ब्रेस्ट ओन्कोप्लास्टिक सर्जरी भन्नाले के बुझिन्छ?
- ब्रेस्ट ओन्कोप्लास्टिक सर्जरी स्तन क्यान्सर भएका महिलाहरुको सर्जरी गर्ने नयाँ उपचार बिधी हो जसमा स्तन पुरै नकाटी क्यान्सर लागेको स्तनको भाग मात्र फालेर स्तन बचाउन सकिन्छ।
यसको अग्रिम रूप (Advance form) पनि हुनेगर्छ जसमा स्तन पुरै फालेर पनि नयाँ स्तन बनाउन सकिन्छ।
यो कसरी गरिन्छ?
-सबैभन्दा पहिला बिरामीको टिउमरको साईज हेरिन्छ।
- महिलाको स्तनको साईज हेर्न
- त्यसपछी बायोप्सी( बिओप्सी) गरिन्छ।
- अनी त्यसपछी बिरामीको इच्छा अनुसार उसलाई कुन चाँही सजिलो हुन्छ त्यही अनुसार हामीले ओपरेसन अगाडी बढाउँछौ।
यो उपचार बिधी कत्तिको भरपर्दो छ?
- पुरै स्तन काटेर फाल्ने पद्दति र क्यान्सर लागेको भागमात्र फाल्ने पद्दतिमा दुबैमा पछि गएर फेरी स्तन क्यान्सर हुने सम्भावना उत्तिकै हुन्छ। सिर्फ एउटामा स्तन बच्छ भने अर्कोमा स्तन बच्दैन।
स्तन क्यान्सर लाग्ने महिलाहरुको उमेर समुह कस्तो रहेको छ?
- अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने स्तन क्यान्सर लाग्ने महिलाहरहरु ५० बर्ष भन्दा बढी उमेरका हुन्छन् तर हामीहरुको स्तन क्यान्सरको बिरामीहरु अलिक फरक हुनुहुन्छ। किनभन्दा हाम्रो क्यान्सरको रोगिहरु ५० बर्ष भन्दा कमको ठुलो समुहमा रहेका छन् जबकी ४० बर्ष भन्दा मुनिको महिला क्यान्सर रोगिहरु संसारभरिमा ५% मात्र रहेका छन।
यो सर्जरी किन महत्वोपूर्ण हुन्छ?
- यो प्रतिस्पर्धी संसारमा प्राए मानिसहरुको क्यरियर ४० बर्ष पछी मात्र सुरु हुनेगर्दछ। एउटा स्तन नहुँदा भौतिक उपस्थिति (Physical appearance ) देखी मनोवैज्ञानिक समस्या देखिने गर्दछ। यही कुरालाई सहज बनाउन यो सर्जरी एकदमै मह्त्वोपूर्ण हुन्छ।
यो सर्जरीमा उपचार खर्छ कति जस्तो लाग्न सक्छ?
-स्तन संरक्षण सर्जरी (Breast Conserving Surgey) मा ४०-६० हजार खर्छ लाग्ने गर्दछ।
- स्तन पुनर्निर्माण सर्जरी (Breast Reconstruction Surgery) मा ८० हजार- १लाख लाग्ने गर्दछ
सर्जरी गर्न ५-६ घण्टा लाग्ने गर्दछ।
के यो सर्जरी गरिसकेको महिलालाई स्तनपानमा कुनै समस्या देखिन्छ?
- ओन्कोप्लास्टिक सर्जरी जसमा क्यान्सर लागेको स्तनको भाग मात्र फालि सर्जरी गरिन्छ त्यसमा स्तनपान गराउँदा कुनै समस्या देखिदैन। तर यदी पुराइ स्तन काटेर नयाँ स्तन राखिएको छ भने स्तनपान गराउन नमिल्ने हुन्छ।
सल्लाह सुझाव
- महिनावारी भएको ५-६ दिनमा आफ्नो स्तन आँफै जाँच्ने।
- ४० बर्ष कटेपछी म्यामोग्राम टेस्ट (Mamogram Test) गराउने। यसो गर्दा हाम्रो हात्ले भेट्टाउन नसक्ने क्यान्सर यसले पत्ता लगाउँछ।
- स्तनमा कुनै पनि प्रकारको डल्लो, गाँठा आए तुरुन्त जाँच गराइहाल्ने।
- स्तनमा पानी, रगत, छालामा परिवर्तन आएमा ढिलो नगरि अस्पताल जाने।
(ब्रेस्ट ओन्कोप्लास्टिक सर्जन डा. प्रफुल्ल शाक्यसँगको अन्तर्वातामा आधारित)