हाम्रो शरीरमा अन्य भागको जति महत्व छ त्यो भन्दा बढी दाँतको एकदमै महत्व छ । दाँत एउटा सम्बेदनशील अंग हो, यसले सौन्दर्य झल्काउने देखि लिएर दैनिक खानेकुराहरु खान्छौं त्यसलाई राम्रोसँग चपाएर सहजै पचाउने बनाउँछ र हाम्रो शरीर स्वस्थबद्धक बन्नाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ, अर्को कुरा भनेको हाम्रो दैनिक जीवनमा हातखुट्टाभन्दा पनि बढी मुख प्रयोग हुन्छ, हामीले दैनिक खानेकुराहरु देखि लिएर अन्य गतिविधिहरु पनि मुखबाटै हुने भएका कारण सबैभन्दा बढी किटाणु पनि मुखमै हुन्छ, त्यो कुरा मानिसहरुले बुझेका छैनन् । मुखभित्र दाँतमा भएको किटाणुहरु हाम्रा शरीरको विभिन्न भागमा फैलन सक्छ र त्यसले विभिन्न रोगहरु निम्त्याउन सक्छ । त्यसैले दाँतमा सानोतिना समस्या जस्ता किरा लागेको अवस्था, दाँत सिरिङ्ग गरेको अवस्थामा वा अन्य केही समस्या आउनेवित्तिकै डेन्टिससँग सल्लाह गरी सोही बमोजिम उपचार गरिहाल्ने हो भने खासै खर्चिलो पनि छैन । तर, त्यसलाई केयरलेस गरेको खण्डमा पछि आफूलाई दुःख पनि हुने र बढी खर्च लाग्ने पनि हुनसक्छ । त्यसैले दाँतलाई केयरलेस नगरी सानोतिनो समस्या आउने वित्तिकै उपचार गराई हाल्नुपर्छ र वर्षको एक—दुई चोटी डेन्टिसको सल्लाहअनुसार दाँत सफा पनि गर्नुपर्छ ।
- दाँतमा कस्ता—कस्ता समस्याहरु आउँछन् ?
नेपालको परिवेशमा भन्ने हो भने सामान्य समस्या भनेको दाँतमा किरा लाग्ने, फोहोर हुने, वंशानुगत (hereditary) समस्याहरु पनि हुन्छ, कसैको दाँतमा फोहोर भएको हुँदैन तर दाँत हल्लिएको हुन्छ, त्यो भनेको दाँतसँग सम्बन्धित अंगहरु जस्तो हड्डी, गिजाका कारण पनि यस्तो समस्याहरु देखा पर्न सक्छन् । दाँतमा सामान्य किरा लाग्यो भने त्यसलाई हामीले फिलिङ गरेर सफा गर्ने गर्छौं, तर धेरै समयसम्म किरा लागेको र नसासम्म छोएको अवस्थामा भने नसा नै मर्ने हुन्छ त्यस्तो अवस्थामा जरादेखि उपचार गर्नुपर्ने अवस्था आउँन सक्छ । त्योसँग सम्बन्धित हड्डी खियो भने पनि दाँतसम्बन्धी समस्या आउन सक्छ । दाँतको ब्याक्टेरिया र हड्डीको ब्याक्टेरिया उस्तै हुन्छ, शरीरमा विभिन्न रोगको समस्या भएकाहरुको सितिमिति दाँत निकाल्नु हुँदैन । जस्तै प्रेसरको विरामी, सुगरको विरामी, मुटु अनि रगतको विरामीको पनि सितिमिति दाँत निकाल्नु हुँदैन ठूलो समस्या आउन सक्छ । त्यसैले आफूलाई दाँत दुखेर सहनै नसकेको अवस्थामा जहाँ पायो त्यही गएर दाँत निकाल्नु हुँदैन यसले ठूलो समस्या निम्त्याउन सक्छ ।
- गिजा सुन्निने, रगत आउने, सिरिङ्ग सिरिङ्ग गर्ने समस्या के कारणले हुन्छ ?
