काठमाडौं- पछिल्लो समय धेरै मानिसहरुमा नसा च्यापिने जस्ता समस्याले धेरै सताएको पाईन्छ । त्यसमाथि पनि समयमै रोगको पहिचान हुन नसक्दा अझै बढि बिरामीले सास्ती भोग्नु परेको बिज्ञहरु बताउँछन् ।
त्यस्तै नैकाब बस्ने धर्माराज थापा राती सुत्दा ठिकठाकै सुतेका धर्मा बिहान उठ्दा असहजिलो महसुश गरे । उनलाई कता कता दुखे महशुस भयो तर यहि ठाउँमै दुखेको भनेर उनले सहजनै अनुमान लगाउँन सकेन्न दिनहरु त्यस्तै बित्दै गए केहि दिन पछि धर्माको घाटि हल्लाउँन नमिल्नेगरि दुख्न थाल्यो उपचारका लागि धेरै पैसा खर्च गर्दा पनि उनको समस्याको टुंगो लाग्न सकेन अन्तत उनको रोग पत्ता लाग्यो एमआरआई गर्दा डाक्टरले धर्माको घाटिको नसा च्यापिएको र तत्कालै शल्यिक्यिा गर्नु पर्छ भने यति सुन्ने बित्तिकै धर्मा झस्किए घाटि पो काट्नु पर्ने भएछ । उनको मनमा कता कता डर पलायो तर त्यो दुखाइबाट उनलई जसरी भएपनि छुट्कारा भने पाउँनु थियो । उनि के गर्ने के गर्ने भनेर दोधारमा परे परिवारमा पनि यो कुरा सुनाए तर धर्माकि आमाले शल्यिक्रया नगर्ने बरु अन्य कुनै उपचार विधि भए गर्ने कुरा सुनाइन ।
धर्मा भन्छन् आमाले शल्यिक्रिया नगर्ने भनेपछि म अन्य उपचार विधि खोज्न थालेर र साथिहरुको मद्दतले लेजर थेरापीको बारेमा थाहा पाए अहिले उनि ललितपुर स्थित लेजर थेरापी क्लिनिकमा उपचार गराई रहेका छन् उनि भन्छन् शल्यिक्रया गर्नु पर्ने ठाउँमा म अहिले लेजर थेरापी लिरहेको छु पाचौं दिन भयो म मा धेरै नै सुधार आइसकेको छ । शल्यिक्रिया गर्नु नै नपर्ने भयो लेजर विकिरणबाट नै मेरो च्यापिएको नसाको उपचार भइरहेको छ । हातहरु नै नचलने झमझमाउँने औलाहरु पुरै लाटो अवस्थामा पुगिसकेको थियो तर अहिले दैनिक लेजर थेरापी लिएबाट स्वास्थ्यमा सुधार आइरहेको उनले बताए ।
उनि भन्छन् लेजर थेरापीमा उपचार गराउँदै जानेक्रममा उनले अन्त कतैपनि उपचार गरेर निको नभएपछि यहा आउने गरेको पाए तर एदि समयमै यस उपचार विधिबारे थाहा पाउँन सकियो भने दुःख नपाइने रैछ ।
लेजर थेरापीद्धारा मानव शरीरमा लाग्ने झन्डै चार सय प्रकारका रोगको उपचार गर्न मिल्छ भन्ने ल्याबसहित प्रमाणित भइसकेको छ ।
चार सय उपचार मध्येपनि धेरै जसो वा दैनिक रुपमा दुखाइका बिरामीहरु आउने गरेका छन् । बिशेषगरी बाथको दुखाइ, अचानक हुने दुखाई, युरिक एसिड बढेर हुने दुखाईको समस्या लिएर बिरामीहरु लेजर थेरापी आउने गरेको लेजर थेरापी बिशेषज्ञ डा. शुसिला बैद्यले बताईन । उनले भनिन् पछिल्लो समय गर्दन , मेरुदण्डको नसा च्यापिएर दुखाइ सहनै नस्कने अवस्थामा अस्पताल आउने बिरामीको संख्या बृद्धि भइरहेको छ ।
