एजेन्सी, ८ भदौ । सन् २०१९ को डिसेम्बर महिनाबाट तीव्र रुपमा फैलिएको कोरोना भाइरसको उत्पत्ति कहाँबाट भयो ? यो प्रश्न अझै अनुत्तरित छैन । वैज्ञानिक रुपमा यसको ठोस प्रमाण मिलेको छैन । तर, अमेरिकालगायत पश्चिमा देशहरुले चीनबाट उत्पत्ति भएको बताइरहेका छन् । चीनको प्रयोगशालाबाट आफै फैलिएको हो या बनाइएको हो ? यसबारे पनि बहस चलिरहेको छ ।
कोरोना भाइरसको उत्पत्तिबारे पत्ता लगाउन निरन्तर वैज्ञानिकहरु लागि परेका छन् । अमेरिकाले ‘ल्याब लिक हाईपोथेसिस’लाई प्रमाणित गर्न अमेरिकी जो बाइडेन सरकारले उक्त छानविन गर्न गुप्तचर विभागलाई ९० दिनमा भाइरसको उत्पत्ति बारे खबर गर्न आदेश जारी गरेका थिए । तर, भाइरसको उत्पत्तिबारे गुप्तचर विभाग समेतले आफ्नो ठोस निष्कर्ष निकाल्न सकेको छैन ।
विश्वका थुप्रै वैज्ञानिकहरुले निष्पक्ष ढंगले काम गर्न नसकेको समेत बताइरहेका छन् । उनीहरुलाई उत्पत्ति बारे राजनितिक दबाब अत्याधिक रुपमा आइरहेको छ । र, वैज्ञानिक स्तरबाट यसको निष्कर्षमा पुग्न आवश्यकतामा जोड दिइएको छ ।
अमेरिका, क्यानाडा, अष्ट्रेलिया, बेलायतलगायत विश्वका २१ देशका वैज्ञानिकहरुको निष्कर्षलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ,‘अहिलेसम्म कोरोनाको उत्पत्तीबारे कुनै ठोस प्रमाण छैन् । र, वुहानको ल्याबबाट निस्किएको भन्न मिल्दैन् ।’ जर्नल सेलमा बुधबार प्रकाशित भएको रिभ्युमा वुहानकोे ल्याबबाट कोरोनाको उत्पत्ती भएको प्रमाण नभएको उल्लेख गरिएको छ भने उक्त भाइरस जनावरबाट मानिसमा सरेको कुनै प्रमाण नरहेको उल्लेख गरिएको छ । वैज्ञानिकहरुका यी दाबीहरुमा पनि राजनीतिक उद्देश्य घुसेको देखिन्छ । वैज्ञानिकहरु नै राजनीतिबाट प्रभावित भइरहेका छन् ।
कोरोना भाइरसले विश्वलाई त्रसित बनाइरहँदा यसको उत्पत्तीमा समेत राजनीति चलिरहेको छ । चीन अमेरिकामाथि आरोप लगाउन थालेको छ । अमेरिकाले पनि चीनबाट उत्पत्ति भएको विषयलाई स्थापित गर्न खोजिरहेको छ । चीनले विगतमा अमेरिकी सैनिकबाट कोरोना भाइरस चीनमा फैलिएको विषय समेत उठाएको थियो । तर, त्यसको कुनै वैज्ञानिक तथ्य भेटिएको छैन ।
विज्ञान भर्सेस राजनीति
कोरोना भाइरसको पहिलो केस चीनमा देखा परेलगत्तै तरंग नै आयो । अमेरिकाले चीनबाट यात्रामा कडाई गरेको थियो । त्यसप्रति चीनले आपत्ती जनायो । तर, पछि चीन आफैले यात्रामा कडाई देखि बन्देज लगायो ।
बाइडेन सरकारले कोरोना उत्पत्तीबारे जेनेटिक डाटाले सही निश्कर्षमा पुर्याउने विश्वास दिएको थियो । रिपब्लीकनले कोरोना उत्पत्तीबारे निरन्तर चीनलाई दोषी ठहराइरहेका छन् । अमेरिकाको आरोप वुहान ल्याबमा छ । तर, उक्त ल्याबका निर्देशकको भनाईलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ,‘हामीमाथि लागेको आरोपलाई एकपछि अर्को गरि प्रमाणित गर्दै गएका छौँ । यसको फैलावलाई अन्य केही समूहले हावा दिइरहेको जनाइएको छ ।
सन् २०१२मा वुहान ल्याबमा कार्यरत कर्मचारीहरु निकै विरामी अवस्थामा रहेको वाल स्ट्रिट जर्नलले लेखेको थियो । वाल सिट्र जर्नलले कोरोना भाइरसमा भेट्टिएको आरएटिजी१३ नाम गरेको जीन सन् २०१२ मा युनान प्रान्तमा मरेका विरामीमा समेत सोही प्रकारको जीन फेला परेको लेखेको थियो । युनान प्रान्तमा मरेका विरामीहरुको रगत सँकलन गरिएको थियो । तर, मिल्दो जीन भएपनि कोरोना भाइरससित मिल्न नगएपछि भाइरसको उत्पत्तीबारे मिथ्यामात्र भेट्टिएको दाबी गरिएको छ ।