हड्डिले मानव शरीरको वनावट, शरीरमा भएका अभिन्न अङ्गहरुको बचावट जस्ता महत्वोपूर्ण भूमिका खेलेको हुन्छ। तसर्थ स्वोस्थ हड्डी निकै आवस्वेक हुन्छ। हड्डी अनेक किसिमको रोगहरुको सिकार हुनसक्छ। ओेस्टियोपोरोसिस (osteoporosis) हड्डी खोक्रो हुने रोग त्यो मध्येको एक हो।
के हो ओेस्टियोपोरोसिस (Osteoporosis)?
- osteoporosis सामान्य रुपमा भन्नु पर्दा हड्डी खोक्रो हुने अवस्था हो जसमा हड्डिको घनत्वो घटेर हड्डीको जती बलियो हुनुपर्ने हो त्यती हुँदैन।
कसरी हुन्छ Osteoporosis ?
- हड्डी एकप्रकारको जिवित कोसिका हो। अर्थात मानवकाल भरिनै हड्डीको नयाँ कोशीकाहरु बनीरहेको हुन्छ भने पुराना कोशीकाहरु शरीरबाट हट्दै जान्छ। सामान्यत शरीरमा हड्डिका पुराना कोशीका हट्ने भन्दा पनि नयाँ कोशीका बन्ने प्रकृया बढी हुन्छ जसले गर्दा हड्डी मजबुत हुने गर्दछ। तर जब यो प्रकृयामा असन्तुलन आउँछ तब हड्डी भित्रबाट खोक्रो र कमजोर हुँदै जान्छ। जसलाई ओेस्टियोपोरोसिस (osteoporosis) भनिन्छ
ओेस्टियोपोरोसिस (osteoporosis) लाग्ननुको कारण
- बढ्दो उमेर
- लिङ्ग ( महिला बढी )
- जीवनशैली
- एस्ट्रोजिन, थाईरोईड, प्याराथाईरोईड जस्ता हार्मोनेको असन्तुलन
- सुर्ती तथा रक्सिको अत्याधिक सेवन
- क्यल्सियम र भिटामिन डि को कमी
- बङसानुगत
- एस्टोरियोड युक्त औषधीको सेवन
- म्रिगौलाको समस्या
ओेस्टियोपोरोसिस (osteoporosis) को लक्षण
Osteoporosis को कुनै लक्षण नै देखीदैन। जब यो रोगले हड्डिलाई निकै कमजोर बनाईसकेको हुन्छ तब हड्डी चर्कने र अनेपेक्षित भाँचिने हुन्छ। यस कारणले यो रोगलाई silent disease पनि भन्निन्छ।
जब हड्डी ओस्टियोपोरोसिस भएर कमजोर भइसकेको हुन्छ, तबमात्र यसका लक्षणहरु यस्ता देखा पर्दछन्। जस्तै
- ढाड दुख्ने,
- विभिन्न जोर्नीहरु दुख्ने,
- अररो हुने,
- मेरुदण्डका हड्डीहरु सानो चोटपटकले पनि भाँचिने,
- अथवा मेरुदण्डका हड्डीहरु एक अर्कामा लिप्त हुदा शरीरको उचाई घट्ने र कुप्रो पर्ने
- कसै कसैमा त अनपेक्षित तरिकाले हड्डी भाँचिने हुन्छ ।
शरीरको कुन हड्डीमा बढी असर गर्छ?
- ओेस्टियोपोरोसिस (osteoporosis) ले मुख्यतय शरीरको कम्मर, तल्लो धाड र नाडिको हड्डिमा बढी असर पार्दछ।
रोग कसरी पत्ता लगाउने?
यो अवस्था भए नभएको पत्ता लगाउने उत्तम तरिका भनेको हड्डी खनिज घनत्व नाप (BONE MINERAL DENSITY MEASUREMENT) हो। यो जाँच्नको लागि बिभिन्न उपकरणहरु उपलब्ध छन्। ति मध्य dexa र quantitative ultrasound बढी प्रचलनमा छ।
रगतमा osteocalcin, c-telopeptid , dexapyridinoline जस्तै परीक्षणहरु गरेर oestoporosis पत्ता लगाउन सकिन्छ। तर यि जाँचहरु त्यती प्रचलित छैनन्।
ओेस्टियोपोरोसिस (osteoporosis) को कारण पत्ता लगाउन चाँही रगतमा क्याल्सियम, भिटामिन डि लगायतका जाँचहरु आवश्यक हुन्छ।
ओेस्टियोपोरोसिस (osteoporosis) को लक्षण नहुने भएकोले प्राये जसो यसले हड्डीमा असर गरिसकेपछी मात्रा यो रोग पत्ता लाग्छ। तसर्थ समय समयमा यो अवस्था भए नभएको जाँच गर्नाले यसबाट हुने जोखिम कम गर्न सकिन्छ।
स्किनिङ कहिले गर्न?
६० बर्ष नागेको महिला, पुरुषले प्रतेक बर्ष गराउन जरुरी छ। यदी कसैमा यो रोग लाग्ने कारणहरु छन् भने कुनै पनि उमेरमा जाँच गराउन उत्तम हुन्छ।
यो भन्दा कम उमेरमा जसले धेरै चुरोट, रक्सी खानुहुन्छ, वायम गर्नुहुदैन र रोगहरु छ वहाँले गर्न जरुरी छ।
कम्तिमा पनि २ बर्षमा एकचोटी, मिल्छ भने बर्षमा एकचोटी
( Consultant Biochemist डा. सन्तोष प्रधानसँगको अन्तर्वार्तामा आधारित )