बद्लिदो समय सङै हमिलाई उपयोगी सामाग्रीको खाचो पर्छ , उपभोग्य बस्तु महंगो छ । अतिरिक्त खर्च पनि बढ्दो छ । इन्टरनेट, सवारी साधन, विद्युतिय सामग्री आदिको कारण घरायसी व्यायभार बढ्दो छ । यस्तो अवस्थामा एक जनाको कमाईले मात्र घरखर्च टार्न मुश्किल छ । यस्तो अवस्थामा एक जनाको कमाई मात्र पर्याप्त छैन । पति, पत्नी सबै काममा खटिनुपर्ने हुन्छ ।त्यस्तो अवस्थामा बाबुआमा दिनभरीनै घरबाट काममा निस्किन्छन् र बेलुकी मात्र फर्किन्छन् ।
यस्तोमा उनीहरुका छोराछोरी स्कुलबाट आएपछि घरमा एक्लै बस्नुपर्ने हुन्छ । कहिलेकाहीँ यस्तो पनि हुन्छ कि बाबुआमाले दिनभरी नै छोराछोरीलाई एक्लै घरमा छोड्नुपर्छ । हुर्किसकेका छोराछोरीलाई घरमा छोड्न त समस्या भएन । तर, छोराछोरी सानै छन् भने बाबुआमाले धेरै कुरामा विचार पुर्याउनुपर्छ ।
मोबाइल आवश्यक : बालबालिकाहरु घरमा एक्लै हुँदा उनीहरुसँग मोबाइल हुनु अति आवश्यक छ । यस्तो अवस्थामा बच्चालाई कुनै समस्या पर्यो वा तपाईंले बच्चासँग कुरा गर्नुपर्यो भने तत्कालै फोन गर्न सकिन्छ । यसबाट छोराछोरीहरुसँग लगातार सम्पर्कमा बस्न सक्नुहुन्छ र उनीहरु के गरिरहेका छन् भन्ने जानकारी लिन सकिन्छ ।
कोठामा बन्द नगरौं : कोही आमाबाबु यस्ता पनि हुन्छन् कि बच्चालाई सुरक्षित राख्ने बहानामा कोठाको ढोका बन्द गरिदिएर काममा हिँड्छन् । आफूहरु नभएको बेलामा बच्चा बाहिर ननिस्किउन् भन्ने उनीहरुको आशय हुन्छ । तर यसो गर्नु घातक हुन सक्छ । बच्चालाई कहिले पनि कोठाभित्र बन्द गरेर हिँड्नु हुँदैन । मानौं भुकम्प आयो वा आगलागी भयो भने त्यतिबेला उनीहरु भित्रै थुनिन्छन् ।
चुकुल खोल्न सिकाउनुपर्छ : बच्चाले ढोकाको चुक्कुल खोल्न वा बन्द गर्न जानेको हुनुपर्छ । आमाबाबु घरमा नभएको बेला त यो झन् आवश्यक छ । ताकि उनीहरु आवश्यक पर्दा घरबाट बाहिर निस्किन र घरभित्र पस्न सकुन् ।
खाने-पिउने सामानको व्यवस्था : घरबाट निस्कदा बाबुआमाले टेबलमा केही खाने पिउने कुराहरु राखिदिनुपर्छ । बच्चाहरु धेरै खेल्ने र उफ्रिने कारणले चाँडै थाक्छन् । उनीहरु किचनमा जानु ठिक हुँदैन । त्यसैले लिभिङ रुममा नै खानेकुराहरु राखिदिनुपर्छ ।
गेम दिने : यदि आफूहरु घरमा नभएको बेला बच्चाले उपद्रो गर्लान् वा बाहिर बरालिएर हिँड्लान् भनेर चिन्तित भइन्छ । यस्तो अवस्थामा उनीहरुका लागि कुनै गेम वा होमवर्क दिएर जाने गरौं, ताकि उनीहरु त्यसैमा व्यस्त रहुन् र घरबाहिर निस्किएर नबरालिउन् ।