काठमाडौं - मौसम बदलिए संगै धेरै रोगहरुले संक्रमण गर्ने सम्भावना पनि उतिकै बढेको पाइन्छ । तर, आतिनु हुदैन । केहि सावधानी अपनाईयो भने जाडोयामकाका कारण हुने धेरै रोगबाट आफुलाई बचाउन सकिन्छ । जाडोयाममा धेरै रोगहरु लाग्ने गर्छन जसमध्येको साधारण मानिने रोग हो टाँन्सिल्स केटा केटीहरुमा यो समस्या आमरुपमा देखिन्छ। यो बेक्टेरियल या भाइरस संक्रमणबाट हुन्छ। यो समस्या भएमा गलामा दर्द हुनु, खाना खान, बोल्नमा अप्ठ्यारो हुनुका साथै ज्वरो पनि आउन सक्छ। यसबाट बच्नको लागि यस मौसममा चिसो पेय पदार्थ तथा चिसो खाने कुराको सेवन गर्नु हुँदैन।आज हामी टाँन्सिल्स रोगलाई कसरी जरैबाट सनचो गर्न सकिन्छ भनेर मेघा हस्पिटलमा कार्यरत जनरल फिजिसियन डा. धर्मेन्द्र पाण्डे सँगको कुराकानीमा आधारितः
१. सामान्य भाषामा रोग भन्नाले के बुझिन्छ र जाडो महिनामा बढि कस्ता खाले रोगहरु लाग्छन् ?
सामान्य भाषामा रोग भन्नाले दिमागमा कुनै पनि किटाणुले संक्रमण गर्यो भने त्यसलाई हामी रोग भन्छौँ ।
जाडो महिनामा प्रायःजसो घाटीको रोग, फोक्सो सम्बन्धी रोगहरु लाग्ने गर्छन् । कमन रोगहरु भनेको टाँन्सिल्स, दम, सि.ओ.पि.डि हुन् ।
२. टाँन्सिल्स एउटा संक्रमण मात्र हो कि रोग नै हो ?
टाँन्सिल्स भन्नाले हाम्रो घाटीमा संक्रमण हुनु हो । टाँन्सिल्स प्राय जसो चिसोको कारणले लाग्ने रोग हो र कोहि कोहि व्यक्तिलाई वातावरण प्रदुषणबाट पनि लाग्न सक्छ । यो एउटा किटाणुहरुको माध्यमबाट हुने संक्रमण हो तर यो सरुवा रोग भने होइन । ग्रुप बि स्ट्रेट टोकस भाइरसका कारण यो रोग लाग्ने गर्छ । सामान्यता टाँन्सिल्स ५ देखि १५ बर्षको बच्चाहरुमा बढि देखिनछ ।
३. टाँन्सिल्स भएको कसरी थाहा पाउन सकिन्छ ?
सुरुमा घाटी दुख्ने, हल्का ज्वरो आउने , टाउको दुख्ने हुन्छ । टाँन्सिल्स भएको २४ घण्टा सम्म हल्का मात्र ज्वरो देखा पर्छ तर घाटी भने धेरै नै दुख्ने हुन्छ , घाटी खस खस हुने, चिलाउने, निल्न गारो हुने यी समस्याहरु देखा पर्छन । २४ घण्टा पश्चात भने त्यहाँ टाँन्सिल्सको किटाणु रगत भित्र जान्छ । जब किटाणु रगत भित्र प्रवेश गर्छ तब धेरै ज्वरो आउने जस्ता लक्षणहरु देखिन्छन् ।
४. टाँन्सिल्स गर्मीयाम भन्दा जाडोयाममा बढि देखिनुको मुख्य कारण के हो ?
टाँन्सिल्स गर्मीयाम भन्दा जाडोयाममा बढि देखिन्छ किनकि चिसो महिनामा किटाणुहरु छिटै मर्दैनन् र जुन व्यक्तिमा रोग सँग लड्ने प्रतिरक्षा शक्ति कमजोर हुन्छ त्यस्ता व्यक्तिलाई टाँन्सिल्सले छिटो समाउने गर्छ । जुन व्यक्तिले जाडोयाममा बढि दहि, मोही, केरा र बाहिरको खानेकुराहरु खान्छन् त्यस्ता मानिसलाई पनि टाँन्सिल्स हुन्छ ।
५. टाँन्सिल्स भएको कस्तो अवस्थाम सर्जरी गर्नु पर्छ ? सर्जरी किन जरुरी छ ?
एदि पटक पटक टाँन्सिल्स भईरहन्छ र एंटीबायोटिक खादा पनि सन्चो नभएको खण्डमा सर्जरी गर्न जरुरी छ । एक पटक सर्जरी गरेपछि कुनै व्यक्तिमा फेरि पनि टाँन्सिल्स देखापर्न सक्छ ।
६. टाँन्सिल्सको सर्जरी गर्दा घाटीमा केहि असर हुन्छ कि हुदैन ?
सर्जरी गरेको समयमा सास लिन अलि असजिलो हुनुका साथै , ब्लिडिग धेरै हुन सक्छ वा आवाज नआउने समेत हुन सक्छ तर त्यस्तो खासै जटिल समस्या आउदैन् ।
७. अन्त्यमा कुनै पनि व्यक्ति रोग बाट बच्नको लागि के के उपाय अपनाउनु पर्छ ?
जाडो महिनामा चिसो बाट बच्नु पर्यो, चिसो बिहान धेरै हिँड्नु हुदैन बरु घरमै व्यायाम गर्नु पर्छ । चिसो पानी धेरै पिउनु हुदैन र चिसो महिनामा दहि, मोहि, केरा चाहिँ खानु हुदैन । मुखमा हजारौँ किटाणुहरु हुन्छ त्यहि भएर ब्रस राम्रो सँग गर्नु र घरको वरीपरी सफा राख्नु ।