तल्लो पेट के कारण ले दुख्न सक्छ?
खतरनाक चिन्हरु:
• एक्कासी तिब्र रुपले पेट दुखन ।
• धेरै जवरो आउनु ।
• वाकवाकी र वान्ता हुनु ।
• पेट दुख्नु र छाम्दा कडा हुनु ।
• पेट चलेको आवाज नआउनु ।
के कारणले पेट दुख्छ ?
१ महिनावारी भइरहेको समय र महिनावारी रोकिएको पछिको तिब्र र असमान्य दुखाई
कारण
डिम्बवाहिनी नलीमा गर्भ बस्नाले
उपचार
तुरुन्त अस्पताल लैजाने ।
२. महिनावारी भएको बखतको दुखाई
कारण
फाइव्रोइडस (fibrodis)
उपचार
दुखाई कम गर्ने औसधिको प्रयोग गर्ने।
३. महिनावारी ढिला हुनु
कारण
गर्भ तुहिनु
उपचार
धेरै दुखयो भने अस्पताल लैजाने ।
४. तिब्र दुखाइका साथै ज्वरो योनरोग वा कुनै प्रजनन र अगको संक्रमण ज्वरो, वाकवाकी,वान्ता र अरुची हुने र एकातिर पेट दुखाई
कारण
अरु प्रजनन अंगको संक्रमण वा सो अंगमा पिप भरिएको घाउ हुनु एपेण्डीसाइटिस वा आन्द्राको संक्रमण मृगौला संक्रमण
उपचार
तुरुन्त अस्पताल लैजाने ।
५. गर्भरहेको तीन महिनाभित्रको तिब्र दुखाइ कहिलेकाहि रगत बग्ने र रोकिने
कारण
डिम्बवाहिनी नलीमा गर्भ बस्नु
उपचार
तुरुन्त अस्पताल लैजाने।
६. गर्भरहेको छ महिनाको अन्त्यतिर देखि रगत बग्ने र रोकिने
कारण
नाल पाठेघरको घेराबाट खस्किनु
उपचार
तुरुन्त अस्पताल लैजाने।
७. गर्भरहेको छ महिनाको अन्त्यतिर देखि रगत बग्ने र रोकिने
कारण
नाल पाठेघरको घेराबाट खस्किनु
उपचार
धेरै दुखयो भने अस्पताल लैजाने ।
८. गर्भावस्थामा हलुका, कहिलेकाहीं दुखाई
कारण
सामान्य येस्तो हुन सक्छ
उपचार
उपचारलाई जरुरत पर्दैन।
९. कपर टि लगाएको तीन हफ्ताभित्र हुनसक्ने दुखाई
कारण
कपर टि लगाउदा हुन सक्ने संक्रमण
उपचार
स्वास्थ्य कार्य कर्तालाई तत्काल जचाउने
१० कुनै चिन्हहरु नदेखिइ हुने दुखाई
कारण
- प्रजनन संक्रमणको कारणले बारम्बार तथा लगातार दुखनु तथा कम्मर दुखाई कारण।
- परजीवी तथा किटाणुद्वरा भएको आन्द्राको संक्रमण।
- पाठेघर तथा डीवाशयको ट्यूमर वा मासुको वृद्धि।
उपचार
- तालिम प्राप्त स्वास्थ्य कार्यकर्तालाई पेल्भिक जाच गराउने।
- तालिम प्राप्त स्वास्थ्य कार्यकर्तालाई जचाउने।
- प्रजनन अंगको जाच गराउने।
गम्भीर कारणहरु : गम्भीर प्रकारका पेट दुखाइ सल्यक्रिया गर्नुपर्ने रोगहरु हुन सक्छन। गम्भीर प्रकारका पेट दुखाइ पनि आकस्मिक र गैर-आकस्मिक गरि २ प्रकारले बर्गिकरण सकिन्छ।
आकस्मिक
अपेण्डिसाइटिस (Appendicitis ), इनटसससेप्सन (intussusception), अडकिएको हर्निया (obstructed hernia), बटारिएको अण्डकोश (Testicular torsion), आन्तरिक रक्ताश्राब (Internal Bleeding ) आदि पर्दछन जुन जतिसक्दो चाडै अप्रेसन गर्नु पर्दछ
गैर-आकस्मिक
पत्थरी, टयूमर, सिस्ट,जुका आदि पर्दछन जुन समय मिलाएर अप्रेसन गर्न सकिन्छ।
गम्भीर प्रकारको पेट दुखाई छैन भने यसको समयसीमा सामान्यतया २ घण्टा भन्दा बढी हुदैन। २ घण्टा पछि पनि दुखाई कम भएन वा झन् बढ्दै गयो भने गम्भीर कारण छ भन्ने बुझ्नु पर्दछ र तुरन्तै अस्पताल लैजाने व्यवस्था मिलाउनु पर्छ ।