत सम्बन्धि कुनै पनि समस्या छैन भने कम्तिमा पनि ६०-६० दिनको फरकमा ब्रसहरु नयाँ प्रयोग गर्नु पर्ने हुन्छ ।
विश्व मुख दिवस मनाउँन किन आवश्यक छ ?
शिशु आमाको पेटमा हँदाबाट नै नाभीद्धारा खानेकुराहरु खाइरहेको हुन्छ । जन्मेपछि भने मुखबाट खान सुरु गर्छ । हामी कल्पना गरौं त हाम्रो मुख नहँदो हो त के गर्ने गथौं ।
मुखको धेरै ठुलो भुमिका रहको छ हास्ने देखि लिएर रुने खाने, बोल्ने सम्पूर्ण कार्य मुखले गर्छ यति मात्र नभएर प्रमुखद्धार नै मुख हो । शरीरको ऐना भनेर हामी मुखलाई लिन सक्छौं ।
हाम्रो हिन्दु संस्कार अनुसार मृत्युपछि पनि दागबति मुखबाटै दिने गरिन्छ । त्यसकारण यसको महत्व ज्यादै छ । हामीले खाने खानाले नै शरीर अस्वस्थ्य बनाउने हो । सम्पूर्ण शरीरको जिम्मा मुखले लिएको हुन्छ । त्यसकारण यसलाई स्वस्थ्य राख्नु पर्छ । जसले गर्दा बर्षको एक दिन भएपनि यसबारे जनचेतना फैलाउन निकै आवश्यक देखिन्छ ।
त्यस्तै हामीलाई लाग्ने ९० प्रतिशत रोग मुख स्वस्थ्य राखियो भने लाग्दैन भन्नेबारे जनचेतना जनमानस सामु पुर्याउन निकै नै आवश्यक रहेको छ ।