नेपालमा कोभिडविरुद्ध खोप लगाएपछि कतिपय महिलाहरूले महिनावारीमा प्रभाव परेको बताइरहेका छन्।

उनीहरूले महिनावारी ढिला हुने, रक्तस्राव धेरै हुने र महिनावारीका बेला हुने दुखाइ बढेको बताएका छन्।

तर चिकित्सक र विज्ञहरूले खोपकै कारणले यस्तो प्रभाव परेको प्रमाणित नभएको बताएका छन्।

angelfertilityclinic

कुनै पनि खोपले रोग प्रतिरोधी क्षमता र हार्मोनमा असर पार्ने भएको हुँदा खोपपछि महिनावारीमा केही फेरबदल सामान्य रहेको उनीहरू बताउँछन्।