अनावश्यक कुरालाई धेरै सोच्नु आजको दिनमा हरेक मानिसमा हुने मानसिक समस्या हो। एक निस्चित स्तरको योजना बनाउनु राम्रो कुरा हो तर कहिलेकही हामीले कुनै पनि कुराको बारेमा अनावश्यक रुपमा सोचेर मस्तिस्कमा यति धेरै तनाव राख्छौ कि त्यसले हाम्रो दिमागमा नकरात्मक असर दिन थाल्छ ।
हामीहरु आफ्नो भबिस्यको लिएर एकदमै धेरै सोच्छौ। अब के होला कसो होला ? यसपछि के गर्ने ? कस्तो काम गर्ने ? आफ्नै काम गर्ने कि अरुको मा जागिर खाने ? रिस्क लिने कि नलिने ? साथीहरुले ,समाजले, परिवारले के भन्छ ? जस्ता बिभीन्न कुरालाई लिएर हामी एकदमै तनाव लिन्छौ। यसरी तपाईंको धेरै सोच्ने बानिले तपाईंको मानसिक र शारीरिक स्वास्थमा नकारात्मक प्रभाव पार्ने गर्दछ।
आउने दिनको बारेमा केही मात्रामा सोच्दा, त्यसले हामीलाई आगामी अवस्थाको लागि तयार गर्न मद्त गर्दछ। तर तपाईं जब धेरै सोच्नुहुन्छ तपाईंको निर्णय गर्ने शक्ति ओझेलमा पर्दछ र तपाईंको तनाब अझै बढ्छ। यसो हुँदा नकारात्मक सोचमा धेरै समय बित्ने र अरु काम गर्न पनि गार्हो हुने गर्दछ।
तपाईंले धेरै सोच्दा सकारात्मक भन्दा नकारात्मक कुराले तपाइको मनमा ज्यादा डेरा बनाएर बसेको हुन्छ। यसरी तपाईंले नकारात्मक सोचमा धेरै समय बिताउनु हुनेछ र तपाईंलाई अरु काम गर्न पनि गर्हो हुन्छ ।
यस्तो चिन्ता कम गर्न र जीवनलाई राम्रो बनाउन हामीहरुले आफ्नो दैनिककार्यमा परिवर्तन ल्याउनु जरुरी छ । के गर्दा सकारत्मक सोच को विकास हुन्छ र चिन्ता कम हुन्छ ??
१। ब्यायाम गर्ने
ब्ययामले मानसिक र शारीरिक लाभ दुबै प्रदान गर्दछ।
नियमित ब्यायाम जीवनलाई नियन्त्रणमा ल्याउन एकदमै उत्तम तरिका हो। यसले आत्मा (selfworth)मुल्यको भावना बढाउँछ र तनाव र चिन्ता कम गराउँछ । स्वास्थय विशेषज्ञहरुले पनि सधैं आफुलाई स्वस्थ राख्नको लागि ब्ययाम गर्न सुझाव दिनुहुन्छ।
२। ध्यान गर्ने
ध्यानले चनचल मनलाई एकाग्रमा ल्याउन मद्त गर्दछ।
बिभिन्न अध्ययनहरुले यो बताउँछ कि आँखा बन्द गरेर ध्यान गर्दा मानसिक स्थिरता सुधार हुनुको साथै बौदिक बिकासमा पनि मद्त पुर्यौउछ।
३। समस्याहरु लेख्ने
यस्ता धेरै कुराहरु हुन्छन् जुन हामीले अरुलाई भन्न नमिल्ने हुन्छ । यस्तो कुराहरु लेख्दा मन हल्का हुनुको साथै दिमाग पनि शान्त हुने गर्दछ। समस्याहरुलाई शब्दमा अनुवाद गर्दा, खास समस्या पत्ता लागि समाधान गर्न मद्त गर्दछ। यसो गर्दा धेरै समस्याहरु जस्तै - आज राती पार्टीमा के लगाउने वा मननपर्ने ब्यक्तिबाट कसरी छुटकारा पाउने जस्तो सरल हुनसक्छ।
आफ्नो समस्याहरु लेख्ने बानी गर्दा, हामीले आफ्नो समस्या समाधान गर्न आफुलाई सधैं एक कदम अगाडि पाउनेछौ।
४। प्रकृतिमा रमाउने
स्वोच्छ हावा, खुला आकाश र शान्ता वातावरणले जस्तोसुकै अशान्त मनलाई शान्त पार्न मद्त गर्दछ। हप्तामा एक पटक पार्क, बनजंगलमा गएर समय बिताउनुहोस् तपाईंले आफुले आफुलाई फरक मह्सुस गर्नुहुनेछ।
५। सधैं राम्रो बोल्ने
मिठो बोली, सभ्य भाषा र ओठमा हाँसो भएको मानिस कसलाई मनपर्दैन होला?
सबैको जीवनमा गार्हो समय आउछ तर समय भनेकै जानलाई हो, त्यसैले चिन्ता लिएर दुखी हुनु भन्दा हाँसेर त्यो पेरिस्थितीको सामना गर्नसक्नुपर्छ।
हाँसेर हेर्नुहोस्, राम्रो बोलेर हेर्नुहोस्, जीवन तेसै सजिलो हुन्छ।
र अन्तमा , मन मिल्ने साथी तथा व्यक्ति संग मनका कुरा ब्यक्त गर्नुस
आफ्नो नजिकको व्यक्ति संग मनको कुरा राख्नुस जसले गर्दा तपाइको मन हलुका हुन्छ र नयाँँ तथा सकारत्मक कुरा सोच्न मदत गर्छ साथै राम्रा बुद्धिजिबी व्यक्ति संग गरिएको कुराले तपाइलाई केहि सहि सुझाब तथा सल्लाह मिल्न सक्छ जसले गर्दा तपाइको निर्णय गर्न सक्ने क्षमतामा बृदि गर्छ ।