काठमाडौं- गर्भास्थामा महिलाले सन्तुलित आहार सेवन गरे स्वस्थ्य शिशु जन्मिन्छ । सामान्यतय शिशुको तौल २.५ के जी हनुपर्छ । तर शिशुको तौल २.५के जी भन्दा कम छ भने शिशु अस्वस्थ्य वा मृर्गौ लामा नेफ्रोन्सको मात्रा कमि हुने चिकित्सकहरु बताउँछन् ।
एउटा स्वस्थ मानिसको मिर्गौलामा १ मिलियन नेफ्रोन्स हुन्छ । शिशुमा १ मिलियन नेफ्रोन्स छ भने गर्भास्थामा आमाले सन्तुलित आहार खाएको मान्न सकिन्छ । गर्भास्थामा आमाले सन्तुलित आहार नखाएमा शिशुमा नेफ्रोन्सको मात्रा कमि हुन्छ ।
शिशुको उमेर बढ्दै जादाँ शारिरिक बनावट परिर्वतनमा समस्या, उच्च रक्तचाप, मधुमेहको समस्या भएर मेडिसिन खाएमा वा निष्क्रीय जिवनयापन गरेमा छिट्टै मिर्गैलामा समस्या आउँन सक्छ ।
शिशु स्वस्थ्य मिर्गौला लिएर जन्मेको छ । तर बढ्दो उमेर सँगै सन्तुलित आहार नखाई मद्यपान र धुम्रपान गरेमा मिर्गैलामा समस्या आउन सक्छ । वजनमा नियन्त्रण नगरीे भद्रगोल जिवनशैली बिताउदाँ आवश्यक मात्रामा पानी नपिउँदा मिर्गौला बिग्रने सम्भावना धेरै हुन्छ ।
मिर्गौलाले दैनिक जिवनयापन गर्दा निस्कने फोहोर पिसाबको माध्यमबाट बाहिर फाल्नुपर्ने हुन्छ । हामिले दैनिक रुपमा शरीरलाई आवश्यक पर्ने पानी पिए पिसाबको माध्यमबाट फोहोरको रुपमा बाहिर आउँछ । भने उपयुक्त मात्रामा पानि नपिए मिर्गौलामा समस्या आउने गर्दछ ।
मिर्गौला स्वस्थ राख्न दैनिक व्यायम, सन्तुलीत भोजन, दैनिक २ देखि ४ लिटर पानि पिउने, नुन ठिक्क मात्रामा खाने, प्याकेटको खाना नखाने र घरमै पकाएको खाना खानुका साथै मद्यपान र धम्रपानबाट टाढा बस्नुपर्छ । बर्षमा एक पटक अनिवार्य मिगौला जाचँ गराउनुपर्छ । मिर्गौलामा बिर्गीसकेको व्यक्तिले नियमित औषधिको साथै खानामा बिशेष ध्यान दिनुपर्छ ।