सामान्य भाषामा बुझ्नुपर्दा बच्चाको जन्म भइसकेपछि आमाले बच्चालाई आफ्नो दूध खुवाउनु स्तनपान हो। हामी धेरैले विभिन्न माध्यमबाट सुनेको, भोगेका नै छौं कि स्तनपान अमृतपानसरह हो। स्तनपानका सन्दर्भमा हाम्रो गाउँ समाजमा विभिन्न धारणाहरु रहेको हामीले अध्ययन–अनुसन्धानको क्रममा भेटेका छौं । पहिले स्तनबाट आउने बिगौती दूध बच्चाको लागि अति नै आवश्यकीय वस्तु हो । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई सशक्त पार्न मद्दत गर्दछ । यसले बच्चालाई रोग लाग्नबाट पनि बचाउाछ । बिगौती दूध फोहोर दूध हो भनेर फाल्ने चलन अझै पनि भेटिन्छ, यो एकदमै गलत बुझाइ हो । वास्तवमा यो दुध खुवाउनै पर्दछ । अझ डरलाग्दा केही सामाजिक चलनहरुको बारेमा कुरा गरौं । जस्तो कि छ्याङ, मह, दालको रस, गाईको दूध बच्चालाई जन्मनेबित्तिकै खुवाउने प्रचलन गलत हो ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०११ को तथ्याङ्क हेर्दा करीब ४५ प्रतिशत महिलाले मात्र १ घण्टाभित्र बच्चालाई स्तनपान गराएको देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने अझै पनि स्तनपान सम्बन्धमा आवश्यक ज्ञान राम्ररी नगएको जानकारी पाइन्छ।
स्तनपान सम्बन्धी फैलिएका केही भ्रम र झुट हरु :
भ्रम
स्तनको आकार सानो भए बच्चाकालागि पर्याप्त दूध आउँदैन ।
वास्तविकता
स्तनपानकालागि स्तनको आकारको कुनै भूमिका हुदैँन । आमा स्वस्थ रहे बच्चालाई खुवाउन पर्याप्त दूध आउने गर्दछ ।
भ्रम
स्तनपानले बच्चालाई मात्र फाइदा पुर्याउँछ ।
वास्तविकता
यदि कुनै महिलाले नियमित स्तनपान गराउँछिन् भने यसले केवल बच्चालाई मात्र फाइदा पुर्याउँदैन । यसले आमालाई स्तन क्यान्सरको खतराबाट जोगाउँछ ।
भ्रम
स्तनपान गराउँदा स्तनको आकारमा परिवर्तन हुन्छ ।
वास्तविकता
स्तनपान गराउँदा स्तनको आकारमा कुनै फरक पर्दैन । यो थप स्वस्थ हुने गर्दछ ।
भ्रम
आमाको स्वास्थ्य बिग्रिए बच्चालाई स्तनपान गराउनु हुँदैन ।
वास्तविकता
आमाको स्वास्थ्य खराब हुँदा पनि बच्चालाई स्तनपान गराउन सकिन्छ । यसले बच्चाको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँदैन ।
भ्रम
बच्चालाई आमा दूधभन्दा पाउडर दूध राम्रो हुन्छ ।
वास्तविकता
आमाको दूधमा एन्टीबडिज, लिभिङ सेल्स, इन्जाइम र हर्मोन हुने गर्दछ । यो पाउडर वा फर्मुला मिल्क भन्दा धेरै फाइदाजनक हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा