काठमाडौँ, ४ भदौ । आजदेखि काठमाडौं महानगरले कोरोना भाइरसविरुद्धको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरेको छ । आजबाट भेरोसेलको पहिलो मात्रा खोप लगाउन बाँकी ४० वर्ष वा सो भन्दा माथि, १८ वर्ष पुरा भएका, प्लस टु विद्यार्थीहरु र विद्यालय तहका परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरुले यी विभिन्न केन्द्रमा खोप लगाउन सक्नेछन् ।
यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ । पहिलो खोप भदौ ४, ५ र ८ गते काठमाडौं महानगरपालिकाको ३२ सै वडाबाट खोप लगाउने कार्यक्रम रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । खोप लगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजात सहित नजिकको खोपेकेन्द्रमा जान आग्रह गरेको छ ।
यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ । खोप कार्यक्रम बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म रहने छ ।
हिले थप गरिएका केन्द्रबाट यसअघि महानगरपालिकाले अग्रपङ्क्तिमा खटिने व्यक्तिका लागि मात्र खोप लागाउने व्यवस्था गरेको थियो । तोकिएका लक्षित समूहले महानगरभित्र खोप आज, शनिबार र आगामी मङ्गलबार तीन दिन लगाउन सकिने महानगरपालिकाको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । खोप लगगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजातसहित नजिकको खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरेर खोप लगाउन आग्रह गरिएको छ ।