हामीले दैनिक ब्रस गरेर र कुल्ला गरेर नजाने फोहोरहरुका कारणले पनि यस्तो समस्या आउन सक्छ । हामीले ब्रस गरेर र कुल्ला गरेर नगएको दाँत र गिजाको बिचमा ढुंगा जसरी जाम भएर बसेको फोहोर हुन्छ त्यसमा थप्पिँदै गएपछि गिजाले दाँत समात्ने ठाउँ पाएन त्यस्तो अवस्थामा गिजा सुन्निने, रगत आउने, ¥याउ ¥याउ गर्ने र त्यसलाई बेसरी थिचेर रगत निकाल्न मन लाग्छ । यस्तो अवस्थामा भने हामीले के बुझ्नुपर्छ भने दाँत सफा गर्ने समय भएछ भन्ने बुझ्नु पर्छ । त्यसैले हामीले सामान्य रुपमा ६ महिनादेखि एक वर्षको बिचमा दाँत सफा गर्नुपर्छ त्यसले गिजा स्वस्थ हुन्छ र यस्तो समस्याहरु आउँदैनन् ।
यदि, तपाईंको दाँत स्वस्थ छैन भने योसँग सम्बन्धित क्याबिटी (प्वाल पर्ने, खिइने), गिजामा घाउ हुने आदि विभिन्न रोग लाग्न सक्छ । कालान्तरमा यसले क्यान्सरसमेत निम्त्याउन सक्छ । तसर्थ, तपाईं आफ्नो ओरल हेल्थमा सजग हुनुहोस् । यसका लागि हामीले केही टिप्स दिएका छौँ :
दाँतको मात्र ब्रस नगर्ने
दाँतलाई मजबुत र सेतो बनाउन कम्तीमा दिनको दुईपटक ब्रस गर्नुपर्दछ । यसमा पनि राति सुत्नुभन्दा ठीक अघि र सकभर खाना खाएपछि । ब्रस गर्दा खाली दाँतको मात्र नभएर पूरै मुख सफा हुने गरी गर्नुपर्छ । जिब्रोदेखि गिजासम्मको सफाइ गर्नुहोस् । ताकि, खाएको खानेकुरा मुखको कुनै पनि कुनामा बाँकी नरहोस् ।
ब्रस गरेपछि कुल्ला नगर्ने
साधारणतया हामी सबै ब्रस गरिसकेपछि पानीले मुख कुल्ला गछौँ । दन्तचिकित्सकका अनुसार यस्तो गर्नु दाँतको स्वास्थ्यका लागि ठीक होइन । योभन्दा बरु कम टुथपेस्ट प्रयोग गर्ने, कुल्ला नगर्ने गर्दा राम्रो । यसो गर्दा टुथपेस्टमा भएको पदार्थले मुखमा रहेका कीटाणुलाई मारिदिन्छ । तर, माउथवासपछि कुल्ला गर्दा केही फरक पर्दैन ।
सुगरजन्य पदार्थ नखाने
जुन पेयपदार्थमा सुगरको मात्रा बढी हुन्छ, तिनले दाँतलाई असर गर्छन् । यतिसम्म कि सुुगरफ्री ड्रिंक्समा समेत सोडा तथा अन्य फिँज आउने पदार्थ हुन्छ । यसले दाँतमा क्याबिटीको खतरा हुन्छ । फिँज आउने पेयपदार्थमा बढी मात्रामा कार्बोनिक एसिड हुन्छ । यसले दाँतको आवरणमा नोक्सान पु-याउँछ ।
मादकपदार्थबाट टाढा
एउटा अध्ययनअनुसार मादकपदार्थ सेवन गर्दा क्याबिटी र गिजाको रोग लाग्ने सम्भावना बढी हुन्छ । अझ, यदि तपाईं राति रक्सी पिएर सुत्नुहुन्छ भने त यसले दाँतमा झनै खराबी गर्छ । सो समयमा रक्सीका कारण झनै ब्याक्टेरिया सक्रिय हुन्छन् ।
नियमित चेकअप
जबसम्म हाम्रो दाँत दुख्दैन वा क्याबिटी हुँदैन, तबसम्म डेन्टिस्टकहाँ नजाने हाम्रो बानी छ । यो गलत हो । सकभर दाँतसम्बन्धी गम्भीर रोग लाग्नुभन्दा अघि नै डाक्टरकोमा जानुपर्छ । यदि तपाईंलाई दाँतसम्बन्धी गम्भीर रोग नै लागेको भए पनि नियमित चेकअपमा गएको खण्डमा समयमै ठीक हुन्छ । तपाईं दन्तक्यान्सरजस्तो ठूलो खतराबाट बच्न सक्नुहुनेछ ।
- दाँत सम्बन्धी समस्या कसरी हुन्छ, त्यसको उपयोगी कुराहरु र जनमासनलाई सजगता अप्नाउनु पर्ने भन्नै पर्ने कुराहरु केही छन् कि ?
जनमासनलाई भन्नै पर्ने कुरा भनेको हामी सामानय जीवनयापनमा शरीरमा केही भइहाल्यो भने डाक्टरकोमा जान्छौं, तर दाँत दुखेको खण्डमा ठिक भइहाल्छ भन्दै नुन पानीले कुल्ला गरेर बस्छौं, त्यो भनेको प्राथमिक उपचार मात्र हो, के कारणले दुखेको छ भनेर चेकजाँच गराउनु पर्छ, दाँतमा ठूलै समस्या पनि आएको हुन सक्छ, समयमै उपचार गरेको खण्डमा कम खर्च लाग्छ र समय पनि कम लाग्छ । त्यसैले सामान्य दुखाई भएको खण्डमा पनि चाँडोभन्दा चाँडो दाँतको डाक्टरको सल्लाहअनुसार उपचार विधि अप्नाउनु नै सबैभन्दा राम्रो हुन्छ ।