काठमाडौं । मान्छेको जीवनमा विभिन्न खालका समस्याहरु हुन्छन् । जसमध्ये महिलाको योनी चिलाउनु पनि एक हो । यो समस्या प्राय धेरै महिलाहरुमा देखा पर्ने गर्दछ । लामो समयसम्म चिलाउनु वा बारम्बार चिलाइ राख्नु राम्रो लक्षण होइन ।
योनी चिलाउनुको प्रमुख कारण यौन अंगमा सरसफाइको कमि हो । धेरै जनासँग असुरक्षित शारीरिक सम्बन्ध राखेमा पनि यो समस्या देखा पर्न सक्दछ । यिस्ट ढुसी संक्रमण योनीमा यिस्ट इन्फेक्सनको कारणले पनि योनि चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा योनी वरिपरि सेतो दही जस्तो ढुसी जम्मा हुन थाल्दछ जसको कारण योनी चिलाउँछ । मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भवना वढी हुन्छ । यिस्ट इन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भै चिलाउन थाल्छ । सुख्खा छाला भएको व्यक्तिमा पनि योनि चिलाउने समस्या बढी हुन्छ ।
छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनी वरिपरीको छाला सुख्खा हुन जान्छ र चिलाउन थाल्छ । यौन संक्रमण धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभइ योनी चिलाउने समस्या पनि शुरु हुन सक्छ । यी बाहेक योनीमा हुने संक्रमण, चोटपटक, महिनावरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि योनी चिलाउने समस्या हुन सक्छ ।
बच्ने उपायहरु
नाईलनको पेन्टी प्रयोग नगर्नै ।
सफा भएर बस्ने ,मोटोपन घटाउने कोशिश गर्ने ।
असुरक्षित यौन सम्पर्क नगर्ने ।
चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्ने र राख्नै परे कन्डमको प्रयोग गर्ने ।
दैनिक पेन्टी फेर्ने ।
सधैँ यौन अंग राम्रोसँग सफा गर्नु पर्दछ ।
योनि चिलाउनुका कारणहरु
तनाव
यिस्ट (ढुसी) संक्रमण
सुख्खा छाला
यौन संक्रमण
( प्रसूति तथा स्त्रीरोग विभाग त्रिभुवन विश्व विद्यालयका प्रध्यापक डा। पदम राज पन्तको सहयोगमा )