कतिपय बिरामीहरुको नसा च्यापिएर शल्यक्रिया गरेर निकाल्ने भनिएको हुन्छ तर अहिले यसलाई लेजर विकिरणबाट पनि उपचार गर्न सकिन्छ । पहिले पहिले शल्यक्रिया गरेर पनि फेरि बल्झिएर उपचार गर्न आएका बिरामीहरुको संख्या बढ्दो छ । कतिपय बिरामीहरु धेरै वर्ष पहिले बाट नसा च्यापिएर पनि आउने गरेका छन् ।
गर्धनको नसा च्यापिदा देखिने लक्षण
- हात माथि नजाने ,
- राती सुत्दा पुरै शरिर झमझमाउने, पोल्ने ,
- हातहरु कमजोर भएर एउटा गिलास पनि उठाउन नसक्ने ,
- थोरै लेखेपनि हात गल्ने
- कम्मरको नस्सा च्यापिदा देखिने लक्षण
- दिसापिसाब गर्न गाह्रो हुने ,
- बस्न र उभिन गाह्रो हुने ,
- हिड्न गाह्रो हुने ,
- सुतेको समयमा कोल्टे पर्न नसक्ने
- सिधा हिड्न गाह्रो हुने,
- खुट्टाहरु पोल्ने, हिप दुख्ने
माथिका लक्षणहरु देखिदा घरमै केहि उपचार र मालिसहरु गर्दा सन्चो नभएको अवस्थामा बैकल्पीक उपचारका लागि लेजर थेरापीलाई लिन सकिन्छ । बिना शल्यक्रियाबाट एउटा लेजर विकिरणको एउटा कोर्स पुरा गरेपछि नै झन्डै ७० देखि ८० प्रतिशत सन्चो भयो भन्ने बिरामीहरु धेरै छन् ।
विकिरणबाट उपचार कसरी गरिन्छ ?
शुरुमा त बिरामीलाई के भएको छ भनेर रोगको पहिचान गर्न धेरै आवश्यक हुन्छ त्यसकारण बिरामीले कुनैपनि अंग दुख्यो भनेर आएपछि हामी आवश्यकता अनुसार एक्सरे वा एमआरआइ गर्न पठाउछौं यो सबै रिर्पोटको आधारमा कुन अंग बिग्रेको छ वा के मा असर गरेको छ पहिचान गर्नु पर्छ । बिग्रिएको मुख्य भागमा लेजर विकिरण दिनु पर्छ यदि त्यसको वरपरको भागलाई पनि असर गरेको छ भने त्यसमा पनि लेजर विकिरण दिन आवश्यक हुन्छ ।
लेजर विकिरण छालाको माथिल्लो भागबाट दिइन्छ यो विकिरण छालाको ४ देखि ६ सेन्टी मिटर भित्र सम्म जान्छ । भित्र जुन कारणले दुखेको हो वा नस्सा च्यापिएको हो जुन जुन भागमा कमि कमजोरी छ ती सबै भागलाई विकिरणले सन्चो बनाउदै लैजान्छ ।
यस सम्बन्धि समस्या कति पुरानो हो र कति दुखेको छ भनेर थाहा पाएपछि मात्र कति पटक लेजर विकिरण दिने भन्ने कुरा थाहा पाउँन सकिन्छ । जति छिटो बिरामी अस्पताल आउँछ त्यति नै कम विकिरणको डोज दिनु पर्ने हुन्छ । भने बिरामी जति ढिलो अस्पताल आउँछन् रोग पुरानो हुँदै गएपछि विकिरणको डोज पनि लम्बीदै जान्छ ।
बर्षौ देखि नसा च्यापिएको छ जहाँ उपचार गरेपनि सन्चो भएको छैन भने त्यस्ता व्यक्तिलाई ३ देखि ५ वटा कोर्स पुरा गर्नुपर्ने हुन्छ । पहिलो कोर्स २० -२० दिन र पछिल्लो कोर्स १० - १० दिन गरेर पाँच बटा कोर्स पुरा गरेपछि रोग ९० देखि १०० प्रतिशत नै निको भएको पनि छ ।
लेजर विकिरण दिइसकेपछि चिकित्सकले कुनैपनि काम गर्दा रोग फेरि पनि बल्झिन सक्छ भनेका छन् भने त्यो सबै कुरा पछ्याउदै गएपछि पुनः रोग नफर्किन सक्छ । तर सल्लाह नमानेर त्यहि काम गर्छ भने जुन सुकै रोग भएतापनि एक पटक लागेर फेरिपनि लाग्दनैन भन्न सकिदैन त्यसकारण उपचारपछि पनि सावधानी अपनाउनु पर्ने हुन्छ ।