जसरी जसरी महिलाको उमेर बढ्न थाल्छ उनीहरुको शारीरिक सम्बन्ध प्रति उनको रुचि पनि कम हुन थाल्छ । यसको विभिन्न कारण हुन सक्छ । जस्तै पार्टनरको कमी, विधवा हुनु, रजोनिवृत्ति सँग सम्बन्धीत लक्षण, साथीको खराब स्वास्थ्य र सम्बन्धसँग सम्बन्धीत विषय ।
मेनोपजः द जर्नल अफ द नर्थ अमेरिकन मेनोपज सोसाइटी मा प्रकाशित एक अध्ययनका अनुसार नियमित रुपमा शारीरिक सम्बन्ध बनाउने महिलाको रुचि उमेरको साथ साथै कम हुन थाल्छ र महिनावारी सुकेपछि शारीरिक सम्बन्धको आनन्द लिने महिलाको संख्या झन् कम हुन थाल्छ ।
अध्ययनमा रजोनिवृत्तिपछि महिलामा यस विषयमा निरीक्षण गरियो कि कुन प्रकारले सम्बन्धमा घनिष्ठता, स्वास्थ्य र मनोवैज्ञानिक कारकले महिलामा यौन अन्तरंगतालाई प्रभावित गर्छ ।
र्थ अमेरिकन मेनोपज सोसाइटीका चिकित्सा निर्देशक स्टेफनी फ्यूबियनका अनुसार उमेर बढ्नुका साथ साथै यौन स्वास्थ्य सम्बन्धी चुनौति महिलामा सामान्य हुन्छ र साथीले पनि महिलाको यौन गतिविधि र सन्तुष्टिमा एक प्रमुख कारक निर्वाह गर्नेगर्छन् ।” फ्यूबियनले भने, “त्यो बाहेक रजोनिवृत्ति सम्बन्धी समस्या जस्तै की शरीरको भित्रि भागमा सुक्खापन र सम्बन्ध बनाउने बेला दुखाई, त्यसको पहिचान पनि यौन गतिविधिलाई प्रभावित गर्ने कारकको रुपमा गरिएको हुन्छ ।
प्रभावपूर्ण चिकित्सकीय सुविधा उपलब्ध भएपछि पनि केहि महिलामा त्यो सँग सम्बन्धीत उपचार गराउछिन् ।” अध्ययनकर्ताले गरेको अध्ययनमा कसरी र किन रजोनिवृत्तिको बेला र त्यसपछि महिलामा शारीरिक सम्बन्धमा रुचि घट्न थालेको पत्ता लगाइएको छ ।
अध्ययनका लागि विभिन्न जैविक कारकमाथि गरिएको अध्ययनमा अचानक शरीरको तापमान बढ्नु, निद्रामा कमी आउनु, शरीरको भित्रि भागमा सुक्खापन र शारीरिक शारीरिक सम्बन्ध बनाउने बेला दुखाई हुन्छ । अध्ययनमा यो पनि खुलाइएको छ की, विभिन्न मनोसामाजिक परिवर्तनको बारेमा धेरैलाई थाहा हुँदै र रजोनिवृत्तिपछि यो हुनु सामान्य हुन्छ ।
यसमा शरीरको बनावटलाई लिएर अधिक सचेत हुनु, आत्मविश्वास र कथित वाञ्छनीयता, तनाव, मूडमा परिवर्तन र सम्बन्धसँग जुडेको कुरा हुन्छ ।
ब्रिटेनको ओवेरियन क्यान्सर ट्रायलको परीक्षणमा सहभागि रजोनिवृत्तिपछि महिलाको तथ्यांक र निष्कर्सबाट पत्ता लाग्यो की वार्षिक स्क्रीनिंगको सुरु हुनुभन्दा पहिले नै आधी जति महिला यौन सम्बन्ध गतिविधिमा सक्रिय थियो । समयको साथ साथै ती महिलाको शारीरिक गतिविधिमा रुची कम भेटियो ।